• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

श्रीपेच कुनै मजदुर वा किसानले लगाउँदैन : प्रकाश गुरागाईं [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  १८:३६
1140x725

'उन्मुक्त पुस्ता' अभियानमा सामेल कवि प्रकाश गुरागाईंको कवितासंग्रह ‘खुट्टामा श्रीपेच’ हालै सार्वजनिक भएको छ। वैचारिक रूपमा प्रतिबद्ध कविको छवि बनाएका गुरागाईंले राजनीतिक चेतलाई कलात्मक तवरले कवितामा प्रस्तुत गर्छन्। व्यंग्यात्मक शैलीमा राजनीतिक विषयलाई पेचिलो प्रहार गर्ने कवि गुरागाईं समाजका सीमान्तकृतका आवाज कवितामार्फत भर्ने गर्छन्। पत्रकारिता र लेखनलाई एकसाथ अघि बढाउँदै गरेका गुरागाईंको कवितासंग्रहका विषयमा केन्द्रित भएर नेपाल लाइभले गरेको छोटो कुराकानी:

तपाईंले भर्खरै ‘खुट्टामा श्रीपेच’ कविता संग्रह ल्याउनुभयो। कविताको शीर्षकले तपाईंका कवितालाई कसरी न्याय गर्छन्? तपाईंले लेखिरहेका कवितासँग श्रीपेचको ऐतिहासिक सम्बन्ध पनि छ कि?
संग्रहमा ४१ कविता छन्। ‘खुट्टामा श्रीपेच’ पुस्तकको नाम त हो नै कुनै एउटा कविताको शीर्षक पनि हो। यसमा धेरै भाव, शैली र समयका कविता छन्। त्यसकारण एउटै शीर्षकले सबै कवितालाई न्याय गर्छ भन्ने हुँदैन। तर, यो नामले मेरा कविताको धारालाई भने न्याय गरेको छ जस्तो लाग्छ। श्रीपेचको ऐतिहासिकता बेग्लै छ।

यो एउटा सामन्तवादको बिम्ब हो। श्रीपेच कुनै मजदुर वा किसानले लगाउँदैन। यो लगाउने मान्छेले आफूलाई उच्च नै ठान्छ। महामानव ठान्छ। कवितामा भने मैले यसलाई फरक ढंगले प्रयोग गरेको छु। सामान्य मान्छे सिंहदरबार प्रवेश गरेपछि कसरी परिवर्तन भइरहेको छ भन्ने कवितामा उतारेको छु।

संग्रहका कविताहरूमा सीमान्तकृतको आवाजलाई मुखारित गर्ने कोसिस गर्नुभएको छ। पाठकको प्रतिक्रियालाई परै राख्ने हो भने त्यसमा आफू कति सफल भएको जस्तो लाग्छ?
कविताको सफलता र असफलता पाठक प्रतिक्रियालाई पर राखेर गर्न सकिँदैन। मेरा कविताले पाठकलाई प्रभावित गरेनन् वा असमानता, विभेद र अन्यायविरुद्ध बोल्न प्रेरित गरेनन् वा कविताले एकपटक सोच्न बाध्य पारेन भने त्यो सफल होइन। यसको अर्थ सबै कविता उत्तिकै शक्तिशाली हुन्छ भन्ने हुँदैन। त्यो पाठकको परिस्थिति, तत्कालीन अवस्था, सोच, समाज, पेसालगायतबाट पनि प्रभावित हुन्छ। पाठक मूल्यांकन गर्ने न्यायाधीश पनि हुन्। त्यसैले म पाठकलाई परै राखेर मेरा कविता यस्ता वा उस्ता भनेर आत्मप्रशंसा गर्न सक्दिनँ। 

तपाईं उन्मुक्त पुस्ता साहित्यिक आन्दोलनको एक सदस्य हुनुहुन्छ। यस आन्दोलन व्यक्तिगत रुपमा तपाईंका लागि के हो? व्यक्तिगत रुपमा तपाईंहरूले उठाएको इस्यु उठिरहेकै थिए। तर तपाईंहरु संगठित रुपमै के कारणले आउनुभयो। यो आन्दोलन किन आवश्यक देख्नुहुन्छ?
उन्मुक्त पुस्ता सामूहिक रुपमा जे हो, व्यक्तिगत रुपमा पनि मेरो लागि त्यही नै हो। यो विभेद, अन्याय, शोषणविरुद्ध साहित्यमार्फत उठाइएको आवाज हो। पहिचानको पक्षमा उठाइएको आवाज हो।

अर्थात सांस्कृतिक परिवर्तनका लागि गरिएको साहित्यिक आन्दोलन हो। हो, यसअघि पनि यी मुद्दा यो वा त्यो रुपमा उठेका हुन्। हामीले कुनै नयाँ कुरा गरेको होइन। तर, मुद्दा उठाउने तरिका र लेख्ने तरिका भने नयाँ हो।

यसअघि विभेदमा परेका समुदाय, वर्ग वा जात आफू एक्लाएक्लै संघर्षमा थिए। हामीले एकीकृत संघर्ष गर्नुपर्छ भनेका छौ। हाम्रो कवितासंग्रह ‘आफर’ले पनि हाम्रो संघर्षको रुप स्पष्ट पारेको छ। दलित र गैरदलितले संयुक्तरुपमा विभेदविरुद्ध धावा बोल्दै लेखिएका कविताको संयुक्त संग्रह आएको नेपाली साहित्यको इतिहासमा नै यो पहिलो हो।

