• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सार्क स्थापनाको ३३ वर्ष, लक्ष्यअनुसार भएन काम

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २२, २०७४  ०५:५९
1140x725

काठमाडौँ- दक्षिण एसियाको समृद्धि र यस भेगका गरिब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आजदेखि ३३औँ वर्षमा प्रवेश गरेको छ। 

सार्कले सदस्य देशका द्विपक्षीय विषयका कारण अपेक्षित गति लिन नसक्दा दक्षिण एसियाको विकास कछुवाको गतिमा अघि बढेको छ। सार्कको लक्ष्य अनुसार गरिबीको दुष्चक्रबाट दक्षिण एसियाका जनताले मुक्ति पाएका छैनन्।

आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एसियाका ८ मुलुकको साझा संगठनले यहाँका दुई अर्बभन्दा बढी जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गरे पनि त्यसले गति लिन सकेको छैन।

बितेका ३२ वर्षमा सार्कले सुखदुःखका बेला एकअर्कालाई नजिक मात्र ल्याएन कृषि, लगानी, व्यापार, यातायात, सञ्चार र जनस्तरको सम्पर्क विस्तारको क्षेत्रमा केही उल्लेख्य काम गरेको छ। सार्कको दक्षिण एसियाली पहिचानलाई शीर्ष नेताको ‘रिट्रिट’ले आपसी मनोमालिन्य र कटुतालाई मैत्रीमा परिणत गरेको छ भने भूकम्प र बाढीका बेला आपत्कालीन सहयोग गर्ने परम्परा पनि सार्क सदस्य देशले बसालेका छन्। 

सार्क बीउबिजन र खाद्यान्न भण्डार, सार्क प्रवेशाज्ञा, दक्षिण एसियाली विश्वविद्यालय लगायत पारस्परिक सहयोग अभिवृद्धिका लागि संयन्त्र निर्माणलाई सकारात्मक मान्नुपर्छ। शिखर सम्मेलन आयोजनामा ढिलाइ हुने गरे पनि मन्त्रिस्तरीय बैठक भइरहेका छन् र तिनका निर्णय कार्यान्वयनको प्रक्रियामा छन्।

मानव संसाधन विकास तथा पर्यटन, कृषि तथा ग्रामीण विकास, वातावरण, प्राकृतिक विपत्ति र जैविक प्रविधि, अर्थ, व्यापार, वित्त, सूचना तथा सञ्चार प्रविधि एवं गरिबी निवारण, ऊर्जा, यातायात, विज्ञान तथा प्रविधिका साथै शिक्षा, सुरक्षा र संस्कृतिका क्षेत्रमा सार्कले सुस्त गतिमा भए पनि काम अघि बढाइरहेको छ।

सार्क बडापत्रमा हस्ताक्षर भएको र सार्क स्थापना भएको ३३औँ वार्षिकोत्सवका अवसरमा सार्क मुलुकका नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सार्क बडापत्रलाई ८ राष्ट्रको साझा इच्छा र संकल्पको अभिव्यक्ति भएको बताएका छन्।

प्रधानमन्त्री देउवाको सन्देशमा दक्षिण एसियाको शान्ति, स्थायित्व, आर्थिक विकास र सामाजिक–सांस्कृतिक विकासका लागि सार्क अपरिहार्य भएको उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

विकासको चाहना र चुनौती बढिरहेका बेला सार्कलाई गतिशील संगठन बनाउन सबै सदस्य मुलुकबाट अझ घनीभूत प्रयास हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले दक्षिण एसियामा उपलब्ध स्रोत र साधनलाई प्रगति र समृद्धिका निम्ति उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

दक्षिण एसियाका जनताको कल्याण, जीवनस्तरमा सुधारका साथै सकारात्मक प्रभाव पार्न परिणाममुखी परियोजनामा लगानी गर्नुपर्ने तथा यसका निम्ति सार्कका सदस्य राष्ट्रले साझा संकल्प गर्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन्।
सार्कलाई गतिशील संस्था बनाउन अध्यक्षका हैसियतले नेपालले रचनात्मक भूमिका निर्वाह गर्दै सार्कका उद्देश्य प्राप्तिमा सदस्य देशसँग सहकार्य गर्न सधैं तयार रहेको प्रधानमन्त्री देउवाले जनाएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाका बासिन्दालाई एकआपसमा जोड्दै व्यापार, विचार, मानिस र पुँजीको प्रवाह गरी समुन्नत दक्षिण एसिया बनाउने सार्कका लक्ष्य प्राप्तिमा केही प्रगति भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

