• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश मन्त्रीहरुको हालिमुहाली : आफन्त र कार्यकर्ता रिझाउन २ अर्ब ३७ करोड रकमान्तर

शिक्षा र स्वास्थ्यको बजेट छोराको नगरलाई
64x64
नेपाल लाइभ शनिबार, वैशाख १४, २०७६  १०:२६
1140x725

मन्त्री साह र राय


जनकपुर- ठूला योजनामा खर्चिनुपर्ने बजेटमा प्रदेश २ का केही मन्त्रीको हालीमुहाली देखिएको छ। आफ्नो गृह जिल्ला र आफन्त तथा कार्यकर्ताका लागि उनीहरुले बजेट रकमान्तर गरेको पाइएको हो।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेता-कार्यकर्ता र आफन्त रिझाउने २ अर्ब ३७ करोड रुपैयाँ साना र फुटकर योजनामा रकमान्तर गरेका हुन्। उक्त बजेट मन्त्रीहरूले गृह जिल्ला र  आफ्नो संसदीय क्षेत्रमा पारेका छन्। उद्योग मन्त्रालयले फागुन ९ गते ८४ वटा शीर्षकमा १ अर्ब ६७ करोड ७ लाख २१ हजार र सामाजिक विकास मन्त्रालयले माघ ७ गते २ सय ७४ वटा शीर्षकमा ७० करोड रुपैयाँ रकमान्तर गरेको देखिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रायले पर्यटन क्षेत्रमा विनियोजन गरिएको ३२ करोड रुपैयाँलाई छिन्नभिन्न पारेर १ सय २६ वटा योजनामध्ये ६६ वटा गृहजिल्ला सर्लाहीमा लगेका छन्। अझ तीमध्ये ३५ वटा आफ्नै संसदीय क्षेत्रमा मात्र हालेका छन् ।

मन्त्रालयका सचिव विद्यानाथ झाले रकमान्तर गरिएका अन्य योजना कार्यान्वयनमा लगे पनि पर्यटनको ३२ करोड रुपैयाँ छिन्नभिन्न गरेर एउटै जिल्लामा अधिकांश योजना लगेको भन्दै फाइल रोकेको बुझिएको छ। राजपाबाट मन्त्री बनेका रायले सर्लाहीको हरिपुर्वा, पर्सा, जिगअर्वा, संग्रामपुर र ब्रह्मपुरीमा मात्रै ३५ वटा योजना लगेका छन्। जसमध्ये धेरैजसो बजेट विवाहमण्डप निर्माणमा लगाइएको छ। 

सर्लाहीको पर्सामा इदगाह मर्मत सम्भार, हरिपुर्वा–७ मा ब्रह्म स्थान पर्खाल निर्माण, महोत्तरीको मनरासिस्वा–८ मा कटैया बजार मर्मत, धनुषाको जमुनियामा छठघाट निर्माण, महोत्तरीको जिरोमाइलमा धर्मशाला निर्माण र सप्तरीको हनुमाननगरमा विवाह मण्डप निर्माण लगायत १ सय २६ वटा योजनामा पर्यटनको ३२ करोड रुपैयाँ मन्त्री रायले रकमान्तर गरेका छन्।

पर्यटनको बजेट छिन्नभिन्न पारेर मन्त्रालयले खर्चका लागि वन निर्देशनालयलाई रकम पठाइसकेको छ। मन्त्रालयका सचिव झाले बिहीबार निर्देशनालयलाई ‘सरकारको नीति तथा कार्यक्रम अनुसार बजेटमा विनियोजित रकम समानुपातिक रूपमा सबै जिल्लामा पर्ने गरी खर्च गर्न’ पत्र काटेका छन्। ‘पर्यटनको बजेट वन निर्देशनालय मार्फत खर्च गर्नै हुन्न,’ मन्त्रालयका एक अधिकारीले भने, ‘रकमान्तर गरिएको बजेटको समानुपातिक वितरण पनि गरिएको छैन।’

