• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पैसा परिचालन गर्ने हाम्रो कार्यविधि र दाताले सहयोग गर्ने सर्तमा कुरा मिलेन : गोविन्द पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  १८:२०
1140x725

भूकम्पपछिको पुनर्निर्माणका लागि बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर डा गोविन्द पोखरेलले दुईपल्ट काम गर्ने अवसर पाए। योजना आयोगको पूर्व उपाध्यक्ष समेत रहेका उनी अहिले नेपाली कांग्रेसमार्फत राजनीतिमा सक्रिय छन्। २०७२ बैसाखको भूकम्पपछि सुरु भएको पुनर्निर्माणले चार वर्ष पूरा गरिसक्दा त्यसमा के–कति प्रगति भयो? पूर्व सिइओको हैसियतले अहिलेसम्मको पुनर्निर्माणलाई उनी कसरी मूल्यांकन गर्छन्? नेपाल लाइभका रामकुमार डिसीले उनीसँग गरेको संवाद :

२०७२ को भूकम्प लगत्तै पुनर्निर्माण सुरु हुँदा नेपाल हाइटी बन्ने हो कि भन्ने संशय थियो। यो ४ वर्षमा हामी कहाँ छौं?
भूकम्प गएपछि भएका तीन तहका चुनाव भए। देश संघीयतामा गयो। कर्मचारी व्यापक रुपमा परिचालन भए। उनीहरुको सरुवाबढुवा भयो। पुनर्निर्माण प्राधिकरणमा सरकारी कर्मचारी नै प्रयोग गरेर जाने संरचना बनाइयो। 

हाम्रो यो परिवेश र पुनर्निर्माण प्राधिकरणलाई कानुनले दिएको संरचना हेर्दा पुनर्निर्माणमा अहिलेसम्म भएका कामलाई सन्तोषजनक नै मान्नुपर्छ। 

प्राधिकरणकै तथ्यांकहरु हेर्दा अहिलेसम्म केवल ५० प्रतिशत मात्रै पुनर्निर्माण भएको देखिन्छ। ४ वर्षमा भएको यो काममा सन्तोष मान्न सकिन्छ?
हामीकहाँ लामो संक्रमणकालको अवस्था जुन थियो त्यसलाई हेर्दा ढिलो भए पनि सन्तोषजनक अवस्थामै छौं। 

पुनर्निर्माण गर्दा मौलिकतालाई ख्याल गरिएन भन्ने टिकाटिप्पणीहरु भइरहेका छन् नि? 
पहिलो कुरा, हामीले पुनर्निर्माणमा सिर्जनशीलतालाई ख्याल गर्न सकेनौं। प्राधिकरणले ५० हजार रुपैयाँ बाँड्दा त्यतिबेलै व्यापक रुपमा घरका नक्साहरु सबैतिर जनतालाई उपलब्ध गराउने, त्यसको  सूचना दिने र प्रचार गर्ने काम गर्न नसकेको हुनाले हामी सिर्जनशीलताको उपयोग गरेर परम्परागत संस्कृतिहरु जोगाउन पछाडि पर्‍यौं। त्यसका लागि प्रविधिले मात्रै होइन जनचेतना पनि चाहिन्थ्यो। 

दोस्रो कुरा, हामी काठमाडौंमा बस्नेहरु सिमेन्ट, पिल्लरवाला पक्की घरमा बस्ने तर गाउँघरमा बस्ने जनतालाई सिमेन्ट प्रयोग नगर्नू भन्न सकिँदैन। तर, उनीहरुलाई प्राचीन शैली, मौलिक कलाको महत्व बुझाउन सक्नुपर्थ्यो र त्यसँगै प्रविधि पनि पुर्‍याउन सक्नुपर्थ्यो। त्यो हामीले गर्न नसकेकै हो। 

मौलिकता जोगाउन नसकेको मात्रै होइन व्यवस्थित बासस्थान तयार गर्न सकिएको छैन। गोरखाको बारपाक लगायत पुनर्निर्माण भएका बस्ती हेर्दा निकै भ्रदगोल देखिन्छन्। सडकको राम्रो निकास र पार्कहरु पनि बनाएको पाइँदैन। व्यवस्थित बासस्थानका लागि पाएको अवसरलाई हामीले गुमाएनौं?
यसमा प्रारम्भमै गल्ती भयो। घर बनाउन ५० हजार रुपैयाँ दिन्छौं भनियो। पैसासँगै मौलिक संरचनाअनुसार पनि घर बनाउन सकिन्छ भन्ने सन्देश दिन सकेनौं। त्यसमा दाताको पनि दबाब भयो। मापदण्ड पुग्छ या पुग्दैन भन्नेमा उनीहरुको पनि चासो रह्यो। 

