एजेन्सी– बलिउड सु्परस्टार आमिर खानले आफ्नो ५३औं जन्मदिनको केक काटेका छन्। आमिरले मुम्बईस्थित आफ्नै घरमा परिवार तथा मिडियाका साथ आफ्नो जन्मदिन मनाएका हुन्।
उनले जन्मदिन मनाउन फिल्म 'ठग्स अफ हिन्दुस्तान'को सुटिङबाट बुधबार बिदा लिएका थिए।
आमिरले जन्मदिनकै अवसर पारेर इन्स्टाग्राम एकाउन्ट समेत खोलेका छन्। यसमा उनले पहिलो पोस्ट गर्दै आमाको पुरानो फोटो राखेका छन्।
आमिरको इन्स्टाग्राम एकाउन्टमा पहिलो दिन नै ३ लाख ७२ हजारभन्दा बढीले फलो गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।