• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपाली भाषा लोकगीतमैत्री छ, गजलमैत्री छैन : प्रा डा सनतकुमार वस्ती [अन्तर्वार्ता]

'धेरैजसोले नेपालमा गजलसँग 'मजाक' गरेका छन्'
64x64
नेपाल लाइभ सोमबार, चैत २५, २०७५  ०८:१८
1140x725

नेपाली गजल आख्यान, नाटक, कवितासँगै स्थापित हुने मार्गमा छ। यसमा माेतिराम भट्टले थालेकाे गजल लेखनकाे परम्परादेखि हालका युवा पुस्ताकाे लगाव र उर्जालाई समानान्तर रुपमा जाेडेर हेर्नुपर्दछ। तर, समयक्रमलाई मिहिन ढंगबाट केलाउने हाे भने नेपाली गजलले पटक-पटक उतारचढावकाे पथ नहिँडेकाे हाेइन। यस स्थितिलाई कतिपय विद्वानहरुले ३ कालखण्डमा विभाजन गरेर विश्लेषण गरेकाे पाइन्छ।

यसबीचमा गजलसँग धेरै सर्जकहरु जाेडिए। याेगदान दिए। त्यसमाथि आयातित विधाकाे रुपमा नेपालमा लेखिन थालेकाे गजलमा उर्दू र हिन्दी भाषाकाे विशेष देन छ। नेपाली गजलमा विद्धता हासिल गरेका र लामाे समय गजल लेखेरै बिताएका सर्जककाे स्राेत पनि यीनै भाषामा लेखिएका गजल हुन्थे र अझैसम्म छन् पनि। यहि समयक्रममा नेपाली गजलमा जाेडिएकाे नाम हाे प्रा डा सनत कुमार वस्ती।

उनले नेपालकाे इतिहासमै पहिलाेपटक स्नातकाेत्तर तहमा गजलकाे विषयमा साेध गरे। 'सबेरै आएँ' शिर्षककाे साेधमा उनले एक सय पूर्णांकमा ९९ नम्बर पाएका थिए, जुन त्रिभुवन विश्वविद्यालकाे इतिहासमै मानक मानिन्छ। निकै राम्राे अक्षर लेख्ने खुबी भएका डा वस्तीले हस्तलेखनमै पुस्तक तयार गरेका छन्। 'वाह गजल' नामकाे साे पुस्तकले गजलकाे परम्परा, प्राविधिक पक्ष तथा नेपालकाे आयाम बाेलेकाे छ। उर्दू, हिन्दी र नेपाली गजलका जानकार डा वस्तीसँग विनाेद अनुज र विमर्श कँडेलले गजलका विविध आयामका बारे लामाे कुराकानी गरेका छन्।

सुरुमा तपाईंको आरामको खबरबाट कुराकानी थालनी गरौँ। कस्ताे छ अवस्था?
काठमाडौंमा मान्छे बिहानदेखि बेलुकासम्म एकछिन पनि आनन्दले बस्न पाउँदैन। पायो भने एउटा सनतकुमार वस्तीले मात्रै हो। म बिलकुल आराम छु।

अहिलेको सनत कुमार वस्तीको बाल्यकाल र विद्यार्थी जीवनबारे जान्न उत्सुकता जाग्यो भने?
मेराे जन्म २०१५ साल। ३७/३८ सालमा बनारसबाट 'युनिभर्सिटी टप' भएर 'गोल्ड मेडल' लिएर आएको हुँ। २२/२३ वर्षको थिएँ। ३९ सालदेखि क्याम्पस पढाउन थालें। क्याम्पस थियाे धरानकाे पिन्डेश्वर बहुमुखी क्याम्पस। ४३ सालदेखि वाल्मीकि क्याम्पससँग जाेडिएाँ। नेपाल आएर मैले धेरैपछि नेपालीमा पनि 'मास्टर्स्' गरेँ। पहिले त म नेपाली भाषालाई मान्दिनथें, टेर्दिनथें। संस्कृतमा पढेर 'युनिभर्सिटी टप' गरेको मलाई नेपाली पनि कुनै विषय हो जस्तो लाग्थ्यो। यो त केही नसक्नेहरूले पढ्ने विषय हो जस्तो लाग्थ्यो। पछि बुबाले सम्झाउनु भएपछि यता आएँ र यसैमा पिएचडी गरेँ।

समय थियाे आजभन्दा झन्डै १५ वर्ष अगाडिकाे। मेराे पिएचडी ‘प्रताप मल्लका अभिलेखहरूको साहित्यिक अध्ययन’मा थियाे। प्रताप मल्लले आफ्नो नामको अगाडि 'कवीन्द्र' राखेका थिए। 'कवीन्द्र'को राज खोज्दै जाँदा उनी संस्कृतका विद्वान् रहेछन् भन्ने थाहा लाग्यो। उनका ५० वटा जति अभिलेख फेला पारेँ। ती सबै संस्कृतका उत्कृष्ट काव्यका रूपमा पाएँ र त्यसैलाई विस्तृत अध्ययन गरेको हुँ।

