• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

संस्मरण : हाय! त्यो बिस्कुट खाने रहर

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  १०:०४
1140x725

शब्द हराउँदो अवस्थाले मलाई पिरोलिरहेछ यो समयमा। मस्तिष्कले भिरेको कमिजको खल्तीमा प्वाल परेको छ, जसमा उसले मिठामिठा शब्दहरू छिमलेर राखेको थियोे। नास्ता खाने पैसा जम्मा गरेर किनेका गुच्चा हराएको बच्चाको जस्तो अवस्था छ यो समयमा मस्तिष्कको। त्यसैले त म एउटा लाटो समयबाट गुज्रिरहेछु।

लेख्नका निमित्त प्रेरणा चाहिन्छ भन्छन्। म भने अलिक अर्कै छु। मलाई प्रेरणा हैन, पीडा चाहिन्छ। पीडा पनि मन्दमन्द चाहिन्छ। लामो उमेरदेखि लेख्नसक्ने क्षमतामा ह्रास आएकाे छ। हुनसक्छ म कत्ति पनि पीडामा छैन। यो पनि हुन सक्छ म धेरै पीडामा छु। यत्ति हो मैले केही लेख्न सकिरहेको छैन।

हिँडेको बाटो पो कच्ची छ।
क्या! मज्जाको जिन्दगी छ।

मधुर-मधुर हावा चले
नाच्ने सोचमा टुकी छ।

जान ए मन!
यी मान्छेहरू भनिरहेछन् कि हजुरले मलाई बर्वाद बनाउनु भो। खाेइ! मलाई त थाहा छैन। हजुरलाई थाहा भए मलाई भन्नु होला। म थाहा खोजिरहेछु।

जसरी 'देवकोटा' थरभन्दा बढी नाम भयो नि, त्यस्तै गरेर 'मुदिर' पनि उपन्यासको नाम मात्र नभएर लेखकको नाम बन्नपुग्याे। एउटा उपन्यासले कसैको परिचय बदलिदिन्छ भने पुगी त गो। मरी लानु के छ र बाबै!

ए अँ,
समस्या के छ भने मलाईं पुग्दो/नपुग्दो अथवा पुग्न खोज्दो हजार शब्द लेख्नु छ। तर, यी हजार शब्दमा मलाई केही लेख्नु छैन। म राम शब्दका शब्दरुपावली लेखेर हजार शब्द पुर्‍याउन पनि सक्छु। या 'भू' धातुका धातुरुपावली लेखेर दश ओटै लकारका रूप लेख्न पनि सक्छु। 'वेदे प्रयुज्यते' वाला लकार छोडेर लेख्न पनि सक्छु। नभए 'वागर्थाविव सम्पृत्तौ'बाट सुरु गरेर रघुवंशको प्रथम सर्गका पद्यले हजार शब्द पुर्‍याउन सक्छु। कत्ति नभए 'चाउचाउ गफ' लेखेर भए पनि हजार शब्द त पुराइछोड्छु।

त,
'चाउचाउ गफ' भन्नासाथ मलाई बिस्कुटको कुरा याद आइहाल्यो। मीनराज वसन्तलाई त हजुर चिनिहाल्नु हुन्छ नि। चिन्नु भएन? केही छैन। म चिनाउँछु हजुरलाई। 'मुदिर'लाई चिन्नुहुन्छ? जहाँसम्म चिन्नुहुन्छ। 'मुदिर' व्यक्तिको नाम हाेइन। उपन्यासको नाम हो। जस्तो 'देवकोटा' व्यक्तिवाचक नाम हो, थरवाचक हाेइन।

Ncell 2
Ncell 2
nimb
nimb

महाकवि देवकोटाले 'शाकुन्तल'मा भनेका छन्,
एक नै पटक फुल्छ गुलाव।
पाउँदा किरणको मृदु राप।

कस्तो 'चाउचाउ कुरा' गरेका है देवकोटाले। एक नै पटक फुल्छ गुलाव रे! तर, म भन्छु कस्तो मीठो कुरा गरेका। एउटा कोपिला मात्र एकपटक फुल्छ। बरु ओइलिएर झर्छ। तर, फेरि कोपिला हुँदैन। प्रेमको कोपिला पनि हृदयमा कसैका निमित्त केवल एकपटक फक्रिन्छ, फेरि कुनै हालतमा पनि कोपिला भएर अर्को पटक फुल्न सक्दैन। बरु ओइलिन्छ। यो सब कुरा दुष्यन्तको प्रेममा परेपछि शकुन्तलाले भनेकी हुन्। मैले भनेको हैन। म यस्तो भन्ने साहस कहाँ राख्छु र! न उहाँ शकुन्तला पर्नु भो, न म दुष्यन्त परें। भइहाल्यो। 'जो भी हुवा बहुत अच्छा हुवा।'

