• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
संस्मरण : हाय! त्यो बिस्कुट खाने रहर
64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  १०:०४
1140x725

शब्द हराउँदो अवस्थाले मलाई पिरोलिरहेछ यो समयमा। मस्तिष्कले भिरेको कमिजको खल्तीमा प्वाल परेको छ, जसमा उसले मिठामिठा शब्दहरू छिमलेर राखेको थियोे। नास्ता खाने पैसा जम्मा गरेर किनेका गुच्चा हराएको बच्चाको जस्तो अवस्था छ यो समयमा मस्तिष्कको। त्यसैले त म एउटा लाटो समयबाट गुज्रिरहेछु।

लेख्नका निमित्त प्रेरणा चाहिन्छ भन्छन्। म भने अलिक अर्कै छु। मलाई प्रेरणा हैन, पीडा चाहिन्छ। पीडा पनि मन्दमन्द चाहिन्छ। लामो उमेरदेखि लेख्नसक्ने क्षमतामा ह्रास आएकाे छ। हुनसक्छ म कत्ति पनि पीडामा छैन। यो पनि हुन सक्छ म धेरै पीडामा छु। यत्ति हो मैले केही लेख्न सकिरहेको छैन।

हिँडेको बाटो पो कच्ची छ।
क्या! मज्जाको जिन्दगी छ।

मधुर-मधुर हावा चले
नाच्ने सोचमा टुकी छ।

जान ए मन!
यी मान्छेहरू भनिरहेछन् कि हजुरले मलाई बर्वाद बनाउनु भो। खाेइ! मलाई त थाहा छैन। हजुरलाई थाहा भए मलाई भन्नु होला। म थाहा खोजिरहेछु।

जसरी 'देवकोटा' थरभन्दा बढी नाम भयो नि, त्यस्तै गरेर 'मुदिर' पनि उपन्यासको नाम मात्र नभएर लेखकको नाम बन्नपुग्याे। एउटा उपन्यासले कसैको परिचय बदलिदिन्छ भने पुगी त गो। मरी लानु के छ र बाबै!

ए अँ,
समस्या के छ भने मलाईं पुग्दो/नपुग्दो अथवा पुग्न खोज्दो हजार शब्द लेख्नु छ। तर, यी हजार शब्दमा मलाई केही लेख्नु छैन। म राम शब्दका शब्दरुपावली लेखेर हजार शब्द पुर्‍याउन पनि सक्छु। या 'भू' धातुका धातुरुपावली लेखेर दश ओटै लकारका रूप लेख्न पनि सक्छु। 'वेदे प्रयुज्यते' वाला लकार छोडेर लेख्न पनि सक्छु। नभए 'वागर्थाविव सम्पृत्तौ'बाट सुरु गरेर रघुवंशको प्रथम सर्गका पद्यले हजार शब्द पुर्‍याउन सक्छु। कत्ति नभए 'चाउचाउ गफ' लेखेर भए पनि हजार शब्द त पुराइछोड्छु।

त,
'चाउचाउ गफ' भन्नासाथ मलाई बिस्कुटको कुरा याद आइहाल्यो। मीनराज वसन्तलाई त हजुर चिनिहाल्नु हुन्छ नि। चिन्नु भएन? केही छैन। म चिनाउँछु हजुरलाई। 'मुदिर'लाई चिन्नुहुन्छ? जहाँसम्म चिन्नुहुन्छ। 'मुदिर' व्यक्तिको नाम हाेइन। उपन्यासको नाम हो। जस्तो 'देवकोटा' व्यक्तिवाचक नाम हो, थरवाचक हाेइन।

महाकवि देवकोटाले 'शाकुन्तल'मा भनेका छन्,
एक नै पटक फुल्छ गुलाव।
पाउँदा किरणको मृदु राप।