पारिवारिक पृष्ठभूमि बौद्धिक, त्यसमाथि पूर्णरुपमा शैक्षिक वातावरणमा हुर्किनु भयो। तत्कालीन परिवेशमा आफूलाई कहाँनेर पाउनुहुन्छ?
म 'ट्रेडिसनल' ब्राह्मण परिवारको मान्छे। बुवा पनि पूर्वाञ्चलको पहिलो प्रोफेसर, प्रसिद्ध विद्वान- टीकाप्रसाद वस्ती। दाजु पनि भाषाविद् हुनुहुन्छ - शरदचन्द्र वस्ती।

nimb
nimb
Ncell 2
Ncell 2

मेरो ध्याउन्न पढाइमा मात्र हुन्थ्यो। 'एक्काको घोडाजस्तो' एकाग्र भएर पढ्ने मेरो स्वभाव थियो। मैले राम्रो पढेर देखाउनु छ भन्ने मात्रै थियो। यसाे हुनुमा बुबाकाे संस्कार बलियाे गरी जाेडिएर आउँछ। 'तँ आम मान्छे होइनस्', बुवाकाे यहि आदर्श वचन मेरा लागि अघि बढ्ने प्रेरणा बन्याे। 'तँ अरूजस्तो होइन फरक बन्नुपर्छ' भनेर बुवाले दिनुभएकाे संस्कारले सनतकुमार आज पनि अरू भन्दा फरक नै छ।

के यही कारण हो तपाइँ सार्वजनिक कार्यक्रमहरूमा कम देखिने गर्नुभएकाे?
त्यस्तै त नभनौं, तर भीडभाडमा म त्यति देखा पर्दिनँ। जस्तो सबैले गजलसङ्ग्रह निकाल्छन् नि, मलाई गजलसङ्ग्रह निकाल्ने कुनै इच्छा छैन। मलाई लाग्छ गजल भनेको छापिने विधा नै होइन, यो त सुन्ने र सुनाउने विधा हो। बरू ‘वाह गजल’ किताब लेखें। त्यसमा गजलको सिद्धान्त र उदाहरणमा आफ्नै गजल राखें। तर, सङ्ग्रह प्रकाशनमा मेरो कुनै रूची छैन।

तपाईंकाे हकमा भीडबाट अलग बस्नुलाई सजिलै नजरमा परियोस् भन्ने मोहका रुपमा अर्थ्याउन सकिन्छ?
सनतकुमार वस्ती सानो मान्छे हो। म एउटा साहित्यिक कार्यक्रम चलाउँछु 'सिर्जना संवाद'। साेक्रममा मलाई लाग्याे- लैनसिंह वाङ्देलजस्तो प्रख्यात व्यक्तिलाई त मान्छेले चिनेका छैनन्। उहाँ विश्वविख्यात ‘आर्टिस्ट’ हो। तर, नेपालीले 'आर्टिस्ट'को रूपमा चिनेकै छैनन् उहाँलाई। उहाँले फ्रान्स, लन्डनमा बसेर आजभन्दा ६० वर्षअगाडि लगातार १० वर्षसम्म अध्ययन गर्नुभएको थियो आधुनिक कला- ‘अब्स्ट्रयाक्ट आर्ट’ को। ठूला-ठूला कलाकारहरूसँग उहाँको रूबरू थियो। उतातिर चिनिनुहुन्छ उहाँ। उहाँका ‘पेन्टिङ’हरू विश्वका प्रसिद्ध सङ्ग्रहालयहरूमा राखिएका छन्। तर, नेपालमा चिन्दैनन्। उहाँको कलाको पक्ष विशाल छ, जसले नेपालको उच्च तहमा ‘रिप्रिजेन्टेसन’ गर्छ। त्यसबारेमा मान्छेलाई 'जीरो' याद छ।

उहाँको साहित्यिक योगदानको विषयमा समेत मान्छेलाई कम थाहा छ। मान्छेले गरेको योगदानको मूल्याङ्कन हुन यहाँ युगौँ लाग्छ। एउटा मोतीराम भट्ट जन्मिएर भानुभक्तको मूल्याङ्कन गरिदिए। र त्यसको चमत्कार उहाँ आदिकविका रूपमा हेर्नुस् त। नत्र भानुभक्तका पालामा कति थिए अरू पनि साहित्यकारहरू। तिनको कुनै नामोनिसान छैन। तर, भानुभक्तले चाहिँ रामायणलाई समग्र लेखेको र मोतीरामले चिनाइदिएको हुँदाखेरि उनी चम्किए। त्यस्तो चिनाइदिने मान्छे चाहिँदो रहेछ। अलग्गै बस्दैमा नजरमा परिँदैन भन्ने छैन। मेले भनें नि- यो त मेरो स्वभाव हो।

‘वाह गजल’ पुस्तकको कुरा आयो। यो तपाईंको आफ्नै हस्तलिपिमा प्रकाशित भयो। धेरैले रुचाए। आफ्नै नजरले यो पुस्तकलाई कसरी हेर्नुभएको छ?
विद्यार्थी कालमा मलाई बुवा र गुरूले अक्षर राम्रो बनाउनुपर्छ भनेर प्रेरणा दिनुहुन्थ्यो। त्यसको प्रभावस्वरूप मलाई अक्षर राम्रो बनाउने साेख बस्याे। पछि काठमाडौं आएपछि यसले राम्रो अक्षर लेख्छ भन्ने केहीकाे माझमा छाप पर्‍याे। अनि केही लेख्‍नुपर्‍यो भने ‘सनतले लेख्छ’ भन्दै भिडाउने गर्न थाले। म लेखेको लेख्यै। लिनु पाउनु केही छैन, राम्रो प्रशंसा पाएपछि काम गर्‍या छ, गर्‍या छ। पछि भने म परपर हुँदै गएँ। मेरो हस्ताक्षरमा लेखेका अभिनन्दनपत्रहरू काठमाडौंका ठूल-ठूला ठाउँमा छन्। म ‘पेन्टिङ’ पनि गर्थें। ‘आर्ट’मा पनि रुची छ।

यो सबै पृष्ठभूमिले मलाई मनमा अचानक केही ‘युनिक’ काम गर्नुपर्छ भन्ने आयो र 'वाह गजल' हातले लेखेर तयार गरेँ। हातले लेखेर तयार गरेपछि कमल दिक्षितले हस्तलिखित नै प्रकाशन गर्न पाए हुने भन्नुभयो। उहाँकाे इच्छाले मलाई गहिराे प्रभाव छाेड्याे र अझै ‘फेयर’ गरेर ल्याउँछु भनेँ। भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयमा बसेर दिनको ३/४ घण्टाको दरले १५ दिनमा 'फेयर' गरेर सकाएँ। फेरि कस्तो हुन्थ्यो भने एक ठाउँमा मात्रै ‘मिस्टेक’ भयो भने पाना फ्याँकेर फेरि अर्को लेखिहाल्नुपर्ने, एकदमै ‘सेन्सेटिभ’ काम थियो। एक-एक अक्षर 'फेयर' हुनुपर्‍यो, एक ठाउँमा पनि ‘मिस्टेक’ हुनु भएन। त्यसरी लेखिएको हो ‘वाह गजल’।

अहिले दोस्रो संस्करण छाप्ने कुरा भएको छ। यदि त्यस्तो भयो भने केही परिमार्जन गरेर र केही कुराहरू थपेर अर्को संस्करण निकाल्ने साेचमा छु। १ सय ७८ पेजको यस किताबमा २९ वटा ‘च्याप्टर’ छन्। ६७ सालको कुरा हो। भृकुटीमण्डपको जुन ‘लाइब्रेरी’मा बसेर किताब लेखेको थिएँ, त्यहिँ यसकाे विमोचन पनि भयो।

तपाईं संस्कृत साहित्यको विद्यार्थी, गजलसँग कसरी जाेडिनुभयाे?
२०३४/३५ तिर बनारसमा पढ्दै गर्दाको कुरा हो। संयोगले मेरा गुरू-द्विजेन्द्रनाथ मिश्र, हिन्दी साहित्यको ठूलो व्यक्तित्व हुनुहुन्थ्यो। गुरुले आफ्ना र अन्य ठूला गजलकारहरूका अनेकौं राम्रा र उत्कृष्ट हिन्दी, उर्दू गजलहरू सुनाउनु भएको थियो। त्यसैको कारणले मलाई गजलमा चस्को पसेको हो। त्यतिबेला नेपालीमा गजल बनाउँला भन्ने कल्पना पनि थिएन। 'नेपालीमा पनि गजल हुन्छ' भन्ने धारणा नै थिएन। नेपालीमा कसरी भन्न सकिन्छ र यस्तो कुरा? भन्ने लाग्थ्यो।

मोतीराम भट्टको बारेमा जानकारी थियो त्यतिबेला?
मोतीराम भट्टको बारेमा जानकारी त थियो। तर, त्यति धेरै थिएन। उनले गजल लेखेका त छन्। तर, त्यति राम्रो छैन होला भन्ने लाग्थ्यो।

हामीले स्कुलमा पढ्ने बेलामा पनि मोतीरामको बारेमा त पढियो, तर गजलको बारेमा सम्भवत: पढिएन। माेतिरामकाे गजलकारितालाई वास्ता नगरिएकै हो?
केही दशकअघिकाे समयमा पुग्ने हाे भने त हो भन्न मिल्छ। पछि गजल चर्चित हुँदै गयो, अनि पो मोतीरामलाई मान्छेले व्याख्या गर्न थाले त। उनले नाटक लेख्थे, कविता लेख्थे, गीत लेख्थे, जीवनी, समालोचना लेख्थे भनेर पढ्दा गजल पनि कुनै चीज होला भनेर ठान्थ्यौं हामीले। त्यतिबेलासम्म नेपालमा गजललाई चिनाउने त गुलाम अली, जगजित सिंह नै हुन्। गायनको माध्यमबाट यहाँ आएपछि त्यसको हृदयस्पर्शितालाई देखेर हाम्रा आँखाकान खुले। पछि ज्ञानु (गजलकार ज्ञानुवाकर पौडेल) जीहरूले धेरै प्रयास गर्नुभयो। तब न मोतीरामसम्म गजलको इतिहास पुगेको हो।

स्नातकोत्तर तहमा गजल विषयमै सोध गर्ने निर्णयमा पुग्नुकाे कारण?
२०५० सालमा नेपालीमा 'एमए' गर्ने निर्णय गरें। साे क्रममा साेधमा धेरैजसोकाे व्यक्तित्व/कृतित्व लेख्‍ने चलन हुन्छ। मलाई लाग्यो- व्यक्तित्व/कृतित्व भन्ने कुनै त्यो प्रतिभाको, अभिव्यक्तिको कुरै होइन। यो त एउटा कारिन्दाले पनि गर्नसक्छ। फलानो मान्छे कहिले जन्म्यो, कहिले मर्‍यो, कतिवटा कृति निकाल्यो, त्यसमा के-के विशेषता छन्, यो सब ‘आर्टिफिसियल’ कुरा हो। त्यो नगर्ने, बरु केही न केही सिर्जनात्मक लेखन गर्ने  भन्ने भयो। मैले गजल गर्ने भनें। सबै छक्क परे। कसैले गर्‍या थिएन। गजलमा पनि गर्न सकिन्छ र? यो पनि कुनै विधा हो? भन्ने प्रश्न उब्जियाे।

किन होइन? म लेख्छु, म यसैमा गर्छु, भनेर पहिलो गजलको ‘थेसिस’ मैले लेखेको हुँ। त्रिभुवन विश्वविद्यालयको इतिहास हेर्दै जानुहुन्छ भने पहिलो गजलको 'थेसिस' सनतकुमार वस्तीको नाममा भेटिन्छ। त्यसका लागि मैले उर्दू गजल र हिन्दी साहित्यका केही किताबहरु मगाएँ। कृष्णप्रसाद पराजुली सर मेरो निर्देशक हुनुहुन्थ्यो। उहाँ वनारस जान लाग्नुभएको थियो। उहाँमार्फत किताबहरू मगाएँ। 'थेसिस'को सैद्धान्तिक आधारको लागि मात्रै। नेपालीमा भर्खर-भर्खर निस्किएका केही किताबहरू थिए, तिनलाई पनि मैले ‘रिफ्रेन्स’मा राखें। त्यो थेसिस ४०-५० पाना जतिको छ।

'थेसिस' स्वीकृत हुँदाका केही अनुभूतिहरु स्मरणमा छन् भने बाँडिदिनुहाेस् न।

‘युनिभर्सिटी’मा त्यो रेकर्ड नै भयो। ‘हन्ड्रेड’मा ‘नाइन्टी नाइन’ नम्बर पाएको थिएँ। प्रश्नकर्तामा बासुदेव त्रिपाठीलगायत हुनुहुन्थ्यो। आधि घण्टाभन्दा बढि प्रश्नाेत्तर भएको थियो। ‘ब्ल्याकबोर्ड’मा लेखेर सबैलाई सिकाएको थिएँ- यो रदिफ, यो काफिया भनेर। सानो ‘रेकर्डर’ पनि थियो। त्यसैबाट सुनाइ पनि दिएँ, यस्तो हुन्छ गजल भनेर। मोतीरामले लेखेको गजल यो, बहर यो, लगायत सबै बताएँ। इन्टरभ्यूमा गुरूहरूलाई 'कास्ट' नै लिएँ।

त्यो थेसिसको शिर्षक थियो – 'सबेरै आएँ'। साे हालसम्म कतैपनि प्रकाशित छैन। टियूकाे लाइब्रेरीमा भने होला। एक प्रति मेरो घरमा पनि होला। एक प्रति चाहिँ मदन पुरस्कार पुस्तकालयमा छ। त्यसै समयबाट नै कमलमणिजीसँग मेरो घनिष्ठता बढेकाे हाे।

'पिएचडी'मा चाहिँ साेधका लागि गजल किन तपाईंकाे राेजाईमा परेन?
म संस्कृत विषयको पृष्ठभूमीबाट आएको हुँदा संस्कृत विषयमै मैले काम गर्नुपर्ने थियो। गजलमा गरेको भए मेरो संस्कृतको पृष्ठभुमी ओझेलमा पर्थ्यो। मेरो मुख्य 'पिएचडी'ले सपोर्ट गर्ने काम त प्रोफेसरको लागि हो नि त। प्रोफेसर म संस्कृतको हुँ, नेपालीको होइन नि। नेपाली त पछि मैले पढेँ, पढाएँ त्यो अलग कुरा हो। तर, मेरो आधिकारिक प्रोफेसरको सर्टिफिकेट भनेको संस्कृत साहित्यको हो। मैले संस्कृत साहित्यकै काम गर्नुपर्थ्यो। नेपाली माटो कै काम गरौं भनेर मैले प्रताप मल्लको बारेमा गरें। त्यसको पनि अलग्गै कहानी छ।

अब गजलका बारेमा कुरा गरौं। गजलबारे तपाइँको बुझाइ बताइदिनुहाेस् न।
गजलमा ३ अक्षर छन् – ग, ज, ल। यही ३ अक्षरले नै गजललाई चिनाउन सक्छ भन्ने बुझाइ हाे मेराे। 'ग' माने 'गम्भिरता', 'ज' माने 'जीवन्तता' र 'ल' माने 'लयात्मकता'।

गम्भिरता भनेको भावको गहिराइ। लेखेको कुरा खालि ‘फ्ल्याट’, वाच्यार्थमा मात्रै भएर हुँदैन। वाच्यार्थ भन्दा तल लक्ष्यार्थ हुन्छ। लक्ष्यार्थ भन्दा तल व्याङ्ग्यार्थ हुन्छ – अभिव्यञ्जना। संस्कृत साहित्य पढेको हुनाले राम्रो साहित्य के हो थाहा छ नि त मलाई। त्योसँग तुलना गरेर म गजललाई व्याख्या गर्दैछु। अनि जसमा अभिव्यञ्जना छैन, त्यो गजल राम्रो हुँदैन। त्यसमा गजलको शक्ति आउँदैन। एउटा कुरा भनेको छ, तर त्यो भित्र अनन्त कुराहरू लुकेका छन् भने त्यो गजल हुन्छ। त्यो हुनुपर्छ। त्यो गजलको आत्मा हो।