भनेपछि हामीले पाएको नयाँ निर्माणको अवसरलाई गुमायौं?
म आफै पनि प्राधिकरणमा रहँदा जोखिमयुक्त बस्तीहरुबाट सरेर जानेलाई २ लाख रुपैयाँ दिने ताकि पीडितले आफ्नै हिसाबले व्यवस्थित बस्ती बनाउन सकून् भन्ने थियो। सुकुम्वासीलाई पनि त्यो रकम दिएर उनीहरुलाई नयाँ ठाउँमा घर बनाउन प्रोत्साहित गर्ने भन्ने थियो। नुवाकोट, दोलखा, काठमाडौंका साँखु लगायतका पुराना बस्तीहरुले आफ्नै शैलीमा घरहरु बनाउँछन् भने थप ५० हजार रुपैयाँ दिने निर्णय पनि मैले गराएको थिएँ। 

nimb
nimb
Ncell 2
Ncell 2

हामीले बनाएको पैसा परिचालन गर्ने कार्यविधि र दाताले सहयोग गर्ने सर्तमा कुरा मिलेन। हामीबाट पनि त्यसलाई मिलाउने पक्षमा त्यति पहल भएन।

मौलिक शैलीप्रति स्थानीयले किन रुचि देखाएनन्?
खासगरी स्थानीयमा मौलिक शैलीप्रतिको चेतना भएन। उनीहरुलाई पुरानो शैलीमै घर बनाउनुहोस् भनेर हामीले विश्वासमा लिन सकेनौं। 

भूकम्पपछि सामाजिक, आर्थिक रुपमा केके परिर्वतन आए?
धेरैको सिपमा वृद्धि भएको छ। भूकम्प गएको र नगएको ठाउँमा पनि त्यो प्रविधिक ज्ञान हस्तान्तरण भएको छ। सकेसम्म  बलियो घर बनाउनुपर्छ भन्ने सचेतनाचाहिँ बढेको छ। योसँगै त्यहाँ आर्थिक क्रियाकलाप पनि बढेका छन्। काम गर्ने महिलाहरु बढेका छन्। पुरुषले मात्रै गर्ने ठानिएका काम पनि महिलाले गर्न थालेका छन्। दक्ष र आफ्नो खुट्टामा उभिनुपर्छ  भन्ने भावना बढेर आएको छ। 

पुनर्निर्माणको काम निरन्तर रहला। यसबाट हामी सिक्नुपर्ने चाहिँ के हो?
हामीले संरचनाहरु दरिलो बनाउनुपर्‍यो। खुल्ला ठाउँहरु राख्नुपर्‍यो। सबै जमिन ओगटेर घर बनाउने सोच गलत हो। तराई, पहाड र हिमालका घर, बस्तीको शैली फरक हुन्छ। त्यही अनुसारका आर्किटेक्ट राख्नुपर्‍यो। भैरहवामा बनाउने सरकारी घर र मुस्ताङमा बनाउने घर एउटै भयो। त्यसमा हाम्रो इन्जिनियरिङ क्षेत्रका साथीहरुले सोच्नुपर्छ। स्थानीय सामग्री, त्यहाँको हावापानीलाई ध्यान दिएर निर्माण गर्नुपर्‍यो जुन हामीले भूकम्पको पुनर्निर्माणमा लागू गर्न सकेनौं। 