भन्न खोजिरहेछु कि जसरी 'देवकोटा' थरभन्दा बढी नाम भयो नि, त्यस्तै गरेर 'मुदिर' पनि उपन्यासको नाम मात्र नभएर लेखकको नाम बन्नपुग्याे। एउटा उपन्यासले कसैको परिचय बदलिदिन्छ भने पुगी त गो। मरी लानु के छ र बाबै!

Xtrem

Xtrem

000

देवघाटस्थित हरिहर सन्यास आश्रमको अतिथि भवनको २७ नम्बर कोठाको झ्यालतिरको खाटमा पलेटी कसेर, अगाडि ल्यापटप राखेर, हातका औंलाहरू किबोर्डतिर फर्किरहेको समयमा टाउको मतिर फर्काएर मीनराज दाजुले जिन्दगीमा पहिलो पटक बिस्कुट खाँदाको पल सुनाउनुहुन्छ। बिस्कुटको नाम थियोे - थिन आरारोट।

मैले झटपट भनें - 'यस्तो नाम गरेको बिस्कुट हाम्रा घरतिर त आउन्नन्तो त!'

उहाँ भन्नुहुन्छ - 'खानदानीहरूले खाने बिस्कुट हो नि त।'

हामी त्यसपछि यस्तो मज्जाले हाँस्यौ कि सायदै यसरी हामी बहुत थोरै पटक हाँसेका थियौं। तर, बहुत लामो समयसम्म हाँसिरह्यौं। त्यसपछिका हरेक भेटमा हामी 'खानदानी' हाँसो हाँसिरह्यौ। 'खानदानी' शब्द हाम्रा लागि मजाक थियो सायद। मलाई पहिलोपटक महसुस भयो कि अरुको मजाक उडाउँदा हाँसो उठ्छ मात्रै तर, आफ्नो मजाक आफैंले उडाउँदा हाँसो उठ्दो मात्रै रहेनछ, उठेर नाच्दो पनि रहेछ, अझ आफैंले ताली बजाउँदो रहेछ।

७/८ वर्षको हुँदो हो 'मीनराज' नामक मान्छे। जो 'वसन्त' भने भइसकेको थिएन। तर, बालककालको वसन्तयाम बाँचिरहेको थियो। वसन्तयाममा रुखहरूका पात झरेजस्तो उसका दाँत झर्ने समय थियो। नयाँ पालुवाजस्तो नयाँ दाँत आउँदै थिए।

उसको दाँत हल्लियो। उ आफू दाँत हल्लाएर निकाल्न त के जिब्रोले पनि सुस्त छुन्थ्यो दाँतलाई, दुखिहाल्छ कि भनेर। आमाले थाहा पाउनु भो दाँत हल्लिएको। निकालिदिने बहुत कोसिस गर्नु भो। छुन दिए पो। राति सुत्दा पनि हातले मुख छोपेर सुत्थ्यो मीनराज। कतै राति निदाएको समयमा आमाले दाँत निकालिदिनुन्छ कि भन्ने डरले।

अभावहरूको आफ्नै मर्यादा हुन्छ, आफ्नै आदर्श हुन्छ, जसरी धनको आफ्नै रवाफ छ। अभाव देखाउने कुरा हैन। जथाभावी चलाउनु हुँदैन अभावलाई। जथाभावी नङ्ग्याउँनु हुँदैन। तर, अभावको छुट्टै शक्ति हुन्छ जसले हाम्रा तिखा नङ्ग्रालाई बोधो बनाइदिन्छ। 'सहनशीलता' शब्दको भाव बुझाइदिन्छ। 

मीनराजमाता उवाच - 'मेरी कान्छी छोरी, बेलैमा दाँत नउखेल्ने हाे भने दारो आम्च। अनि तिम्लाई सप्पैले दारे भन्चन्। इक्कुलमा नि सप्पैले दारे-दारे भनेर नाम काट्चन्। आउ बा दाँत उखेलम्। सुस्त फुsss फुsss गरेर झिउदिन्चु का।'

