• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मनको आलाप [समीक्षा]

64x64
नेपाल लाइभ शनिबार, जेठ २५, २०७६  १३:४६
1140x725

कति भोगाइहरु समाचार बन्दैनन्। कथा बन्छन्। मनभित्रका कुराहरु त झन् समाचार बन्ने कुरै भएन। त्यसैले पत्रकार तीर्थ सिग्देलले कथासंग्रह 'मनोनेट'भित्र के होला भन्ने खुल्दुली हुनु स्वाभाविकै हो। सुरुमै कथाकारले लेखेका छन्, ‘मनले चाहेको र तनले पाएको दुःख र पीडाको माध्यम हो– मनोनेट। एउटा मनको खुसी, रोदन अर्को मनले अनुभूत गर्नु नै हो– मनोनेट।’

अरुको मनलाई बुझ्न धेरै गाह्रो हुन्छ। किनकि आफ्नै मन कहिलेकाहीँ अलमलमा हुन्छ। त्यही मनले चाहे अप्ठ्याराहरु सजिला बन्दिछन्, मनले नचाहे सजिलाहरु अप्ठयारा बनिदिन्छन्। कहिले त्यही मनले मायाको भाव बोक्छ त कहिले पीडाको राग ओकल्छ। सानो खुसीमा मन फुरुङ्ग हुन्छ त सानै कुराले धुरुधुरु रुन्छ। अचम्मको छ यो मन! मनभित्र अनेक व्यथा हुन्छन्, अव्यक्त कथा हुन्छन्। 

मनोनेटमा आम मनभित्रका यिनै कथा–व्यथालाई समेटिएको छ।

अढाइ दशकदेखि पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार सिग्देलले यही क्रममा अनेक मनलाई पर्गेलेका छन्। तीमध्ये केही जेलिएका, केही छेलिएका मनभित्रका व्यथालाई कथामा उनेका छन्। 

कथाको चरमोत्कर्षमा नपुगिन्जेल पाठकलाई सस्पेन्सले डोहोर्‍याइरहन्छ। ‘अब के होला?’ भन्ने कुराले पाठकलाई तानिरहन्छ। तर, केही कथाहरु भने अब के होलामै सकिन्छन्।

मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको ‘मनोनेट’मा २२ कथा छन्। हरेक कथाका पात्रहरु मनैमनमा जेलिएका छन्। कतै यौन मनोविज्ञानले, कतै पीडाले ग्रस्त सामाजिक र राजनीतिक परिवेशले। अव्यक्त भाव र मानवीय स्वभाव नै कथाहरुका मूल विषय छन्। युवा मनलाई कथाहरुले चाँडै छुन्छ। छोटा र सरल वाक्यले पाठकलाई मजा दिन्छ। अधिकांश सुरुवाती वाक्यले लामो कथालाई बोल्छ।

कथाको चरमोत्कर्षमा नपुगिन्जेल पाठकलाई सस्पेन्सले डोहोर्‍याइरहन्छ। ‘अब के होला?’ भन्ने कुराले पाठकलाई तानिरहन्छ। तर, केही कथाहरु भने अब के होलामै सकिन्छन्। त्यसबेला पाठकको सचेत मनलाई कथाले झकझक्याइदिन्छ। कथाको अन्त्यले पाठकलाई केहीबेर सोच्न बाध्य पारिदिन्छ। ‘फ्ल्यासब्याक’ शैलीले पाठकलाई थप रोमाञ्चित तुल्याइरहन्छ। 

कथा ‘अतीत’भित्र आमाबुबाको इच्छाका कारण निमोठिएको नारी जीवन लेखिएको छ। त्यसको प्रभावमा परेको पुरुष मनभित्रको अवस्थालाई चित्रण गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यसपछि ऊ हराई’बाट कथाक्रम सुरु हुन्छ। जसमा यौन व्यवसायी नारीको कथा समेटिएको छ। उसको मन, जीवन र हाम्रो सामाजिक सोचको चित्रण कथामा गरिएको छ। कथा ‘जिन्दगीको पासवर्ड’की साइराको चरित्रले पाठक मनलाई तान्छ। प्रविधिसँग जोडेर लेखिएको कथामा एउटा पुरुषको मन नारीको आकर्षण र मोहजालमा कसरी फँस्छ भन्ने दर्शाउन खोजिएको छ।

‘दोमन’भित्र नारी मनोविज्ञान समेटिएको छ। विवाहपछि सिन्दुर, चुरा–पोते अनि पारिवारिक जिम्मेवारी र मनभित्रको अन्तरद्वन्द्वसँगै कथा सुरु हुन्छ र अन्त्य पनि। ‘पहिलो खुशी’मा भने बिहेको लफडा छ। ‘अन्तिम सहारा’भित्र एक्ली महिला र उसलाई हेर्ने पुरुष मनोविज्ञान प्रस्तुत गरिएको छ। ‘सीतादेवी’मा अप्ठ्यारोमा आफ्नैले साथ नदिँदाको अवस्थामा नारी मन कस्तो हुन्छ भन्ने झल्काइएको छ। कथा ‘अतीत’भित्र आमाबुबाको इच्छाका कारण निमोठिएको नारी जीवन लेखिएको छ। त्यसको प्रभावमा परेको पुरुष मनभित्रको अवस्थालाई चित्रण गरिएको छ।

