काठमाडौं- राष्ट्रपति चयनका लागि भइरहेको निर्वाचन अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दिउँसो पौने २ बजेसम्ममा प्रदेशसभाका ५ सय ४९ मध्ये ५ सय २७ भोट खसिसकेको छ। प्रदेशसभाका २२ भोट खस्न बाँकी छन्। यसैगरी, संघीय सासदका ३ सय ३१ सांसदमध्ये ३ सय १८ जनाले भोट दिइसकेका छन्।
मतदान सकिनासाथ मतगणना सुरु गरिने प्रवक्ता ढकालले जनाकारी दिएका छन्।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।