दाेस्राेमा 'ज' – जीवन्तता। जीवन्तता भनेको जिउँदोपन। कविता वा अरू रचना भन्दा गजलमा शब्दहरू जीवन्त हुन्छन्। कसरी? बशीर बद्रको उबेलाकाे एउटा सेर छ-

उजाले अपनी यादों के हमारे साथ रहने दो
नजाने किस गली में जिन्दगी कि साम हो जाए

याे सेर अहिलेभन्दा पनि त्यस्तै आनन्द किन आउँछ? त्यो हो जीवन्तता। ‘करेन्ट’ छ त्यसमा। ज्युँदो छ त्यो। त्यसभित्र केही ज्युँदो कुरा छ जसले छुन्छ। त्यो मर्दैन कहिल्यै पनि। गजलको जीवन्तताको प्रमाण हो यो। सेर भन्ने एउटा तरिका हो यो। पहिलो पंक्तिमा केही कुराको उठान गरेको छ, भूमिका बाँधेको छ, पृष्ठभूमि भनेको छ। यो बाहिरबाट सिकिंदैन। भित्रबाट ‘फिल’ गरेपछि बल्ल बुझिन्छ। गुरूले पढाएर, घोकाएर सिकिँदैन। यो गजलको विशेषता हो, प्राण हो। र दोस्रो पंक्तिमा गएर छ्वास्स छुने। यो नभइकन गजल बन्दैन।

तेस्रो तत्व – 'ल' अर्थात् लयात्मकता। अब यो काफिया, रदिफ, बहर, मिसरा ए उला, मिसरा ए सानी जति पनि गजलका तत्व भनिन्छ नि, त्यो मात्र एउटा तत्व हो – लयात्मकता। कस्तो हुनुपर्छ गजलको रूपरंग, आकार-प्रकार? ‘आवरण’को कुरा हो त्यो। हामी अहिले गजलको ‘आवरण’ कै पछाडि मात्र दौडिराखेका छौं। गम्भीरता र जीवन्ततातिर गहिरिएर सोचेकै छैनौँ।रदिफ मिल्यो, काफिया मिल्यो, बहर मिल्यो कि मिलेन, पंक्ति मिल्यो कि मिलेन! खाली यिनै शब्दहरूको पछाडि झगडा गर्‍या छ, बस्या छ। कोही मात्रा गिरावट भनेर दौड्या छन्। कोही बहर मिलेन भन्या छन्। हे भगवान! कति लडाइँ गरेको बाबा। त्यो त गर्दै जाँदा बिस्तारै हुन्छ नि! त्यो त संरचना न हो।

तर, त्यो मात्रै गजल होइन। गजलको एउटा पक्ष मात्रै हो बाबा त्यो। भित्रपट्टिको जीवन्ततामा खोइ ध्यान दिएकाे? तपाईंले भनेको कुरा भित्र छुने गरिकन भन्ने तपाई‌को शिल्प छ कि छैन? गजलियत, तगज्जल भन्छन् उर्दूमा त्यसलाई। त्यो भनेको गजलको शिल्प। जोकि दुई लाइनभित्र एउटा सिंगै कुरा भनेर सकिन्छ। व्याख्या गरिदैन। यो चाहिँ जीवन्तता हाे। किन रदिफ, काफिया? गाउनको लागि। किन बहर? गाउनको लागि। किनभने गजल भनेको गाउने विधा हो। यी कुराहरू मैले सैद्धान्तिक रूपमा स्थापना गरें र 'वाह गजल' लेखें।

गजलमा समिक्षालाई कुन रुपमा हेर्नुहुन्छ नि?
अहिले हाम्रा ८०/९० प्रतिशत गजलका समिक्षाहरू विषयवस्तुमा आधारित हुन्छन्। तिनकाे गजलको विषयवस्तुसँग कुनै नाता नै छैन। मलाई हाँसो उठ्छ। गजलमा यस्तो विषयवस्तु छ। देशको बारेमा चिन्ता गरिएको छ। गरिबीको बारेमा बोलिएको छ। यो सब 'फन्टुस' कुरा हो। गजलसँग केही सरोकार छैन त्यसको। त्यो व्याख्या गर्नलाई 'थोडै' गजल लेख्‍ने हो र?

यो त नितान्त हृदयको अनुभूतिको चित्रण हो। यस्तो अनुभूति हुन्छ कि त्यो कहिल्यै पुरानो हुँदैन। गालिबले ३ सय वर्ष अगाडि लेखेको सेर अहिले सुन्दा पनि भर्खरको जस्तो लाग्छ। किन त? किनभने गजलको मुख्य कुरा चाहिँ ति अनुभूतिहरूसँग सरोकार राख्छ, जुन कहिल्यै पुरानो हुँदैन। जस्तो कि प्रेमको अनुभूति, घृणाको अनुभूति।

विषयवस्तु नै नभए गजलमा के लेख्‍ने त?
जीवन, जो अनन्त कालदेखि चलिआएको मान्छेको प्रवृत्तिको अभिव्यक्ति। हाे त्यसलाई पकडेर लेखिन्छ गजल। त्यसकारण पो कालजयी हुन्छ। अब त्यो खाली अहिलेको चलिरहेको कुराको बयान गर्न थाल्यो भने त गोरखापत्रको समाचार जस्तो भइहाल्यो नि। त्यो त ‘फ्ल्याट’ हुन्छ नि। त्यो त गजल होइन क्या।

