• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन बढ्दै, उत्पादनमा ह्रास

कृषिविज्ञ भन्छन् : अम्लियपन हटाउन प्रांगारिक मल नै बढी प्रभावकारी
64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  ०७:३६
1140x725

–राजेन्द्रप्रसाद पनेरु/रासस

कञ्चनपुर- रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ। माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो। माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमी हुने गरेकाे हाे। यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ।

माटो बिरुवाको खाद्यतत्वको भण्डार भएकाले माटोमा हुने अम्लीयपनले उर्वराशक्तिमा ह्रास आएको विभिन्न परीक्षणले देखाएको छ। माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको माटो तथा मल प्रयोगशाला सुन्दरपुरका निमित्त वरिष्ठ माटोविज्ञ प्रकाशकुमार पन्तले बताए।

प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भए पनि यसतर्फ किसानले चासो दिन सकेका छैनन्। 'बोटबिरुवाबाट आशातित फल पाउन उत्पादनका कारकतत्व माटो, मल, जल, बीउबिजन, उन्नत प्रविधि र बाली संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ', माटोविज्ञ पन्तले भने, 'बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ति दिगो बनाई राख्न माटो व्यवस्थापन पक्षमा विशेष ध्यान दिनुपर्ने हुन्छ।'

बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, ताँबा, बाेरोन, म्याङगानिज, मोलिब्डेनम, क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेको उनले बताए। माटोको अम्लीयपन हटाउन प्रतिकट्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाई तटस्थमा ल्याउन सकिने उनको भनाइ छ।

'प्रतिवर्ष माटोमा अम्लीयपन बढ्दै जाने हो भने कृषि उत्पादनमा निकै ह्रास आउने भएकाले किसानले माटो चेकजाँच गराएर मात्र आवश्यकताका आधारमा रासायनिक मलको प्रयोग गर्ने र प्राङ्गारिक मलको प्रयोगलाई व्यापक बनाउनु पर्छ', उनले भने।

तथ्यांकले के भन्छ?

Ncell 2
Ncell 2
nimb
nimb

आव ०५४/५५ देखि ०५८/५९ सम्म प्रयोगशालाले कञ्चनपुरमा माटोको उर्वराशक्तिबारे गरेको अध्ययनका क्रममा लिइएका ५ सय ९३ माटोका नमूनामा २ सय १६ मा अम्लीयपन, २ सय १६ मा तटस्थ र १ सय ६१ मा क्षारीयपन फेला परेको थियो। यसैगरी, माटोमा प्राङ्गारिक पदार्थ ५ सय ३० मा धेरै कम, ५८ मा मध्यम र ५ नमूनामा मात्रै अधिक पाइएको थियो।

नाइट्रोजन ४ सय ६२ मा कम, १ सय २२ मा मध्यम र ९ नमूनामा अधिक पाइएकोमा फस्फोरस १२ मा कम, १ सय १८ मा मध्यम र २ सय ७२ नमूनामा अधिक पाइएको थियो।

आव ०६०/६१ देखि ०७४/७५ सम्मका २०५९ माटोका नमूना परीक्षण गर्दा ६ सय १८ मा अम्लीयपन, १ हजार ३ सय ५१ मा तटस्थ, ५ सय ४० नमूनामा क्षारीयपन पाइएको छ। प्राङ्गारिक पदार्थ १ हजार ७ सय १९ मा निकै कम, २ सय ८५ मा मध्यम, १२ वटा नमूनामा अधिक पाइएको छ। नाइट्रोजन १ हजार ४ सय ७६ मा कम, ५ सय ११ मा मध्यम र ६७ नमूनामा अधिक पाइएको छ।

फस्फोरस ५ सय ३७ मा कम, ४ सय ९० मा मध्यम र ८ सय ९२ मा अधिक पाइएको छ। यसैगरी, पोटास ८ सय ३६ मा कम, ९ सय ३७ मा मध्यम र ३ सय ३७ नमूनामा अधिक पाइएको छ।

Xtrem

Xtrem

प्रांगारिक मलमा जाेड दिनु आवश्यक : कृषिविज्ञ

माटोको उर्वराशक्ति बढाउन र माटोको अम्लीयपन हटाई सन्तुलित बनाउन प्राङ्गारिक मलको प्रयोगमा व्यापकता ल्याउनुपर्ने कृषिविज्ञको सुझाव रहेको छ। घर वरिपरि पाइने वनस्पति, झारपात आदिलाई टुक्रा पारी तह तह बनाउँदै खाडल वा थुप्रोमा उपयुक्त वातावरणको सिर्जना गरी सुक्ष्म जीवाणुका माध्यमबाट कुहाइ प्राङ्गारिक मल बनाउन सकिने कृषि प्राविधिक वीरबहादुर कुँवरले बताए। उनका अनुसार गाईवस्तुको मलमूत्र, घाँसपात, सोत्तर तथा अन्य झारपात गोठको नजिकै बनाइएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर पनि प्राङ्गारिक मल बनाउन सकिन्छ।

उनले प्राचीनकाल देखिनै यस मललाई त्यति महत्व नदिइएको र यसलाई जथाभावी राख्ने, यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सीप अभावका कारण नेपालले एकातिर वर्षेनी करोडौँ मूल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्कोतिर अर्बाैं रुपैयाँ रासायानिक मल यूरिया मल खरिदमा विदेश गइरहेको बताए। उनले भने, 'प्राङ्गारिक तरकारी खेतीमा गोठेमलको महत्व रहेकाले यसको सुधार गरेर प्रयोग गर्नु अति आवश्यक छ।'

साधारणतया गोठेमलमा भएको नाइट्रोजन उडेर र चुहेर नोक्सान हुन्छ भने पोटास चुहिएर नोक्सान हुने भएकाले गोठेमललाई सूर्यको प्रकाश, पानीबाट  जोगाइ  राख्नुपर्ने उनको भनाइ छ। कलिला र सजिलै कुहिन सक्ने वनस्पतिका पात, डाँठ, हाँगा तथा अन्य भागलाई जमिनमा कुहाइ हरियो मल बनाउन सकिन्छ।

कुहिँदै गरेका कृषि जैविक उप–उत्पादन गाईभैँसीको गोबर, पात पतिङ्गर, सोत्तर, तरकारीको बोक्रालगायतका कच्चा पदार्थमाथि गँड्यौला राखेर प्राङ्गारिक मल तयार गर्न सकिने उनको भनाइ छ। 'माटोको खाद्यतत्वबारे किसानलाई सचेत बनाउनु आवश्यक देखिन्छ', उनले भने, 'जनचेतना र तालिमका माध्यमबाट प्राङ्गारिक मल तयार गर्न किसानलाई दक्ष बनाई यसतर्फ डोर्‍याउनु नितान्त आवश्यक छ।' 

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्