हामीले भूकम्पपछिको पुनर्निर्माणमा गरेका राम्रा–नराम्रा काम केके हुन्?
पहिलो कुरा, हामीले सुरुमै पहाडका, गाउँबस्तीका संस्कृति झल्कने खालका घरका डिजाइन उपलब्ध गराउन सकेनौं। म प्राधिकरणमा गएपछि त्यो डिजाइन उपलब्ध गराउन खोज्दा ढिलो भइसकेको थियो। अर्घाखाँची लगायतका जिल्लामा पनि प्रयास गरेको थिएँ तर जनताहरुले त्यसलाई आत्मसात गरेनन्। सुरुमै ५० हजार रुपैयाँ दिने भन्ने योजना बनाइयो त्यसमै हामीले गल्ती गर्‍यौं। त्यसमा अलि ध्यान दिन सकेको भए सबै नभए पनि धेरे घर पुरानै शैलीमा बन्थे होला। 

अर्को, हामीले सुरुदेखि नै एकीकृत बस्ती बसाउँदा छुट्टै मोडलमा जान सक्थ्यौं। पहिले नै ५० हजार रुपैयाँ बाँडिसकिएको थियो। पैसा बाँडेपछि उनीहरुलाई एकीकृत बस्तीमा ल्याएर राख्न गाह्रो भयो। अझै पनि एकीकृत बस्तीमा आउन चाहनुहुन्छ भने धारो, बाटो, स्कुल सरकारले बनाउँछ। तपाईंहरुको सामाजिक पूर्वाधारको जिम्मा सरकारले लिन्छ भनेर उहाँहरुलाई मनाउन कोसिस गरेको थिएँ। तर, त्यसमा हामीले सुरुमै काम गर्न सकेनौं। गाउँलेले जीविकोपार्जनका लागि गाई–बाख्रा पाल्ने कामसमेत गर्न सक्ने गरी बस्ती हामीले बसाल्न सकेनौं। 

राम्रो के भयो भने, एउटा प्रणाली बन्यो। भवन आचारसंहिता बने। दरिलो संरचना बनाउँदा कस्तो मापदण्ड बनाउनुपर्छ भन्ने सिकियो। धेरै मान्छेको क्षमता अभिवृद्धि भयो। भूकम्प गएको या नगएको ठाउँमा पनि घर बनाउँदा भूकम्प थेग्नेगरी बनाउनुपर्छ भन्ने चेता बढेर गयो। यो चाहिँ हाम्रो उपलब्धि हो। 

पुनर्निर्माणका लागि दाताहरुले जुन प्रतिबद्धता गरेका थिए त्यो आएन भन्ने छ। यसमा खास गल्ती चाहिँ कसको हो?
यसमा दुवै पक्षको गल्ती भयो। दाताले पैसा दिए मोडालिटी भनेनन्। हामीले बनाएको पैसा परिचालन गर्ने कार्यविधि र दाताले सहयोग गर्ने सर्तमा कुरा मिलेन। हामीबाट पनि त्यसलाई मिलाउने पक्षमा त्यति पहल भएन। उनीहरुले पैसा दिने कार्यविधि र हामीले त्यसलाई स्वीकार गर्ने कार्यविधि नमिलेर पनि धेरै पैसा आउन सकेन। 

भूकम्पले हाम्रो निर्माणको क्षमता जाँच्ने अवसर पनि दियो। यसमा हामी कहाँ रहेछौं?
हामीले क्षमता अभिवृद्धि अवश्य नै गर्‍यौं। सरकारी निकायहरुलाई पनि कहाँ के गर्नुपर्ने रहेछ भन्ने थाहा भयो। अब आउने भुइँचालोमा त्यतिबेलाका सरकारले संरचना चुस्त बनाए भने नेपालले पुनर्निर्माणको काम राम्रैसँग सम्हाल्न सक्छ भन्ने देखाएको छ। 

अहिले दुई तिहाइको सकार छ। अहिलेका सिइओलाई चाहिँ काम गर्न सजिलो छ। पहिले एउटाको दलको सरकार हुन्थ्यो, मन्त्रालय भागमा अर्कैको हुन्थ्यो। अहिले एउटै पार्टीको सरकार भएकाले समन्वय गर्न सजिलो छ।

पुनर्निर्माणका सुरुका वर्ष निराशाजनक थिए। पछिल्लो समय कसरी भयो प्रगति?
म प्राधिकरणमा आउँदा गाउँमा प्राविधिक थिएनन्। धेरैमा यसको चेतना थिएन। जोखिमयुक्त बस्तीको अध्ययन नै भएको थिएन। हामीले जोखिमयुक्त बस्तीको अध्ययन गरेर उनीहरुलाई अन्तै जग्गा किन्नु भनेर २ लाख रुपैयाँ दिएका थियौं। तालिमलाई व्यापक बनाएका थियौं। गैरसरकारी संस्थाहरुलाई पनि काम गर्न अलिकति सजिलो बनाइयो। उनीहरुलाई तालिम दिन, जनशक्तिको क्षमता अविवृद्धि गर्ने काममा लगाइयो। 

पुनर्निर्माणको गति बढाउन स्थानीय सरकार कत्तिको सहयोगी भए जस्तो लाग्छ? 
कुनैकुनै ठाउँमा उहाँहरुले पुनर्निमाणको जिम्मा नै लिनुभएको छ। धेरै ठाउँमा भत्किएका घर बनाउन, अनुदान दिन र बनाउने जनशक्तिलाई तालिम दिन धेरै पहल गर्नुभएको छ। स्थानीय चुनावपछि स्थानीय सरकार आएपछि पुनर्निर्माणमा धेरै नै राम्रो असर परेको छ।

अहिलेको सिइओको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ? पुनर्निर्माणको काम अझै लगभग आधा बाँकी छ। यसलाई कसरी अघि बढाउने?
अहिले दुई तिहाइको सकार छ। अहिलेका सिइओलाई चाहिँ काम गर्न सजिलो छ। पहिले एउटाको दलको सरकार हुन्थ्यो, मन्त्रालय भागमा अर्कैको हुन्थ्यो। अहिले एउटै पार्टीको सरकार भएकाले समन्वय गर्न सजिलो छ। प्राधिकरणले नेतृत्व लियो भने अरु मन्त्रालयहरुले असहयोग गर्ने वातावरण छैन। प्रधानमन्त्री पनि यसका लागि प्रतिबद्ध नै हुनुहुन्छ जस्तो लाग्छ। 

जुन किसिमको अनुकूल माहोल छ त्यसलाई प्रयोग गरेर खुल्ला ठाउँहरु, घरबहारविहीन, पीडित ठाउँको मान्छेहरु, अझै पनि एकीकृत बस्तीमा जान चाहनेहरु र हाम्रा पुरातात्विक सम्पदाहरु बनाउन उहाँले पहल गर्नुपर्छ। त्यो पहल गरेर काम गर्न सक्ने माहोल पनि छ, अहिले। 

यस्ता विपद्हरु पछि पनि आउन सक्छन्। अहिलेको पुनर्निर्माण प्राधिकरणको संरचनामा केही फेरबदल गर्नुपर्छ कि? 
अहिलेकै संरचना यथावत् राख्नु हुँदैन। पहिले अध्यादेशमा जुन प्रस्ताव गरिएको थियो त्यही अुनसारै संरचना बनाउनुपर्छ। अहिलेकै संरचनाले प्राधिकरणले चाँडो काम गर्न सक्दैन। प्राधिकरणलाई शक्तिसम्पन्न र कार्यविधि पनि त्यही अनुसार गराइदियो भने ठिक हुन्छ। 

विदेशीले हेर्दा पुनर्निमाणमा हाम्रो छवि कस्तो बन्यो ? 
यसमा हाम्रा केही समाजिक मुद्दा छन्। पछिडिएको वर्ग, दलित, अति गरिब, अपांगता भएकाहरु, वृद्धवृद्धाहरुको घर अझै बन्न सकेको छैन। यस्ता वर्गलाई हामीले अझै पनि ध्यान दिनुपर्छ। त्यस्तै पुरातात्विक सम्पदाहरुलाई पनि ध्यान दिनुपर्छ। हाम्रो जस्तो क्षमता कमजोर भएको, लामो राजनीतिक संक्रमणबाट आएको मुलुकले जसरी काम गरेको छ, त्यो सन्तोषजनक नै गरेको छ। मेरो विचारमा उनीहरुले पनि नेपालको प्रशंसा नै गर्छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
आईपीएलको उपाधि आरसीबीलाई लगातार दोस्रोपटक
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै सोमबार, जेठ १८, २०८३
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना सोमबार, जेठ १८, २०८३
आईपीएलको उपाधि आरसीबीलाई लगातार दोस्रोपटक सोमबार, जेठ १८, २०८३
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्रीकाे जवाफमा कांग्रेस सांसद थापाको प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ? आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्