तर, मान्छे चाहिँ रदिफ, काफिया, बहर मिल्यो भने गजल भयो भनेर त्यसैमा लडाइँ गरेको-गर्‍यै गर्छन्। ए बाबा लडाइँ गरेर सिद्ध हुँदैन त गजल। गजलले त ह्याँ (हृदयमा) छुनु पर्‍यो त।

हाम्रा गजलहरूमा पाइन्छ त त्यो कुरा?
अहिले केही राम्रो प्रतिभा भएका मानिसहरू गजलमा पसेका छन् र उनीहरूले गजलको जीवन्ततालाई पकडेका छन्। ति रचनाहरु सुन्दा यो गजल हो भन्ने लाग्छ। तर, उनीहरूको कमजोरी चाहिँ के छ भने उनीहरू बहरमा शून्य छन्। छन्दको संस्कार नै छैन क्या।

तर्क त दिन्छन्। अब ठूला-ठूला तर्क किन दिनुपर्छ भने छन्द नभएको क्षतिपूर्ति स्वरूप तर्क दिएर परिपूर्ण गर्न। तर, त्यो भनेको आफूले छन्दमा बनाउन नसकेको कुरालाई ढाकछोप गरेको हो। तर, त्यो भए पनि यी रचनामा गजलियत छ, जीवन्तता छ, गम्भिरता छ।

ओइली झरेछ फूल टिपेर हेरें
के रै’छ र जिन्दगी सोचेर हेरें

यो ज्ञानुवाकरजीको सेर हो। हेर्नुस् त- यो हो जीवन्तता। एउटा कुरा भनेको छ, त्यो भित्र अनन्त-अनन्त कुराहरूको ‘रिफ्लेक्सन’ आउँछ नि, त्यो गजलको आत्मा हो। यसरी छुनसक्ने सामर्थ्य नै गजल हो। यो कुरा उहाँमा छ। ३ वटा तत्वमध्ये २ वटा तत्वको सौन्दर्य त छ नि। एउटा तत्वको कमी छ। त्यो कमी छ भन्दैमा ज्ञानुजी चाहिँ गजलकार नै होइन भनेर कुरा काट्नु पनि पर्दैन। होइन उहाँजस्तो महान कोही छैन पनि भन्नु पर्दैन।

ज्ञानुजीलाई त जसले जे-जति भने पनि त्यसको धेरै श्रेय त उहाँलाई नै जान्छ। अहिले हल्ला, खल्ला, खण्डन, मण्डन, तर्क, वितर्क गर्ने नयाँ पुस्ता जति आए पनि, जति छन्द नमिलोस्, जति बहर नमिलोस्, तैपनि ज्ञानुजीले गरेको काम चाहिँ नमस्करणीय छ। उहाँ त्यतिबेलादेखि अहिलेसम्म लागेको-लाग्यै हुनुहुन्छ। हृदयमा उहाँको कसैप्रति द्वेश, दुर्भाव छैन। सबैकुरा पचाएर बस्नुभएको छ। निकै सौम्य हुनुहुन्छ। मलाई एकदमै मन पर्नुहुन्छ। र मैले नेपालीमा गजल लेखिँदो रहेछ भनेर थाहा पाएको पहिलो व्यक्ति पनि उहाँ नै हो।

मतलब बहरमा लेखे मात्रै गजल बन्ने हो?
त्यस्तो पनि होइन। तर, बहरकै पछाडि दौडिनेहरू पनि छन्। त्यस्ताको धेरै ठूलो जमात छ अहिले। तपाईंहरुले बुझ्नु भा’छ, नभनौं। यहाँ काठमाडौंमा पनि छन्, चितवनमा पनि र अन्य ठाउँमा पनि छन्। ति चाहिँ कस्ता हुन् भने नि संस्कृतका छन्दहरू राम्ररी पढेका, त्यसको संस्कार भएका छन्। उनीहरु छन्द र बहरमा जत्ति पनि लेख्‍न सक्छन्। बाँकी कुरा शून्य छ। न जीवन्तता छ, न गम्भीरता। तिनले पन्नाका-पन्ना गजल फटाफट लेखिदिन सक्छन्। तर, त्यो गजल ‘फ्ल्याट’ कविता जस्तो हुन्छ, वर्णनात्मक हुन्छ।

कहिलेकाहीँ म व्यङ्ग्य गर्छु - 'सबै थोक राम्रो छ, उत्कृष्ट छ, तर एउटा थोक चाहिँ बिग्रेको छ। त्यो शिर्षक चाहिँ गजल नभनेर अर्थोकै केही भनेको भए हुन्थ्यो' भन्छु। तपाईंले यस्तो राम्रो कविता लेख्‍नु भा’को छ। यो गजल नै भन्ने शब्द चाहिँ किन टाँस्नु परेको? त्यति मोह किन? त्यो पनि व्यङ्ग्य रुचाउनेलाई, सबैलाई होइन।

कोही कोही छन् जसले तीन वटै तत्वको राम्रोसँग आत्मसाथ गरेका छन्। र इमानदार भएर गजल रचना गरेका छन्। धेरैजसो चाहिँ मान्छेले गजलसँग 'मजाक' गरेका छन् नेपालमा।

यसको मतलब तपाइँले वनारसमा पढ्दा, त्यहाँका गजल सुन्दा नेपालीमा यस्तो गजल लेखिँदैन भन्ने जुन लागेको थियो, आज त्यसमा फरक पाउनुभएको हो?
अहिले चाहिँ मलाई कस्तो लाग्छ भने प्रयास गर्दा चाहिँ हुने रहेछ। तर, त्यो शैली अझै पनि राम्रो बन्न सकेको छैन। गर्दै जाँदा चाहिँ हुने रहेछ जस्तो लाग्छ।

केही कमी छन् हामीसँग? हामीलाई केले अप्ठ्यारो पारिराखेको छ? हाम्रो भाषाको समस्या हो कि? हामीसँग सिक्ने चाहना वा क्षमताकाे?
वाह! कस्तो राम्रो प्रश्न गर्नुभयो। तपाइँले एकदमै ठीक ठाउँमा एकदमै राम्रो मोड ल्याउनुभयो, मलाई खुसी लाग्यो। यसको कारण चाहिँ गजल वास्तवमा उर्दू भाषामैत्री छ। हिन्दी भाषामैत्री छ। नेपाली भाषा चाहिँ लोकगीतमैत्री छ, गजलमैत्री छैन। भाषाको बनोट, संरचना, यहाँको हावापानी, यहाँको पृष्ठभूमि, सयकडौँ वर्षदेखिको परम्पराको कारणले गर्दा लोकगीतसँग बढी ‘म्याच’ गर्छ नेपाली भाषा। यो नेपाली भाषाको स्वभाव हो।

जुन भाषामा हामी जस्तो किसिमको साहित्य लेख्दै गुनगुनाउँदै आयौं नि, त्यो भाषाको प्रकृति त्यस्तै-त्यस्तै भएर ढल्किँदै जान्छ। त्यसकारण नेपालमा चाहिँ लोकगीत एकदमै धनी छ। कति राम्रा-राम्रा गीत छन्। गीतको स्वभाव नेपाली भाषाको प्रकृतिसँग जोडिएको छ। किनभने लामो परम्परादेखि त्यसैमा अभ्यास हुँदै आएको छ।

अब उर्दूमा चाहिँ स्थानको पनि असर हो। हाम्रो ठाउँ राम्रो छ। ‘क्लासिकल’ छ। ‘रोमान्टिक’ छ। प्रकृतिले गर्दा सुरम्य छ। त्यसैले लोकगीतको झंकार बढी हाम्रो भाषालाई सुहाउँछ। तर, जहाँ गजलको विकास भयो नि त्यो चाहिँ मरूभूमी, हरियाली नभएको, नदीहरू नभएको, खस्रोमस्रो ठाउँ हाे। त्यसैले उनीहरूको हिँड्ने शैली फरक छ। लेख्‍ने शैली फरक छ। भन्ने तरिका बडा मेहनत गरेर उनीहरूले आफ्नो विकसित गरेका छन्। र त्यहीअनुसार ४/५ सय वर्षदेखि गजलको लागि अभ्यास गर्दागर्दै भाषिक निर्माण त्यस्तै-त्यस्तै बन्दै गएको छ।

उर्दू, हिन्दीमा भन्दा गजल सहज रूपमा उत्रिन्छ। हाम्रो नेपालीमा लेख्‍न धेरै गाह्रो छ। उतातिरको भाषामा एउटा काफिया सुझ्यो भने काफियाको लामो लाइन लागेर आउँछ।

तर, नेपालीमा जसैतसै एउटा सेर बनायो। पछाडि काफिया जुटाउनै मुश्किल। अनि गजल दुई/तीन सेरमै अड्किन्छ। त्यो चाहिँ हाम्रोमा समस्या छ। अनि जबरजस्ती गर्नुपर्छ। तर, ती शब्दमा पनि साहित्यिक सुवाष हुनु पर्‍यो नि। जस्तो एउटा तूल भन्ने शब्द छ। फूलको पछाडि राखिन्छ जसोतसो मिलाएर। तर, यो साहित्यिक शब्द होइन नि। अब ‘तूल बिछ्याएँ’ भन्दा साहित्यिक सुवाष नै आउँदैन। काफिया सुन्दैमा धडक्क हुनुपर्‍यो। हृदयमा बज्नुपर्‍यो। त्यस्तो काफियाहरूको कमी भइहाल्छ। त्यसैले नेपालीमा गजल लेख्‍नु अलि अप्ठ्यारो छ।

भनाइको मतलब के भने बाटो राम्रो खनिसकिएकै छैन। बिस्तारै हाम्रो पनि राजमार्ग होला। हामी त भर्खर सुरु गर्दैछौं नि त। अहिले नै हिन्दी उर्दूको जस्तो हुनैपर्छ भन्ने आग्रह राख्‍नु पनि मूर्खता हो। गर्नु हुँदैन त्यस्तो।

त्यसो भए हामीले अभ्यास गर्दै गएपछि भाषा परिस्कृत हुँदै जाने हो कि, पहिले भाषा परिस्कृत गरेर अनि अभ्यास गर्ने हो त?
होइन होइन! अभ्यास गर्दै गएपछि शब्दहरू नयाँ-नयाँ आउँदै जान्छन्। नयाँ शब्द निर्मित पनि हुँदै जान्छन् र त्यसले बाटो खुलाउँदै जान्छ। हामीले बाटो खन्दै अगाडि बढ्नुपर्ने छ। उनीहरूको चाहिँ राजमार्ग तयार छ।

