• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'विकास भनेको त सुविधा पो रहेछ'

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १०:३१
1140x725

बेनी बजार। तस्बिर-न्युज २४ आवर्स


– ध्रुवसागर शर्मा

बेनी- करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे। सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो। सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनका लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टाको दूरीमा गएर घण्टौँ लाइनमा बस्नु पर्दथ्यो। अहिले भने अब ती सबै कुरा विगतको तीतो स्मृतिमा परिणत भएका छन्। म्याग्दीको ग्रामीण भेगको कायापलट भएको छ।

अब गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ। गाउँगाउँमा पनि आरसिसी ढलान गरेर पक्की घर निर्माण गर्ने होडबाजी चलेको छ। पाइला अड्याउनै मुस्किल हुने अक्करे भिरलाई फोरेर सररर मोटर गुडेको छ। घरघरमा खानेपानीका धारा बनेका छन् भने विद्यालय र स्वास्थ्यचौकी समेत पायक पर्ने ठाउँमा नै बनेका छन्। 'एक दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पना नै गरेका थिएनौं', मालिका गाउँपालिका बिमका ७४ वर्षीय पलविर जुग्जालीले भने, 'हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ, अहिले पो थाहा भयो विकास भनेको त सुविधा पो रहेछ त।'

गाउँगाउँमा विकासका पूर्वाधार निर्माण भएपछि ग्रामीण जनताको जीवनशैली र चेतनामा समेत परिवर्तन आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। अध्यक्ष रोकाले भने, 'सुविधाका हिसाबले अब गाउँ र सहरमा खासै फरक रहेन, एक दशकअघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ, सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधाको उपभोग गर्ने कुरामा पाएका छन्।'

एक लाख १४ हजार ४ सय ४७ जनसङ्ख्या र २ हजार २ सय ९७ वर्गमिटरमा फैलिएको म्याग्दी जिल्लाका साविकका ४१ गाउँविकास समितिमध्ये गुर्जा र मुनाबाहेक अन्य सबै ठाउँमा मोटर बाटोले छोएको छ। स्थानीय तहलाई अधिकार प्रत्याभूति गरिएपछि जिल्लाभित्र विकासका लागि पालिका–पालिका बीचमा नै प्रतिस्पर्धा चलेकाले पनि ग्रामीण जनतालाई सुविधा प्राप्त गर्न सहज भएको जनताको बुझाइ छ।

१ नगरपालिका र ५ गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा विकासका न्यूनतम पूर्वाधार पुगेका छन्। विकासका पूर्वाधारसँगै जनताको आयआर्जनमा समेत वृद्धि भएपछि यहाँको ग्रामीण भेगको जीवनशैलीमा पनि उल्लेख्य परिवर्तन देखिन थालेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीकाे दाबी छ।

‘लाहुरेको जिल्ला’ भनेर चिनिने गरेका म्याग्दीले अब भने आफ्नो परिचय फेरेको छ। यो जिल्ला उद्यमी, कृषक, पर्यटन र जलविद्युत्‌काे अपार सम्भावना भएको जिल्ला भनेर चिनिन थालेको छ। लाहुर गएका पनि धमाधम फर्केर आफ्नै गाउँमा कृषि, पशुपालन वा अन्य इलम गरेर बस्न थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन्। बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदम पुन भन्छन्, 'विकासका पूर्वाधार पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवा बढेका छन्। कतिपय युवा त वैदेशिक रोजगारीलाई छोडेर गाउँमा नै फर्केर व्यावसायिकरुपमा कृषि र पशुपालनतर्फ लागेका छन्।'

nimb
nimb
Ncell 2
Ncell 2

बदलिँदै जीवनशैली

प्रविधि र पूर्वाधारको प्रयोगले ग्रामीण जनताको आर्थिक अवस्थामा मात्रै परिवर्तन आएको छैन, उनीहरुको जीवनशैली, व्यवहार र खानपानमा समेत परिवर्तन आएको छ। सर्वसाधारणका घरका छानामा मात्र परिवर्तन आएको छैन। जीवनशैली पनि बदलिँदै गएको छ। हातहातमा नयाँ नयाँ मोडेलका मोबाइल, काखकाखमा ल्यापटप र घरका भित्तामा ३५–४० इञ्चका महँगा महँगा टेलिभिजन राखिएको छ। भैँसी बाँध्ने गोठ अब मोटरसाइकललगायतका सवारीसाधन राख्ने ठाउँमा परिणत भएका छन्। टिभीका लागि केवल र विद्युत नपुगेको ठाउँमा सोलार राखिएको छ।

गाउँमा खेत जोत्नका लागि हलगोरु पाल्ने क्रम पनि धेरै कम भएकाे छ। खेत जोत्न मिनिट्रेलर हलो वा ट्याक्टरको प्रयोग हुन थालेको छ। गाउँले आगो बालेर खाना पकाउन पनि छोड्दै गएका छन्। घरघरमा ग्याँस सिलिण्डरको प्रयोग बढेको छ। वनमा घाँस दाउरा गर्ने एकदमै कम देखिन थालेका र एक दशकअघिका नाङ्गा डाँडापाखा अहिले घना जङ्गलमा परिणत भएका मालिका गाउँपालिका–५ देविस्थानका वडाध्यक्ष पिपला बुढाकाे भनाई छ।

खानपानमा परिवर्तन

मगर बाहुल्य म्याग्दीका ग्रामीण भेगका जनताको खानपानमा समेत परिवर्तन आएको छ। उच्च हिमाली क्षेत्रका गाउँका बारीमा कोदो, मकै र फापर प्रशस्तै उत्पादन हुन्छ तर ती गाउँका बासिन्दाले कोदो, मकै र फापर बेचेर चामल खरिद गर्छन्। 'हिजोआज गाउँमै सडक आएको छ', मालिका गाउँपालिका–७ विमकी देउसरा जुग्जालीले भने, 'बारीमा फलेको कोदो, मकै, फापर र जौ किन्न गाउँमै आउँछन्।'

जिल्लाको पहाडी क्षेत्रको पाखो तथा भिरालो जग्गामा उत्पादन हुने कोदो, मकै र फापर प्रायः बिक्री गर्ने र चामल किनेर खाने चलन बढेको छ। ६० देखि ८० वर्ष उमेर समूहका वृद्धवृद्धाको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ। उनीहरुका अनुसार गाउँका पुराना कुरा हराउँदै गएका छन्।

गाउँमै सडक पुगेको छ। गाउँ र सहरको दूरी छोटो भएको छ। सहरमा पाइने हरेक कुरा गाउँमै पाइन थालेकाे छ। 'केही वर्ष अघिसम्म गाउँमा मुखियाको घरमा रेडियो सुन्ने चलन थियो', विमका ८३ वर्षीय ढकबहादुर जुग्जालीले भने, 'अहिले घरमै टेलिभिन हेरिन्छ, देश विदेशमा कहाँ के भयो सबै कुरा ओछ्यानमा सुती-सुती थाहा पाउने रैछ।'

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्