दरबारमार्गको क्याफेबाट ५ केजी चरेससहित २ जना पक्राउ

Nepal Live

काठमाडौँ- महानगरीय प्रहरी परिसरले ५ किलोग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ। 

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले आज लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई ५ केजी चरेशसहित पक्राउ गरेको हो। भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौँ भित्रिएको लागुपदार्थ होटल तथा रेष्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेश बरामद गरेको हो। 

परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार