काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीशबीच देखिएको इजलास बहिस्कार प्रकरणले अदालतको जनशक्तिको शिर निहुरिएको भन्दै अदालतमा रहेका कर्मचारी युनियनहरुले तत्काल फुलकोर्टको बैठक बोलाउन माग गरेका छन्।
मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती युनियन र नेपाल निजामती कर्मचारी संगठनले यस्तो माग गरेका हुन्।
जनताको अन्तिम आस्थाको केन्द्र स्वतन्त्र एवं निष्पक्ष न्यायपालिकाको जनआस्था खस्किनेगरी न्यायालयभित्र र बाहिरबाट भइरहेका कार्यले समयमा न्याय पाउने नागरिकको अधिकार कुण्ठित भएको विज्ञप्तिमा उल्लेख छ।
याे पनि हेर्नुहाेस् - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्?
न्यायालयको मानमर्दन एवं न्यायपालिकाको जनआस्था खस्कने कार्य रोक्न न्यायाधीश एवं अदालतका जनशक्तिको पहिलो दायित्व भएको भन्दै विज्ञप्तिमा तत्काल पूर्ण बैठक (फुलकोर्ट) बसी समाधान गर्न ध्यानाकर्षण गरिएको छ।
समयमै समस्या समाधान नगरे न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं उपभोक्ताको न्याय पाउने अधिकारका संरक्षणका लागि समग्र ट्रेड युनियनहरु नेतृत्वसहित विवादित न्यायाधीशको राजीनामा माग्न आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।
न्यायपालिका विरुद्ध अभिव्यक्ति नदिन तथा नकारात्मक प्रचार नगर्न पनि ट्रेड युनियनले अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।