३३सौँ सार्क बडापत्र दिवसका अवसरमा जारी गरिएको सन्देशमा भारतका प्रधानमन्त्री मोदीले क्षेत्रीय सहयोग र विकासको पहिलो शर्त शान्तिसुरक्षा हो भन्दै आतंकको अभिशाप सार्क मुलुकको विकासको वाधक भएको औंल्याएका छन्।
सन्देशमा मोदीले आतंकवादलाई सघाउने प्रणालीलाई समूल नष्ट गर्नुपर्नेमा जोड दिँदै दक्षिण एसियाका जनताको शान्ति र समृद्धि सुनिश्चित गर्न सामूहिक सहकार्यका निम्ति आह्वान गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

काठमाडौँमा सम्पन्न १८औँ सार्क शिखर सम्मेलनका बेला सार्कका निम्ति आफूले कोरेका खाकालाई व्यवहारमा लागू गर्ने प्रयास स्वरुप हालै दक्षिण एसियाली भूउपग्रह प्रक्षेपण, सार्क विपद् व्यवस्थापन केन्द्र र दक्षिण एसियाली विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र बनाउन भएका प्रयासको मोदीले चर्चा गरेका छन्।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले दक्षिण एसियाका छिमेकी मुलुकबीच क्षेत्रीय सहयोग प्रवर्धनमा सार्कले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै द्विपक्षीय सहयोग र साझोदारीलाई दीगो तुल्याउन सार्क उपयुक्त माध्यम बनेको विचार व्यक्त गरेका छन्। उनले सहकार्य र मैत्रीको भावना बोकेको सार्क बडापत्रप्रति श्रलिंकाको पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता जनाएका छन्। 

यसैगरी, भुटानका प्रधानमन्त्री दासो छिरिङ तोब्गेले सार्कले आर्थिक विकासका प्राथमिकता प्राप्त क्षेत्रमा सदस्य मुलुकबीच नियमित रुपमा छलफल र विचार आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। सामाजिक, आर्थिक विकासका साथै समझदारी, मैत्री र सहयोग अभिवृद्धिका लागि दक्षिण एसियाको अद्वितीय संस्थाका रुपमा सार्क रहेको तोब्गेद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ।

बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद अलीले दक्षिण एसियामा आर्थिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक समृद्धिका लागि सदस्य मुलुकबीच समझदारी र सहयोगको मात्रा अधिक हुनुपर्नेमा जोड दिएका छन्। 

अफगानिस्तानका उपविदेशमन्त्री अडेला राजले क्षेत्रीय सहयोगका लागि सबल एवं सुदृढ बाहनका रुपमा रहेको सार्कलाई क्रियाशील तुल्याउन अफगानिस्तान सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्न दृढ रहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

सार्कका महासचिव अमजद हुसैन बी सियालले दक्षिण एसियामा, शान्ति, स्थायित्व र मित्रता प्रवर्धन गर्न सार्क महत्वपूर्ण माध्यम बनेको बताउँदै सदस्य मुलुकबीचको प्रगति सार्वभौमिक समानता, क्षेत्रीय अखण्डता, राष्ट्रिय स्वाधीनता, बलको प्रयोग नगर्नुका साथै आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको अवलम्बनबाट सम्भव हुने विचार व्यक्त गरेका छन्।

सार्क बडापत्र दिवसको अवसरमा उनले गरिबी निवारण, आर्थिक तथा व्यापार विस्तार, कृषि, शिक्षा, ऊर्जा, संस्कृति, क्षेत्रीय सम्पर्क विस्तार, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तन, वित्त तथा लगानी, शान्ति सुरक्षा, दैवी विपत्ति न्यूनीकरण तथा व्यवस्थापन, आतंकवाद विरुद्धको लडाइँ, लागुऔषध ओसारपसार नियन्त्रण, सार्क देशका जनता–जनताबीचको सम्पर्क विस्तार, पर्यटन लगायत कैयौँ क्षेत्रमा सार्कका गतिविधि फैलिएका र तिनको प्राप्तिमा सार्क लागिपरेको बताएका छन्। रासस 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्