• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पुस्तकमा कर : ज्ञानमा काँडेतार

64x64
नेपाल लाइभ सोमबार, असार ९, २०७६  ०५:४५
1140x725

हामीले चुनावमार्फत् बलियो र स्थिर सरकार पाएका छौं। नेपालीको सपनासँगै जोडिएका विकास र समृद्धिका नारासहित वर्तमान सरकार अगाडि बढेको भनिएको छ। समस्त नेपालीका भरोसा र घर आँगनमा आउने समृद्धिको आशासहित धैर्यता राखी जनता उभिएका छन्।

प्रश्न यहाँ उठ्छ- संसार प्रविधि, ज्ञान र पुँजीको संमिश्रणबाट छलाङ मार्दैछ। विकसित र उदीयमान राष्ट्रले ज्ञान र प्रविधि भित्र्याउन दुनियाँका अब्बल श्रोत, सामग्री र जनशक्तिका लागि मरिहत्ते गर्छन्। अनि हामी चाँहि समृद्धिको सपना देख्ने तर प्रविधि र ज्ञानको श्रोत मानिएका पुस्तकमा अंकुश लगाउने? हामी कता जाँदै छौं? 

'एक छाक खाएरै भएपनि काशी बास बस्नु' त्यसै भनिएको होइन। काशी ज्ञानको केन्द्र मानिन्थ्यो। अझसम्म पनि यसका केही अंश हाम्रो समाजमा बाँकी छन्। यसको अर्थ अल्प आहारमै भएपनि ज्ञान चाहिँ लिने प्रयत्न गर्न प्रेरित गरिएको हो। अस्टिन फेल्प्सले भनेका छन्, 'पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन'। पुस्तकको महत्व कति छ भन्ने विषय यही वाक्यांशले दर्शाउँछ।

पुस्तक त मागेरै भएपनि पढ्नुपर्छ। पुस्तकालय किन बनाइए? विश्वविद्यालयमा विद्यार्थीलाई कस्तो जनशक्तिमा रूपान्तरण गर्ने भन्ने कुरा त्यहाँका पुस्तकालयका पुस्तक र त्यहाँ पढ्न विद्यार्थीलाई कति प्रेरित गरिन्छ भन्ने कुरामा भर पर्छ। संसार पर्खाल भत्काएर ज्ञान र प्रविधिका खोजीमा छ, हामी चाहिं काँडेतार लगाउँदै छौं। किन?

पुस्तक ज्ञानको श्रोत हो। यसलाई साँघुरो परिधिमा राखेर कस्तो राष्ट्र बन्ला?  पचास वर्षपछि हामी कहाँ पुग्छौँ र के बन्छौँ भन्ने कुरा आज हामी कति अध्ययन, अनुसन्धान र त्यसमा लगानी गर्छौँ भन्ने कुरामा भर पर्छ। फ्रेन्च दार्शनिक क्लाउडेले भनेका छन्, 'प्रेसलाई सीमित गर्नु भनेको राष्ट्रको अपमान हो। पुस्तक पढ्नबाट बञ्चित गर्नु भनेको नागरिकलाई मुर्ख वा दास घोषित गर्नु हो।' राष्ट्रले पुस्तक पढ्न प्रेरित गर्नुपर्नेमा हामी चाँहि जञ्जीर लगाउँदै छौं।

हामीले क्षणिक सोच्नु हुँदैन। आग्रह वा पूर्वाग्रह, यो वा त्यो तर्कमा, यसलार्ई वा उसलाई कति, कहाँ फाइदा/बेफाइदा हुन्छ भनेर दुरगामी प्रभाव पार्ने यस्ता निर्णय गर्नु वा गराउनु हुन्न। सिक्ने र सिकाउने माध्यम वा श्रोतको सीमितताबाट देशले कति गुणस्तरीय जनशक्ति विकास गर्न सक्छ? सोच्नुपर्ने कुरा यही हो।

राष्ट्रले पुस्तक पढ्न प्रेरित गर्नुपर्नेमा हामी चाँहि जञ्जीर लगाउँदै छौं।

मुद्रण संघसंस्थाका आफ्ना मागहरू होलान्। आफ्नो ठाउँमा जायज हुन पनि सक्छन्। व्यावसायिक स्वार्थ होलान्। हक हित, स्वदेशी संरक्षण र प्रवर्धनको सवाल एक हदसम्म सही होला तर त्यसको कोपभाजनमा पुस्तकको सर्वव्यापी मान्यता अवमूल्यन गरिनु हुँदैन। ज्ञानको दायरा सीमित गर्दा आउने दीर्घकालीन प्रतिकूलताको मूल्य पुस्तकबाट प्राप्त हुने सानो राजस्वभन्दा धेरै भारी हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