‘बोझ’ शीर्षकमा लेखिएको कथाले पाठक मनलाई ऊर्जा दिन्छ। जीवनलाई बोझ ठान्नेहरुलाई सकारात्मक रुपमा सोचेर अगाडि हिँड्ने बाटो दिन्छ। पुरुषप्रधान सोचविरुद्धको क्रान्तिको रुपमा ‘बोझ’लाई लिन सकिन्छ। त्यस्तै, कथाहरु मध्येको आम समस्या बोकेको कथा हो, ‘कुमारी केटी’। समस्या पर्दा पछि सर्ने र आफ्नो सजिलोको लागि नारीको गला निमोठ्ने प्रवृत्तिविरुद्ध कथाले विद्रोह बोलेको छ। 

कथाको पुछारतिर रहेको ‘युद्ध मैदानको बकपत्र’ र अघि आउने ‘विद्रोहको घाउ’ले विगतमा भएको समग्र राजनीतिक परिदृश्यहरु आँखैसामु ल्याइदिन्छ। युद्धभित्रका कारुणिक अवस्था र त्यो अवस्थामा जलेका मनले भावुक तुल्याउँछ।

Xtrem

Xtrem

‘अमिला सामन्थी’ ऊर्जा बोकेकी विदेशी महिलाको कथा हो। जसमा विदेशीले सोच्ने नेपाल र फरक अवस्था बोलिएको छ। बुद्धको जन्मभूमि भएर अशान्त रहँदा उनीहरु कसरी सोचिरहेका छन्? कथाले यो प्रश्नलाई गम्भीर ढङ्गले उठाएको छ।

मनले मनलाई कसरी छुन्छ, एउटा दुख्दा अर्को किन रुन्छ? मन किन यस्तो हुन्छ? परिवेश र चरित्र अनुसार मन कति फरक हुन्छ भन्ने कथाकारले यी कथाहरुमार्फत प्रस्ट्याउन खोजेका छन्।

‘बाँच्ने रहर’ पत्रात्मक शैलीमा लेखिएको कथा हो। जीवनको खुसीहरु आफैँले खोज्नुपर्छ, लेखकले कथामार्फत यही सन्देश दिएका छन्। अनि ‘अन्तिम भूल’मा पुर्‍याएर कथासंग्रहलाई पूर्णविराम लगाइएको छ। यस कथाले पनि नारी वेदना नै बोलेको छ।

मनोनेट, मन रसाइरहेको छ, भलो चाहने मान्छे लगायत कथाहरुले मनभित्रका विविध पाटाहरुलाई फरक शैलीमा प्रस्तुत गरिएको छ। मनले मनलाई कसरी छुन्छ, एउटा दुख्दा अर्को किन रुन्छ? मन किन यस्तो हुन्छ? परिवेश र चरित्र अनुसार मन कति फरक हुन्छ भन्ने कथाकारले यी कथाहरुमार्फत प्रस्ट्याउन खोजेका छन्।

मूलतः कथामा अधिकांश पात्रहरुको बोल्ने शैली उस्तै लाग्छ। एउटै खाले स्वाद भएकाले चटनीको अभाव महसुस हुन सक्छ। कथामा पात्रहरु सबै सचेत देखिन्छन्। सम्वादहरुमा खासै विविधता भेटिँदैन। उही र उस्तै सम्वाद अनि पात्रका कारण पात्रहरु पाठक मनमा अडिरहँदैनन्। चरित्र चित्रण दमदार नलाग्न सन्छ। उभ्याइएको पात्र परिवेशबारे कथामा खासै बोलिँदैन। 

पुस्तकमा नेपाली ठेट शब्द, उखान–टुक्का, भाषागत विविधताको अभाव देखिन्छ। समस्या उठान मात्र नभई लेखकले मार्गनिर्देशसहितको सन्देश प्रवाह कथाबाट गर्न सकेको भए कथाहरु थप प्रगतिशील र उद्देश्य अनुरुप सार्थक बन्ने थिए।

समग्रमा कथाकार सिग्देलको ‘मनोनेट’ले पाठकको मन छुन्छ। नारी वेदना र सामाजिक–राजनीतिक विषयसँगै जोडिएका मनोविज्ञानले कथाको मर्ममा नयाँपन दिएको छ। कथा लेखनमा सुक्दै गरेको साहित्य क्षेत्रमा ‘मनोनेट’ ऊर्जा लिएर आएको छ। 

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्