नुवाकोट– खोलामा लुगा धोइरहेकी युवतीमाथि बलात्कार प्रयास भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–५ कुखुरे बस्ने १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो।
स्थानीय खोलामा एक्लै लुगा धोइरहेको अवस्थामा शनिबार उनीमाथि बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ। बलात्कार प्रयासको आरोपमा बर्दिया राजापुर–३ बस्ने २१ वर्षीय बुद्धिराम दहिदलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।