सचिव झाले पर्यटन विकास आयोजना बनाएर धार्मिक पर्यटन पूर्वाधार र सर्किटमा एकमुष्ट रकम खर्च गर्न प्रस्ताव गरे पनि मन्त्री रायले पर्यटनको बजेट वन निर्देशनालय मार्फत खर्च गर्न अड्डी लिए। छिन्नभिन्न पारिएको पर्यटनको बजेट स्वीकृत गर्न रायले लगातार दबाब दिएपछि सचिव झा २० दिन बिदा लिएर बसिदिए। 

Ncell 2
Ncell 2
nimb
nimb

तालिम, सेमिनार, अध्ययन भ्रमण र क्षमता अभिवृद्धिमा बजेटको ठूलो हिस्सा रकमान्तर गरिएको छ।

छोराको नगरलाई करोडौं
त्यसैगरी सामाजिक विकासमन्त्री नवलकिशोर साहले नाम र मोबाइल नम्बरै किटेर योजना आफ्नो गृह जिल्ला सप्तरी पठाएका छन्। शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर साहले छोरा मेयर रहेको नगरपालिकालाई नै करोडौं रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन्।

रकमान्तर गरिएको ७० करोड रुपैयाँमध्ये २४ करोड छोरा मेयर रहेको नगरपालिकामा हालेका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठो छोरा हुन्। छोरा मेयर रहेको नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो। बाबु छोरा नै राजपाबाट निर्वाचित हुन्।

बाबु
सामाजिक विकासमन्त्री नवलकिशोर साह र छोरा हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साह

मन्त्रालयको चौमासिक विभाजन फाराममा योजना सिफारिस गर्ने र योजना पाउने दुवै व्यक्तिको नाम किटान गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो। चौमासिक फाराममा मन्त्री, प्रदेश सांसद र सत्तासीन दलका नेताको सिफारिसमा छनोट भएको योजना मार्फत खर्च गर्ने भन्नेसमेत उल्लेख गरिएको छ ।

सिरहाको सुखीपुर नगरपालिकामा इतहादु आधारभूत विद्यालयका लागि विनियोजन गरिएको ७ लाख रुपैयाँ खर्च गर्न श्यामनन्दन यादवलाई सम्पर्क व्यक्ति तोकिएको छ। यादवलाई सिरहाको २२ वटा योजनाका लागि खर्च गर्दा सम्पर्क व्यक्ति तोकिएको हो। आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको सिफारिसमा सामाजिक विकास मन्त्रालयले सिरहामा लगेका सबै योजनामा सम्पर्क व्यक्ति श्यामनन्दन नै छन्।

संघीय समाजवादी फोरमसँग आबद्ध श्यामनन्दनले योजनामा आफ्नो नाम सल्लाहै नगरी राखिएको बताए। ‘सामाजिक विकास मन्त्रालयले मेरो नाम योजनामा किन राख्यो, थाहा छैन,’ उनले भने, ‘अहिलेसम्म कसैले सम्पर्क गरेको छैन। उपभोक्ता समितिले पनि मसँग सोधेको छैन।’

सप्तरीको तिरहुत गाउँपालिकाको आधारभूत विद्यालय त्रिकोलको पर्खाल र कक्षाकोठा निर्माणका लागि विनियोजन गरिएको १ लाख रुपैयाँमा सिफारिसकर्तामा गाउँपालिकाको नाम रहे पनि सम्पर्क व्यक्तिको नाम तोकिएको छैन।

यस्तै, राजपाका प्रदेश सांसद बिक्की यादवको सिफारिसमा सप्तरीको डाकनेश्वरी नगरपालिकाको फत्तेपुर र पथरवामा सामुदायिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ दुई शीर्षकमा विनियोजन गरिएको छ।

