सुर्खेत– जेसिज कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश क्रिकेट टिमले विजयी सुरुवात गरेको छ। दाङमा सञ्चालित प्रतियोगिता अन्तर्गत मंगलबार आफ्नो पहिलो खेलमा कर्णालीले महाकाली क्रिकेट क्लबलाई १० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो। जसमा टेक सलामीले सर्वाधिक ५७ रन बनाए भने निश्चल रावलले ३० र रविन्द्रजंग शाहीले १८ रनको योगदान दिए।
एक सय ५३ रनको लक्ष्य पछ्याएको महाकाली क्लब १ सय ४२ रनमै समेटियो। महाकालीका लागि दिनेश ऐरीले ५३ र सन्तोष भट्टले ३० रनको योगदान।
बलिङतर्फ कर्णालीका टेक सलामीले ४ र दिनेश पुनले २ विकेट लिए। कर्णाली क्रिकेट टिमका म्यानेजर रोशन शाहीका अनुसार सर्वाधिक ५७ रन बनाउनुका साथै ४ विकेट लिएका कर्णालीका टेक सलामी म्यान अफ दि म्याच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।