पछि भने एउटा बिस्कुटको प्रलोभनमा उसले दाँत निकाल्न दिने भयो। हाय! त्यो बिस्कुट खाने रहर। जुन बिस्कुट खानका निमित्त उ चपाउने दाँत फ्याँक्न तयार भयाे।

000

अभावहरूको आफ्नै मर्यादा हुन्छ, आफ्नै आदर्श हुन्छ, जसरी धनको आफ्नै रवाफ छ। अभाव देखाउने कुरा हैन। जथाभावी चलाउनु हुँदैन अभावलाई। जथाभावी नङ्ग्याउँनु हुँदैन। तर, अभावको छुट्टै शक्ति हुन्छ जसले हाम्रा तिखा नङ्ग्रालाई बोधो बनाइदिन्छ। 'सहनशीलता' शब्दको भाव बुझाइदिन्छ। अभावको धर्म मेहनत हो। अभावका निमित्त एकमात्र सत्य पनि मेहनत हो।

केही अभाव हुन्छन् जो सम्झिदा एकैपटक मनमा धेरै कुराहरु आउँछन्। आँसु आँखाका छेउछाउ आउँछन्, जस्तो गाउँमा ट्याक्टर आउँदा कोठामा गृहकार्य गरिरहेको बच्चा पेन्सिल हातमा समातेर खालीखुट्टा दगुर्दै आँगन छेउ पुग्छ। ओठकाे एउटा कापबाट अर्को कापसम्म खुरुरु मुस्कान दौडिन्छ। जसरी ट्याक्टर हेर्न आँगन छेउ आएको बच्चा ट्याक्टरले घरमुनिको बाटो काटेर गएपछि गृहकार्य सम्झेर फेरि कोठामा दौडिन्छ। कान यसरी ठाडा हुन्छन् जसरी टाढाबाट आइरहेको ट्याक्टरको आवाज सुनेपछि गृहकार्य गर्न बसेको बच्चाका कान ठाडा भएका थिए। यसरी टोलाउन मन लाग्छ एकपटक जसरी गृहकार्य गर्न थालेको बच्चा प्रश्नको उत्तर नजानेर टोलाइरहेछ।

बगैचाको एक कुनामा चिटिक्कको प्रतिक्षालय छ। जसमा प्रेममा मग्न एक जोडी छन्। टाढाबाटै देख्छौं हामी। म त सोच्छु त्यो प्रतिक्षालयमा जानु हुँदैन, पाप लाग्छ। पाप भन्ने कुरा यस्तै स-साना कुराहरू ख्याल नगर्नाले लाग्ने हो।

अभावले पनि सम्झिनका निमित्त धेरै कुरा दिँदोरहेछ।

म सम्झिन्छु पहिलोपटक तीन रुपैयाँको 'पाठक दालमोठ' किनेर खाँदा पूरा एक घन्टासम्म खान पुगेको थियो मलाई। यति थोरै-थोरै खाइरहेको थिएँ कि म त्यति थोरै-थोरै त अचेलका युवती आफ्नो प्रियसीसँग हुँदा कुरमुरे पनि खान्नन्। थप आधा घन्टासम्म हात चाट्न पुगेको थियो मलाई। यस्ताेसम्म लाग्थ्याे दुई दिनसम्म वासना आइरहेथ्यो हातमा। आमाले हाप जाङ्गे नधोइन्जेलसम्म जाङ्गेको खल्तीमा खसेका स-साना दालमोठका टुक्रा निकालिरहन्थें। पहिलोपटक दालमोठ खाँदाको त्याे पल। आहा!

अभाव थियो र त आज प्रशस्त शब्दहरू छन्। अभाव थियो र त आज पुग्दो गरेर सम्झनाहरू छन्। अभाव थियो र त रहरहरू थिए। साच्चिकै अभाव हुनु भनेको केही नहुनु हाेइन रै'छ, सबथोक हुनु रहेछ।

000

मीनराज दाइसँग पहिलोपटक कहाँ भेट भयो थाहा छैन। जे होस् हाम्रो आत्मियताको उमेर भनें प्रौढ भइसक्यो। धेरै पटक देवघाटमा भेट भएकाे छ। मलाई झिनो सम्झना छ, एकपटक माघे संक्रान्तिमा गलेश्वर आश्रममा भेट भएथ्यो। आश्रमको अतिथि भवनको भित्तामा एउटा श्लोक लेखिएको छ -  गत श्वासे अविस्वासं हरिस्मरं दिनेदिने।

