भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका-१० पलासेँमा रहेको काठमाडौं फन भ्याली बन्द भएको छ। काठमाडौं फन भ्यालीको ५५ प्रतिशत लगानीकर्ता भोगेन्द्र गुराँगाईले ४५ प्रतिशत लगानीकर्तालाई भित्र पस्न नदिएको भन्दै विवाद सिर्जना भएको थियो। यही विवाद साम्य हुन नसक्दा फन भ्याली बन्द हुन पुगेको हो।
केही बर्षयता गर्मीयाम सुरू भएपछि उक्त स्थानमा पौडीको मज्जा लिन चाहानेहरूको बाक्लै भीड लाग्ने गरेको थियो। यसवर्ष गर्मी मौसम सुरु भइसक्दा पनि अवस्था सुनसान देखिएको छ।
दुई पक्षबीचको विवाद मिलाउने प्रयास भएपनि निष्कर्षमा पुर्याउन नसकेपछि काठमाडौं फन भ्याली बन्द भएको ४५ प्रतिशत लगानीकर्तामध्येका एक लगानीकर्ताको भनाइ छ। करिब १०० जनाले प्रत्यक्ष रोजगारी पाएको र मनोरञ्जनस्थल बन्द हुँदा सर्वसाधारणसमेत प्रभावित बनेका छन्।
गुराँगाईले आफ्नतलाई भर्ती गराउने भएकाले विवादमा मुछिने गरेको आरोप लाग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।