• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ १३, २०८२ Tue, May 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
७ बुँदे घोषणापत्र जारी गर्दै सकियो थारू साहित्यकारहरुको भेला
64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  १८:०४
1140x725

रुपन्देही- चौथो राष्ट्रिय थारू साहित्य सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ। थारू लेखक संघ नेपाल तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरु भएको थियो।

सैनामैना उचडिहवा होमस्टेमा भएको सम्मलेनले थारु भाषालाई थरुहट बहुल क्षेत्रमा कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न माग गरिएको छ। साथै थरुहटका सबै जिल्लामा थारू लेखक संघको शाखा विस्तार गर्ने, प्रकाशित थारू भाषा, साहित्यकेन्द्रित पुस्तकउपर समीक्षा संस्कृतिको विकास गर्ने भनिएको छ। आगामी पाँचौं राष्ट्रिय थारू साहित्य सम्मेलन २०७५ पुसमा मोरङमा बालसाहित्य बहसमा केन्द्रित गर्ने घोषणापत्रमा उल्लेख छ। साथै रुपन्देहीको उचडिहवा होमस्टे लगायत विभिन्न होमस्टे क्षेत्रमा थारू संग्रहलाय निर्माण गर्न अपिल गरिएको छ। 

‘थारू भाषा लेखौं, लेखाऔं र पढाऔं’ भन्ने मूल नाराका साथ चौबीसै जिल्लाका थारू साहित्यकारहरुको भेला भएको कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल गरिएको थियो।

बुद्ध र थारू सम्बन्धको बारेमा विद्यावारिधि गरेका डा गोपाल दहित र महेश चौधरीसँग सुशील चौधरीले बहस गरेका थिए। बुद्धको जन्म भएको शाक्य वंशसँग थारूहरुको धेरै इतिहास मिल्ने भएकाले थारू समुदायको सम्बन्ध बुद्धसँग निकै नजिक रहेको निष्कर्ष थियो। 

थारु लगायत मातृभाषामा आख्यान लेखन अवस्था विषयमा मुना चौधरी, नवीन विभास र डा धनप्रसाद सुवेदीसँग भूमिका चौधरीले संवाद गरिन्। आफू थारू भाषामा जानकार भए पनि मातृभाषामा पाठक थोरै भएकाले नेपाली भाषाको आख्यानमा केन्द्रित रहेको मुना चौधरीले बताइन्। विभास र सुवेदीले स्रष्टाहरुले जुनसुकै भाषामा लेखे पनि हुने तर आफ्नो मातृभाषालाई माया मार्न नहुने जिकिर गरे।

Ncell 2
Ncell 2

कार्यक्रममा टीकापुर घटनामा ४२ महिनापछि रिहा भएका नेता लक्ष्मण थारू धेरैको आकर्षणको केन्द्रविन्दु थिए। थारू नेतृत्वको सवाल विषयमा बहस गर्दै उनले टीकापुर घटना राजनीतिक हो कि होइन? भनेर सबै सहभागीहलाई हात उठाउन लगाएर राय लिएका थिए। हो भन्ने पक्षमा सबैको हात उठेपछि यस घटनलाई राजनीतिक रुपमा समाधान गर्न, नभए अर्को विद्रोह हुन सक्ने चेतावनी पनि दिए।

सोही विषयमा थारू आयोगका अध्यक्ष विष्णु थारूले आयोगलाई थारूहरुको मुद्दा पहिचान गरी समस्या समाधानका लागि सिफारिस गर्ने सम्मको मात्रै अधिकार रहेको बताए। डेनमार्कका पूर्वराजदूत विजय कर्णले थारू, मधेसी, दलितहरुलाई राज्यले अझै पनि अर्कै ग्रहबाट आएको मान्छेको रुपमा व्यवहार गर्ने गरेको विचार राखे। 

गैरथारू अन्वेषकका नजरमा थारू समाज र संस्कृति विषयमा डा मुकुन्द शर्मा तथा पत्रकार चन्द्रकिशोरसँग दिलबहादुर चौधरीले बहस गरे। शर्माले खानपान लगायत विभिन्न समस्याका कारण थारूहरु आफ्नै कारणले पछि परेको राय व्यक्त गरेपछि चन्द्रकिशोरले थारू साहित्यकारहरुले आयोजना गरेको कार्यक्रममा थारूहरुकै अपमान नगर्न आग्रह गरे। 

कार्यक्रमको मुख्य बहस डंगौरा थारू भाषाको मानकीकरणबारे थियो। चितवनीया थारू व्याकरणमा विद्यावारिधि गरेका त्रिविका अंग्रेजी प्राध्यापक डा कृष्णप्रसाद पौडेल तथा थारू भाषाको क्रियाको अवस्था विषयमा विद्यावारिधि शोधरत रामबहादुर चौधरीले डंगौरा थारू भाषामा त, थ, द, ध को प्रयोग नभएको बताए। थारूहरुले जस्तो बोल्छन्, त्यस्तै लेखे वैज्ञानिक हुने उनीहरुको तर्क थियो। महेश चौधरीले थारू भाषामा त, थ, द, ध को प्रयोग सर्वस्वीकार्य भइसकेकाले अनावश्यक बहस जरुरी नरहेको विचार राखे। 

सो अवसरमा दिलबहादुर चौधरी, जित ट्रासन, सीताराम चौधरी, भोलाराम चौधरी, बमबहादुर थारू, प्रल्हाद थारू, केवी चौधरी, दुर्जन चौधरी, कृष्णराज सर्वहारी, मानबहादुर पन्ना, मोती रत्न, रामबहादुर चौधरी, लगायतको दर्जन बढी थारू साहित्यकेन्द्रित पुस्तकको विमोचन गरियो। साथै, थारू कला, संस्कृतिको संरक्षणमा लागेका लेखिका शान्ति चौधरी, गायकद्वय हरिनारायण चौधरी, श्रीनिवास चौधरी तथा सिनेमाकर्मी मनिष चौधरी गरी चार जनालाई सम्मान गरियो। 

सम्मेलनमा सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रदेश ५ स्थित समाज कल्याण मन्त्रालयको सहकार्य रहेको थियो।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सुडानमा हैजाको प्रकोपबाट एक सातामा १७२ जनाको मृत्यु
दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव
सम्बन्धित सामग्री
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ। शनिबार, वैशाख ६, २०८२
ताजा समाचारसबै
दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश मंगलबार, जेठ १३, २०८२
सुडानमा हैजाको प्रकोपबाट एक सातामा १७२ जनाको मृत्यु मंगलबार, जेठ १३, २०८२
दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव मंगलबार, जेठ १३, २०८२
लागूऔषध र ६६ हजार नगदसहित दुई जना पक्राउ मंगलबार, जेठ १३, २०८२
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
ओलीलाई आयोगको चेतावनी : उत्तेजनापूर्ण अभिव्यक्ति नदिनु सोमबार, जेठ १२, २०८२
उपमेयरको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र,तत्काल कार्यपालिका बैठक बोलाउन माग सोमबार, जेठ १२, २०८२
कांग्रेसले भन्यो– भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष सोमबार, जेठ १२, २०८२
फेरि फुट्यो नेसपा, गंगा श्रेष्ठको समूह आज माओवादीसँग एकता गर्दै सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्