साहित्यकार र सिपाहीले फूललाई हेरेर मात्रै चित्त बुझाउन सक्दैनन् रे। छोइहाल्न मन लाग्छ रे।

मैले यही श्लोकको अर्थ सोधेको थिएँ। खाेइ! बताउनु भयाे कि नाइँ! मलाई उ बेला त्यो पद्यको अर्थ थाहा थिएन। अहिले भनें अर्थ थाहा छ। एउटा कुरा के भने म हरिको स्मरण नित्य गरुँ या नगरुँ मीनराज दाजैलाई भनें सम्झिरहन्छु।

हातमा 'पिपिरी'को पाण्डुलिपि समातेर चक्रवर्ती बग‌ैचामा जान्छौं हामी। बगैचाको एक कुनामा चिटिक्कको प्रतिक्षालय छ। जसमा प्रेममा मग्न एक जोडी छन्। टाढाबाटै देख्छौं हामी। म त सोच्छु त्यो प्रतिक्षालयमा जानु हुँदैन, पाप लाग्छ। पाप भन्ने कुरा यस्तै स-साना कुराहरू ख्याल नगर्नाले लाग्ने हो। तर दाजैले भन्छन् - यो डेटिङस्थल हाेइन, धर्म गर्न आउने  ठाउँ हो।

अन्तत: त्यही प्रतीक्षालयमा  जान्छौं हामी। ती जोडा पहिलेदेखि नै सामान्य अवस्थामा थिए। हामी जानाले केही सराकसुरुक गर्नु परेन। हामी गयौं। आफ्नो काम गर्यौं। जोडी त्यहाँबाट निस्केर जान थालेका थिए। साेही बेला केटोले हाम्रो कार्यतिर केही ध्यान दिन्छ। साहित्यमा पुग्दो खालको रुचि रहेको कुरा जनाउँछ। म मीनराज दाजैको सामान्य परिचय दिन्छु। राम्रो साहित्यकार, फलानो पुस्तकका लेखक, नयाँ पुस्तक आउँदै गरेको, यो त्यसैको पाण्डुलिपि, फेसबुकमा यो नाम छ, यो ब्लगमा उहाँका लेखहरू पढ्न सकिन्छ, पत्रिकामा पनि लेखहरू आइरहन्छन्। म पुग्दो परिचय दिन्छु।

कुन्नी किन उता युवती भने हाँसिरहन्छे। उनीहरू जान्छन्। युवती नराम्री भन्न नमिल्ने थिइ। अर्काकी प्रेमिकाको ज्यादा वर्णन गर्नु परेन। युवक भने राम्रो थियो।

उनीहरू गएपछि म भन्छु, 'साहित्यकार भनेसी हुरुक्कै भएकाे बताउने ती युवती, हजुरलाई हेर्दै हाँस्दै गरिराथिन्।'

मेरी कान्छी छोरी, बेलैमा दाँत नउखेल्ने हाे भने दारो आम्च। अनि तिम्लाई सप्पैले दारे भन्चन्। इक्कुलमा नि सप्पैले दारे-दारे भनेर नाम काट्चन्। आउ बा दाँत उखेलम्। सुस्त फुsss फुsss गरेर झिउदिन्चु का।

केही उत्ताउलो कुरा गरिबस्छौं। साहित्यकार र सिपाहीले फूललाई हेरेर मात्रै चित्त बुझाउन सक्दैनन् रे। छोइहाल्न मन लाग्छ रे। लामो समय हाँसिराख्छौं हामी। धेरैपछि थाहा हुन्छ दाजैको पाइन्टको फस्नर खुल्ला रहेछ। तर खाेइ कुन्नी ती युवती किन हाँसिन् थाहा भएन।

पाण्डुलिपिमा रहेका खुल्ला फस्नर बन्द गर्ने काम भनें चलिरह्यो।

०००

यतिबेला कोट पाइन्ट लगाएर तयार भई 'पिपिरी' बजार घुम्न निस्किएकाे छ। सुन्दर त पक्कै भएर बजार निस्किएकाे छ 'पिपिरी'। बजार मात्रै डुल्छ कि पाठकको हृदयमा पनि डुल्छ भन्ने कुरा त्यो त समयले बताउला।

'पिपिरी'को धुन धोद्रो  नभैजाओस्। बजार खाओस्। उपन्यासकार दाजु मीनराज वसन्त र उनको कृति 'पिपिरी'लाई सफलताको शुभकामना।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्