यो कृतिले वर्ष ०७५ को पहिचान पुरस्कार पनि पाएको छ। हाम्रो आन्दोलनको घोषणापत्र आफरमै पनि प्रकाशित छ। त्यसले हाम्रो आन्दोलन किन फरक छ भन्ने स्पष्ट पारेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंका कविताहरुले विशेषगरी दलितको विषयलाई निकै मजाले उठाएको छ। आफूभन्दा फरक समुदायको विषयलाई कविताको फ्रेममा हाल्दाका तपाईंका अनुभूति कस्ता छन्। के कारणले न्याय गर्न सकेँ जस्तो लाग्छ?
जातीय विभेदको बिउ रोप्ने कथित उपल्लो जाति हुन्। म पनि त्यही विभेद रोप्ने जातिको सदस्य। त्यसैले म विभेदमा परेको समुदायको पीडा अनुभूति गर्न सक्दिनँ। मात्र मेरो अनुमान छ। तर, उपल्लो जातिहरुले इतिहासमा गरेको विभेदका लागि दलितसँग क्षमा माग्नुपर्छ।

समानताको अभियानमा साथ दिनुपर्छ। त्यसकारण मेरा कविता दलितमाथि भएको विभेदलाई चिर्ने ढंगले लेखिएका हुन्। यो उन्मुक्त पुस्ताको आन्दोलनको प्रमुख विषय पनि हो।

तपाईंको यो पहिलो एकल कविता–किताब। योभन्दा पहिला ‘आफर’ संयुक्त संग्रह ल्याउनुभएको थियो। मुद्दाको हिसाबले सायद तपाईंका एकल र संयुक्त किताब मिल्छन्। तर शैलीगत, संरचनागत विषयमा एकल कविता–किताबमा कुनै नयाँ प्रयोग गर्नुभएको छ र?
आफरमा जातीय विभेदविरुद्धका कविता मात्र छन्। त्यसमा पनि विभेदको पिँधमा पारिएका दलित समुदायसँग सम्बन्धित कविता छन्। तर, मेरो पुस्तक खुट्टामा श्रीपेच कुनै विषय निर्धारण गरिएर लेखिएका कविताको संग्रह होइन। यसमा धेरै प्रकारका कविता छन्। शैलीमा पनि केही नयाँ प्रयोग गर्न खोजेको छु। जस्तो, अधिकांश कविताको पहिलो प्याराग्राफ तीन लाइनका छन्।

त्यस्तै अन्तिम कविता ‘भ्युटावर’मा नयाँ लेखनशैलीको प्रयोग गरेको छु। हुन त शैली भनेको प्रस्तुतिको तरिका मात्र हो। त्यो तरिका पनि मिठो भयो भने कविताको भावलाई बलशाली बनाउँछ। त्यस्तै केही कविताहरुमा पूर्वी भागको ऐतिहासिक, भौगोलिक र जातीय बिम्बहरु छन्। त्यसले मेरो भूगोल र संस्कृति जनाउँछ।

Xtrem

Xtrem

तपाईहरुको संयुक्त संग्रह ‘आफर’ले पहिचान पुरस्कार पायो। पुरस्कार आफरलाई नै किन दिइयो। कहीँकतैं आलोचना भएको पनि सुनिएको छ। त्यसलाई कसरी लिनुहुन्छ?
आलोचना कस्तो हो र के विषयमा हो त्यो त मलाई थाहा भएन। आफरलाई नै किन पुरस्कार दिइयो भन्ने त मलाई भन्दा दिने संस्थालाई सोध्नु उपयुक्त हुन्छ। मलाई लाग्छ उन्मुक्त पुस्ताले दलितको अधिकार र पहिचानको पक्षमा गरेको संघर्षका लागि दिइएको हो।

तपाईं १०/१२ वर्षअगाडि नै रेडियो नेपालको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम हुनुभएको थियो। यहाँ अधिकांश कविहरु एक/दुई वटा प्रतियोगिता जितेपछि कविता संग्रह ल्याउन हतार गरिहाल्छन्। तर तपाईंले यति लामो समय किन लगाउनुभयो?
प्रतियोगिता जित्नु र पुस्तक ल्याउनु फरक कुरा हो। प्रथम भएपनि मेरा कविता परिस्कृति थिएनन्। वैचारिक स्पष्टता पनि थिएन। त्यही कारण मैले प्रतियोगितामा प्रथम भएको ‘सगरमाथा सगरमाथा हो’ कविता यो संग्रहमा राखेको छैन। मलाई अब चाहिँ पुस्तक निकाल्दा ठिकै होला भन्ने लागेपछि प्रकाशन गरेको हुँ। यसमा साथीभाइको हौसला र प्रकाशकको उत्प्रेरणा पनि छ।

तपाईं नन–फिक्सन पनि लेखिरहनुभएको छ भन्ने सुन्नमा आएको छ। कविता लेखिरहेको एउटा कविलाई नन–फिक्सनतिर चाहिँ कसरी रुचि जाग्यो नि?
हो, म गैरआख्यानमा काम गरिरहेको छ। कविता र गैरआख्यान लेखनीको हिसाबले फरक भएपनि दुवै लेखकबाटै हुने काम हो। म पत्रकारितामा संलग्न भएको हिसाबले पनि दैनिक लेखन र सम्पादनमा संलग्न भएकै हुन्छु। यसरी समाचार लेख्दा लेख्दै गैरआख्यानको विषय दिमागमा आएको हो। तर, लेखिसक्न अलि समय लाग्छ। कम्तीमा ०७६ भरि चाहिँ मेरो यो पुस्तक आउँदैन।

अन्तिममा, यो कविता–किताब बजारमा ल्याउँदै गर्दा तपाईंलाई कस्तो अनुभूति भइरहेको छ ?
निश्चय नै खुसी लागेको छ। राम्रो प्रतिक्रिया पाइरहेको छु।  

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्