हालै सरकारले यस वर्षको बजेटमा विदेशबाट आयात हुने सम्पूर्ण पुस्तकमा १० प्रतिशत भन्सार कर लगाएको छ। विश्वव्यापी मान्यता, विकसित र छिमेकी देशमा भएको व्यवस्था विपरीत पुस्तकको प्रशारण र प्रवाहमा कर लगाइएको छ। यो निर्णयको बचाउमा सम्बन्धित अधिकारीको तर्कलाई आधार मान्ने हो भने एउटा पक्षको मर्का सुन्दा सर्वाङ्गीण प्रतिकूलताको वास्ता नगरेको भान हुन्छ। खोला थुनेर माछा मार्ने कि बगेको खोलामा माछा मार्ने प्रविधि र सक्षमता विकास गर्ने? प्रश्न यहाँ हो।

के हामी सक्षम छौं?
सरकारले माध्यमिक तहसम्मका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने नीति लिएको छ। तर अहिले पनि लगभग सबै निजी विद्यालयमा निजी प्रकाशन गृहले चर्को मूल्यमा बिक्री गर्ने पुस्तक पढाई हुन्छन्। दूरदराजका धेरै विद्यालयमा शैक्षिक सत्र सुरु भएको धेरै पछिसम्म पनि पाठ्यपुस्तक उपलब्ध हुँदैनन्। अब्बल मानिएका सयौं विद्यालयमा विदेशी र आयतीत पुस्तक पढाई हुन्छन्। 

खोला थुनेर माछा मार्ने कि बगेको खोलामा माछा मार्ने प्रविधि र सक्षमता विकास गर्ने? प्रश्न यहाँ हो।

एउटा बाध्यता भनौं, हामी विश्वस्तरका पाठ्य पुस्तक तयार पार्न र मागबमोजिम वितरण गर्न सक्षम छौं? राज्यले सोही अनुरुपको अनुकुल वातावरण तयार पार्न सकेको छ? के छपाई उत्कृष्टता, सहजता र विषयवस्तुको गुणस्तर विकास गर्न प्रकाशक, प्रेस तथा सरकारी निकायले पर्याप्त प्रयास गरेका छन्? यसका लागि चाहिने बजार प्रतिस्पर्धात्मक क्षमता विकास गर्न निजी तथा सरकारी निकाय सक्षम छन्?

स्वदेशी प्रेस उद्योग सक्षम बनाउन प्रविधि र कच्चा पदार्थको सहजता पो बनाइदिने कि सरकारले? हेक्का रहोस्, पुस्तकमाथिको करले हाम्रो प्रतिस्पर्धात्मक क्षमता विकास हुँदैन। उल्टो ज्ञान र प्रविधिलाई आवश्यक विशिष्ट पुस्तकको अभाव सिर्जना हुनेवाला पक्का छ। 

उच्च र विशिष्टीकृत शिक्षालाई चुनौती
विगत डेढ दशकदेखि मेडिकल तथा अन्य स्वास्थ्य क्षेत्रको प्रकाशक तथा पैठारीकर्ताका रुपमा मैंले भोगेको अनुभव निकै टिठलाग्दो छ। विशिष्टीकृत मेडिकल, पारामेडिकल तथा अलाइड हेल्थ साइन्समा ९५ प्रतिशतभन्दा बढी र एमबिबिएसलगायत स्वास्थ्यका अन्य स्नातक कोर्समा ८० प्रतिशतभन्दा बढी पुस्तक आयातित हुन्। 

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उत्पादित हाम्रो जनशक्ति अन्तर्राष्ट्रिय स्तरको र प्रतिस्पर्धात्मक बनाउन पाठ्यपुस्तकको योगदान अहम् हुन्छ। विश्वव्यापी रुपमा द्रुतगतिमा विकसित ज्ञान, सीप र प्रविधिलाई लिपिबद्ध रुपमा प्रकाशन र प्रवाह गर्ने पाठ्यपुस्तकको विकासमा हामी निकै निरीह छौं। अथवा भनौं अपवाद बाहेक त न अनुसन्धान छ, न त अनुसन्धानात्मक लेखन छ। 

बार्न कन्भेन्सन (१९८६)ले प्रिन्ट भएका पुस्तकको आवागमन भन्सार शुल्क तथा करमुक्त हुनेछ भनी उल्लेख गरेको छ।