अन्तिम प्रसङ्ग। राजनीति र साहित्यबीचको सम्बन्ध कस्तो लाग्छ?
मलाई सबैभन्दा मन नपर्ने राजनीति। यो राजनीति भनेकै भित्रपट्टि केही पनि नभएका खोक्रा मान्छेहरूले दुनियाँलाई शोषण गर्ने काम जस्तो लाग्छ। के भन्छन् रे भन्देखिन्- साहित्यकार अथवा साधु, सिद्ध, आध्यात्मिक व्यक्ति र राजनीतिज्ञमा ठिक उल्टाे छ रे। राजनितिक मानिसको साेच ‘कसरी म बढीभन्दा बढी अरूबाट लिऊँ, कसरी यसलाई प्रयाेग गरुँ’ भन्ने हुन्छ। नाम, पैसा, शोहरत जे-जे हुन्छ अरूसित लिएर आफू ठूलो हुने भन्ने मात्रै हुन्छ। तर, यसको ठीक विपरीत महात्माहरू, साहित्यकारहरूमा भने ‘कसरी म अरूलाई दिऊँ’ भन्ने हुन्छ। प्रेम दिऊँ, आनन्द दिऊँ, खुसी दिऊँ, कसरी बाडौं भन्ने हुन्छ।

त्यसोभए साहित्यकारले राजनीति गर्न थाले राजनीति राम्रो हुन्छ कि साहित्यकार आफैं दिग्भ्रमित होला त?
साहित्यकार कि दिग्भ्रमित, कि आफैं दुर्घटित हुन्छ। राजनीति कहिल्यै राम्रो हुँदैन। आजसम्म राम्रो थिएन, हुँदैन र हुनेवाला पनि छैन। राजनीति भनेको एउटा फोहोरी खेल हो। सबै मान्छेमा आफूलाई चिन्ने क्षमता हुँदैन। अनि भीड जता-जता लाग्यो उतैतिर दौडिने प्रवृत्ति हुन्छ धेरैको। त्यसैले साहित्यकारहरू पनि त्यसै राजनीति-राजनीति भन्छन्।

तर, अलिकति पनि स्थिर भएर बस्ने र बाहिरको संसारभन्दा पनि आफूभित्र आफूलाई खोज्ने मान्छे कहिल्यै पनि राजनीतितिर लाग्दै-लाग्दैन। कोही-कोही ‘रङ नम्बर’ भएर राजनीतिमा गएका छन् राम्रा मान्छेहरू।

जस्तो कृष्णप्रसाद भट्टराई। उनी राजनैतिक मान्छे होइनन्। उनी आध्यात्मिक मान्छे हुन्। आध्यात्मिक मान्छे जाँदा राजनीतिमा उज्यालो त फैलाउन सक्दोरहेछ, तर, विचरा उ आफै चाहिँ दुर्घटित हुँदोरहेछ। किनभने न कुरो बुझ्छ कसैले, न केही गर्छ। उसलाई लगेर प्रयाेग मात्रै गर्छ। तर, त्यस्तो मान्छे गएपछि अलिकति चेतनाको उज्यालो फैलाउने काम चाहिँ गर्छ। भारतमा पनि एकजना त्यस्ता मान्छे गए राजनीतिमा – अटल विहारी वाजपेयी।

तर, धेरै ठाउँमा सुनिन्छ, विशेष गरी प्रगतिशील लेखकहरूबाट, राजनीतिबाट कोही पनि अलग हुन सक्दैन भनेर। तपाइँ कसरी अलग हुनुभयो?
म वास्तवमा राजनीतिक स्वभावको मान्छे होइन। म विचार भन्दा भावनामा बाँच्ने मान्छे। बौद्दिकता, तार्किकता यो सब वाहियात लाग्छ मलाई। र मलाई के लाग्छ भने मान्छेमा वास्तविक रुपमा प्रकृतिले निर्माण गरेको चिज हृदय हो। अनुभूति हो। बुद्धि, तर्क, वितर्क चाहिँ मान्छेले निर्माण गरेको। त्यसैले त्यो प्रदूषित हो। बुद्धि थोरै मात्रै प्रकृतिले दिएको हो। जस्तो कि आगोले पोल्छ, पानीमा डुबिन्छ भन्ने थाहा पाउने। यस्ता न्युनतम कुराहरू थाहा पाउनको लागि प्रकृतिले मस्तिष्कको निर्माण गरेको हो।

तर, तर्क-वितर्क आदिले मान्छे थिचिँदै गयो र अप्राकृतिक हुँदै गयो। उसको सोच, विचार, धारणा जीवनको वास्तविकता भन्दा धेरै पर छ। हामीले बाँचिरहेको वास्तविक कुरा एकातिर छ। सोच, चिन्तन, तर्क, भाषण सब अर्कातिर छ। यो सबसँग जीवनको यथार्थको केही सम्बन्ध छैन।

(डा वस्तीसँगकाे अन्तर्वार्ता शनिबार विमाेचित गजल मञ्च चितवनकाे मुखपत्र 'गजल सारथि'काे चाैथाे अंकमा समाविष्ट छ।)

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
आईपीएलको उपाधि आरसीबीलाई लगातार दोस्रोपटक
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै सोमबार, जेठ १८, २०८३
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना सोमबार, जेठ १८, २०८३
आईपीएलको उपाधि आरसीबीलाई लगातार दोस्रोपटक सोमबार, जेठ १८, २०८३
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्रीकाे जवाफमा कांग्रेस सांसद थापाको प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ? आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्