काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले १८ वर्षअघि र अहिलेको शिक्षाको अवस्थामा सुधार आउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।
शिक्षा पत्रकार समूहको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शिक्षालाई विकासको एजेन्डा बनाएर अगाडि बढाउन सुझाव दिए।
‘१८ वर्षअघि विद्यार्थी नेता हुँदा हामी शिक्षाको जुन विषयमा चर्चा गर्थ्यौं, अहिले पनि त्यही विषयमा बहस भइरहेको छ’, उनले भने, ‘देशलाई समृद्ध बनाउने हो भने शिक्षालाई विकासको एजेन्डा बनाएर अगाडि बढाउनुपर्छ। राजनीतिक दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ।’
उनले नेपालको प्रधानमन्त्रीदेखि नेतासम्म सबैलाई शिक्षाका विषयमा फुर्सद नहुँदा समस्या बढीरहेकोमा चिन्ता व्यक्त गरे ।
‘अमेरिकाको राष्ट्रपतिले आफ्नो देशका बालबालिकाको गणितमा, विज्ञानमा नम्बर कम ल्याएको चिन्ता हुन्छ’ उनले भने, ‘तर हाम्रो यहाँ हामी सबै व्यस्त छौं ।’
हेरौँ भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।