पुस्तक त्यसै बन्दैन । पुस्तक बन्न वैध स्रोत चाहिन्छ। जर्नल, आर्टिकल र पिरियोडिकल्सले विकसित ज्ञान तथ्यपूर्ण र अनुसन्धानात्मक श्रोतको सम्प्रेषण गर्छन्। यी सबका लागि वैज्ञानिक अनुसन्धान तथा खोज हुनुपर्छ र सोका लागि जनशक्ति र लगानी चाहिन्छ।

व्यक्तिगत लगानी र श्रोतसाधनमा अनुसन्धान गर्न हाम्रो जस्तो देशमा कति सम्भव छ? राज्यले कति लगानी गर्छ र हालसम्म कति लगानी गरेको छ? उदेक लाग्दो छ अवस्था। अनि पुस्तक माथि कर? अंकुश? विद्यमान अवस्थामा पुस्तकमा करको भार थोपरेर हामीले गुणस्तर र सर्वसुलभ शिक्षा प्रवाह गर्न सक्छौं? अझ जेहेनदार, गरिब तथा प्रतिभाशाली विद्यार्थीलाई गुणस्तरीय पुस्तकमाथिको पहुँच कम गरेर कस्तो जनशक्ति उत्पादन गर्न जाँदैछौं हामी? प्राविधिक तथा विशिष्टीकृत शिक्षा अन्तर्राष्ट्रिय पुस्तकबिना फितलो हुने निश्चित छ।

अन्तराष्ट्रिय परिवेश
युनेस्कोको फ्लोरेन्स एग्रिमेन्ट(१९५०)को प्रोटोकल (१९७६)का प्रावधानअनुसार प्रिन्ट भइसकेका पुस्तक भन्सार शुल्क तथा भ्याट मुक्त हुन्छन्। आर्टिकल-१ को ‘ए’ देखि 'ई' सम्म उल्लेख गरिएका सामग्रीको आयातमा कुनै पनि भन्सार महसुल तथा अन्य शुल्क लिन पाइँदैन। बार्न कन्भेन्सन (१९८६)ले प्रिन्ट भएका पुस्तकको आवागमन भन्सार शुल्क तथा कर मुक्त हुनेछ भनी उल्लेख गरेको छ।

छिमेकी राष्ट्र भारतलगायत अमेरिका, बेलायत तथा विश्वका अधिकांश राष्ट्रमा पुस्तकको आवगमनमा भन्सार लगाइएको छैन। अझ भनौं मुद्रित पुस्तकमा विश्वव्यापी रुपमा एकल अंकित मूल्य प्रचलित छ। यसको मुख्य कारण पुस्तकलाई भन्सार शुल्क मुक्त र कर मुक्त क्षेत्रमा राखिएकोले हो। पुस्तकमा १० प्रतिशत आयात कर लगाउँदा पुस्तक पनि वस्तु विनिमय प्रणालीमा रुपान्तरण हुन्छ। यो सर्वथा गलत मानिन्छ।

अन्त्यमा, पठन संस्कृति प्रोत्साहन गरी प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनका लागि विश्वस्तरीय पाठ्यपुस्तकको सहज पहुँच पुर्‍याउन, देशमा विद्यमान प्राथमिक तहदेखि विश्वविद्यालयसम्मका पुस्तक सुलभ मूल्यमा उपलब्ध गराउन आयातित पुस्तकमा १० प्रतिशत कर लगाउने प्रस्ताव फिर्ता लिनुपर्छ।

युनेस्कोको फ्लोरेन्स एग्रिमेन्ट(१९५०)को प्रोटोकल (१९७६)का प्रावधानअनुसार प्रिन्ट भइसकेका पुस्तक भन्सार शुल्क तथा भ्याट मुक्त हुन्छन्।

यसैगरी, स्वदेशी पाठ्यपुस्तक गुणस्तरीय र प्रतिस्पर्धी बनाउन, चोरी तथा नक्कल गर्ने प्रवृत्ति अन्त्य गर्न, उच्च शिक्षामा पर्न जाने पाठ्यपुस्तकको अभाव रोक्न, प्राविधिक विषयका विकल्परहित विश्वस्तरीय पाठ्यपुस्तकलाई सरल मूल्यमा सहजै उपलब्ध गराउनका साथै हामीले सोचेको र सरकारले आँटेको सुखी र समृद्ध नेपालका लागि दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्न पुस्तकमाथिको भन्सार कर अबिलम्ब फिर्ता लिनु उपयुक्त हुन्छ। आम पाठकसहित व्यवसायी र सरकारको भलो पनि यसैमा छ। 

आचार्य नेसनल बुक्स सेलर तथा प्रकाशक संघका अध्यक्ष तथा समीक्षा पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत हुन्। 

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्