दुवै योजनामा सम्पर्क व्यक्तिमा सांसद यादवकै नाम छ। सप्तरीको अग्निसाइर–कृष्णसाइर गाउँपालिकामा ८ लाख रुपैयाँ आयुर्वेद विद्यालयको पर्खाल निर्माणका लागि विनियोजित बजेटका लागि राजकुमार यादवलाई सम्पर्क व्यक्ति तोकिएको छ।

जनकपुरमा कानुन महाविद्यालयको सम्भाव्यता अध्ययनका लागि मन्त्रालयले विनियोजन गरेको ५ लाख रुपैयाँमा ५ लाख थप गरेर १० लाख रुपैयाँ हनुमाननगर स्थित महासेठ पोखरी घाट निर्माण गर्न दिइएको छ।

शिक्षा आवासीय विद्यालयका लागि सम्भाव्यता अध्ययनको ५ लाख रुपैयाँमा ७० लाख रुपैयाँ थपेर ७५ लाख रुपैयाँ हनुमाननगरको योगिनियामा भगवती मन्दिरको पर्खाल र धर्मशाला बनाउन विनियोजन गरिएको छ।

बालअधिकार सम्बन्धी कार्यक्रमको अनुगमन र निरीक्षणमा विनियोजन गरिएको ४ लाख ८० हजारमा थपेर २ करोड २५ लाख २२ हजार रुपैयाँ योगिनियामा सामुदायिक भवन बनाउन दिइएको छ।

मन्त्रालयले माघ ७ गते कार्यक्रम परिमार्जनलाई स्वीकृत गर्दै शिक्षा र स्वास्थ्यको बजेट फुटकर योजनामा दिएको हो। कलाजार क्षेत्रमा विषादी छर्कने मेसिन खरिदको ७ लाख ५० हजार रुपैयाँ बाराको जनता मावि कचौरवाको कक्षाकोठा बनाउन रकमान्तर गरिएको छ।

स्वास्थ्य अनुसन्धान र सर्वेक्षणको २ करोड ४० लाख चालु खर्चलाई सामाजिक विकास मन्त्रालयले रामजानकी मन्दिर ठाकुरवारी गिदखोराको जीर्णोद्धारमा रकमान्तर गरेको छ। अपांगता भएका व्यक्तिलाई दोभाषे सहितको सेवा सञ्चालनका लागि विनियोजन गरिएको ३ लाख ६० हजार रुपैयाँमा थपेर २ करोड ६४ लाख रुपैयाँ सप्तरीको कुनौली बोर्डरमा गजेन्द्रनारायण सिंह स्मारक बनाउन दिइएको छ।

मैथिली खानाको प्रवर्द्धनका लागि विनियोजन गरिएको ५ लाख रुपैयाँमा थपेर १० लाख सिरहाको कल्याणपुरमा विद्यालयको भवन निर्माणमा छुट्याइएको छ।

प्रदेशसभाको बैसाख ३ गतेको बैठकमा विपक्षी दल नेकपा र नेपाली कांग्रेसले जिल्लामा गएको बजेटमा सम्पर्क व्यक्तिको नाम र नम्बर उल्लेख गरिएकामा आपत्ति जनाएका थिए।

यता मन्त्री साहले विपक्षीले आरोपमात्र लगाएको दाबी गरेका छन्। ‘आरोपका लागि आरोप लगाउने काममात्र हो, सबै योजना नियमसंगत छ, कुनैमा बदमासी भएको छैन,’ मन्त्री साहले भने।

मन्त्री साहले कर्मचारी अभाव र व्यवस्थापन नहुँदा शिक्षा र स्वास्थ्यको फ्रिज हुने बजेट रकमान्तर गरिएको तर्क गरे। उनले क्षयरोगका लागि संघीय सरकारले दिएको बजेट खर्च हुन नसकेको बताउँदै भने, ‘जथाभावी बजेट खर्च गरिएको छैन, प्रमाण भए कारबाही भोग्न तयार छु।’

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  १०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्