बुटवल- २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन्।
बुटवल देवीनगरस्थित एन्फा खेल मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनलमा मनाङ मस्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै थ्रीस्टारले फाइनलमा स्थान सुरक्षित गरेको हो । बुधवार आयोजक लाली ११ रुपन्देहीलाई हराउदै नेपाल पुलिसले फाइनलको यात्रा गरेको थियो।
फाइनलअघि थ्रीस्टार प्रशिक्षक मेघराज केसीले पुलिस शसक्त टिम भएकाले फाइनल प्रतिस्पर्धामक हुने धारणा राखे। पुलिसका प्रशिक्षक अनन्त थापाले फाइनल ५० ५० को अवसर भएको उपाधि जित्ने दाबी गरे। थ्रीस्टारका कप्तान निराजन खडका र पुलिसका कप्तान रविन उपाधि जित्ने दाबी गरे।
रुपन्देही फुटवल संघको आयोजनामा भएको खेलमा विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैया र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संघका अध्यक्ष दीर्घ बहादुर केसीले बताए ।
बुटवल नगरपालिकाले विस २०३१ सालमा स्थापना गरी २०३३ सालबाट प्रतियोगिता संचालन हुदै आएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।