• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

यात्रा–डायरी : रामकोटमा एक रात

64x64
नेपाल लाइभ शनिबार, वैशाख २१, २०७६  ०८:११
1140x725

जीवनका सबै पल स्मरणयोग्य हुँदैनन्।

एकाध घटनाबाहेक दैनिक घट्ने  सानातिना घटना त हामी बिर्सिसकेका हुन्छौं। तर, महत्त्वपूर्ण भेटघाट, यात्रा र विजयका क्षणहरू सधैं सम्झनयोग्य बनिदिन्छन्।

रामकोटको यात्रा मेरा लागि यस्तै एक रोचक यात्रमा बन्न पुगेको छ। 

तनहुँको बन्दिपुरबाट करिब पाँच किलोमिटर पश्चिममा पर्ने सानो गाउँ रामकोट उत्तरका अन्नपूर्ण, धवलागिरीजस्ता हिमालसँग आँखामा आँखा जुधाएर बसेको छ। 

सानो गाउँ। छरपस्ट घरहरू। सानासाना गह्रा भएका लहरै खेतहरू। अलि पाखातिर ठूलाठूला पाटा भएका बारीहरू। रामकोटको खास चित्र त यही हो। यसबाहेक यहाँ बस्ने मानिसहरू पनि उत्तिकै सुन्दर। आफ्नै निमग्नतामा बाँच्न सिकेका।

पहाडी जीवन मेरा लागि सदैव प्रिय छ। यस्तो जीवन ठ्याक्कै देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा वर्णन गरेजस्तो भने होइन। पहाड धेरै फेरिइसक्यो। अझै फेरिँदैछ। रामकोट यस्तै पहाडी जीवनमा बाँचिरहेको गाउँ। फागुन यामको घमाइलो दिनमा हामी त्यहाँ पुगेका थियौं।

सबैले घुम्न रुचाउने बन्दिपुरलाई दिउँसो नै घुमिसिध्याएर साँझ पर्दा नपर्दै हामी रामकोट पुगिसकेका थियौं।  त्यसदिन मौसम ज्यादै नै खुलेकाले वरिपरिका प्रायः सबै हिमालहरू देखिइरहेको थियो। यसले गर्दा यात्रा कुनै पट्यारलाग्दो भएन। 

००० 
रामकोट पुगेपछि थाहा भयो, यो मगर गाउँ रहेछ।

Ncell 2
Ncell 2
nimb
nimb

नाचगान र खानापानमा धनी मगरहरू मेरा लागि बाल्यकालदेखि नै नजिक भए। यसले गर्दा उनीहरूको जीवनशैली मेरा लागि नौलो होइन। हामी पुगेपछि उनीहरूले मोही, सेल र फुलौरा खुवाएर स्वागत गरे।

भर्खरै तयार पारिएको होमस्टेमा गाउँकै महिलाहरूले दिल खोलेर स्वागत गरे।  हामी युवा साहित्यकारमात्र होइन, उमेरले असी टेक्न लागेका कविवर तुलसी दिवस पनि यो हार्दिकतासँग एकैछिनमा रमाइहाले। रामकोट बन्दिपुर पर्यटन साहित्ययात्राको  सिलसिलामा हामी थियौँ। काठमाडौंबाट एक बस जम्बो टोली यो साहित्ययात्रामा सहभागी थियो। 

बन्दिपुर गाउँपालिकाका अध्यक्ष निकै फरासिला रहेछन्। तरुण अवस्थामा नै गाउँपालिका अध्यक्ष बनेका उनीसँग बन्दिपुरबाट सानो गाडिमा रामकोट पुग्दा धेरै कुरा थाहा पाइयो।  गाडीमै रहेका कवि तुलसी दिवसबाट पनि यस क्षेत्रको बारेमा मलाई धेरै कुरा थाहा भयो। अध्यक्ष र कवि दिवसबीचको कुराकानीले मलाई बन्दिपुरबारे धेरै कुरा सिकायो। 

Xtrem

Xtrem

रामकोटमा घुमाउने घर पनि देख्न पाइयो। लहरै पारेर ढुङ्गाको छाना भएका घरभित्र बस्न पनि पाइयो। बेलुका झण्डै तीन दर्जनको संख्यामा रहेका साहित्यकार, कलाकारलाई रामकोटका छुट्टाछुट्टै घरमा राखियो।

गाउँकै भाले मार हानेर तयार पारिएको खाना सबैलाई स्वादिष्ट लाग्ने नै भयो। यसपछि गाउँमा पञ्चायत बसेझैं गरी हाम्रो टोली बस्यो। स्थानीय नागरिक पनि बसे। कुराकानी भयो। एकक्षण दुःखसुख साट्यौं। राति नाचगानको कार्यक्रम रहेछ। मगर युवतिहरूले नृत्य देखाए।

नृत्य, बाजागाजा र गीतसंगीतका ज्ञाता कवि दिवसले त्यस्ता नृत्यबारे सबैलाई बताए। करिब मध्यरातसम्मै यो माहौलले रसरंग थप्यो। म भने एक्कासि बल्झेको ज्वरोले चाँडै नै सुतेँ। तर, कानमा त्यहीँ तल भइरहेको नाचगान गुञ्जिरहेको थियो। मन एक्लै निदाउन मानेन। फेरि यति सुन्दर ठाउँमा यात्राका लागि आएको मानिस तर्कनामा हराउन पनि त भएन!

भोलिपल्ट बिहान उठ्दाखेरिसम्म कलाकार रामकुमार भौकाजीले बन्दिपुर र रामकोटका धेरै वटा पेन्टिङ बनाइसक्नुभएको रहेछ।  वाटर कलरका यी पेन्टिङ साँच्चै सुन्दर थिए। बिहान कार्यक्रम सुरु भयो। कविहरूले कविता सुनाए। रामकोटबासीलाई ती पेन्टिङ उपहार दियौं। अन्त्यमा दिन ढल्किनु पूर्व उही कर्मथलो काठमाडांँको निसारतामा  हराउन हामी फर्कने सुरसार गर्‍यौं। 

००० 
रामकोटबाट फर्केको रात नै मलाई ज्वरोले सतायो। यसपछिका चार हप्ता म बिरामी नै भइरहेँ। घरमा आराम गरेर बस्नुपर्दा मलाई केही अगाडिमात्र घुमेको रामकोटको याद आइरह्यो।

आफूलाई उत्साहित गर्ने आदरणीय कविहरूबीचको रमाइलो पनि याद आइरह्यो। म बिरामी मनमा रामकोटा तिनै रमाइला गुन्दै बसिरहेँ।

त्यहाँ बिताएको त जम्मा एक रात हो तर सुन्दर बन्दिपुर र झन् सुन्दर रामकोटको याद मलाई एकतमासले आइरह्यो।

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्