कस्तो 'चाउचाउ कुरा' गरेका है देवकोटाले। एक नै पटक फुल्छ गुलाव रे! तर, म भन्छु कस्तो मीठो कुरा गरेका। एउटा कोपिला मात्र एकपटक फुल्छ। बरु ओइलिएर झर्छ। तर, फेरि कोपिला हुँदैन। प्रेमको कोपिला पनि हृदयमा कसैका निमित्त केवल एकपटक फक्रिन्छ, फेरि कुनै हालतमा पनि कोपिला भएर अर्को पटक फुल्न सक्दैन। बरु ओइलिन्छ। यो सब कुरा दुष्यन्तको प्रेममा परेपछि शकुन्तलाले भनेकी हुन्। मैले भनेको हैन। म यस्तो भन्ने साहस कहाँ राख्छु र! न उहाँ शकुन्तला पर्नु भो, न म दुष्यन्त परें। भइहाल्यो। 'जो भी हुवा बहुत अच्छा हुवा।'

भन्न खोजिरहेछु कि जसरी 'देवकोटा' थरभन्दा बढी नाम भयो नि, त्यस्तै गरेर 'मुदिर' पनि उपन्यासको नाम मात्र नभएर लेखकको नाम बन्नपुग्याे। एउटा उपन्यासले कसैको परिचय बदलिदिन्छ भने पुगी त गो। मरी लानु के छ र बाबै!

000

देवघाटस्थित हरिहर सन्यास आश्रमको अतिथि भवनको २७ नम्बर कोठाको झ्यालतिरको खाटमा पलेटी कसेर, अगाडि ल्यापटप राखेर, हातका औंलाहरू किबोर्डतिर फर्किरहेको समयमा टाउको मतिर फर्काएर मीनराज दाजुले जिन्दगीमा पहिलो पटक बिस्कुट खाँदाको पल सुनाउनुहुन्छ। बिस्कुटको नाम थियोे - थिन आरारोट।

मैले झटपट भनें - 'यस्तो नाम गरेको बिस्कुट हाम्रा घरतिर त आउन्नन्तो त!'

उहाँ भन्नुहुन्छ - 'खानदानीहरूले खाने बिस्कुट हो नि त।'

हामी त्यसपछि यस्तो मज्जाले हाँस्यौ कि सायदै यसरी हामी बहुत थोरै पटक हाँसेका थियौं। तर, बहुत लामो समयसम्म हाँसिरह्यौं। त्यसपछिका हरेक भेटमा हामी 'खानदानी' हाँसो हाँसिरह्यौ। 'खानदानी' शब्द हाम्रा लागि मजाक थियो सायद। मलाई पहिलोपटक महसुस भयो कि अरुको मजाक उडाउँदा हाँसो उठ्छ मात्रै तर, आफ्नो मजाक आफैंले उडाउँदा हाँसो उठ्दो मात्रै रहेनछ, उठेर नाच्दो पनि रहेछ, अझ आफैंले ताली बजाउँदो रहेछ।

७/८ वर्षको हुँदो हो 'मीनराज' नामक मान्छे। जो 'वसन्त' भने भइसकेको थिएन। तर, बालककालको वसन्तयाम बाँचिरहेको थियो। वसन्तयाममा रुखहरूका पात झरेजस्तो उसका दाँत झर्ने समय थियो। नयाँ पालुवाजस्तो नयाँ दाँत आउँदै थिए।

उसको दाँत हल्लियो। उ आफू दाँत हल्लाएर निकाल्न त के जिब्रोले पनि सुस्त छुन्थ्यो दाँतलाई, दुखिहाल्छ कि भनेर। आमाले थाहा पाउनु भो दाँत हल्लिएको। निकालिदिने बहुत कोसिस गर्नु भो। छुन दिए पो। राति सुत्दा पनि हातले मुख छोपेर सुत्थ्यो मीनराज। कतै राति निदाएको समयमा आमाले दाँत निकालिदिनुन्छ कि भन्ने डरले।

अभावहरूको आफ्नै मर्यादा हुन्छ, आफ्नै आदर्श हुन्छ, जसरी धनको आफ्नै रवाफ छ। अभाव देखाउने कुरा हैन। जथाभावी चलाउनु हुँदैन अभावलाई। जथाभावी नङ्ग्याउँनु हुँदैन। तर, अभावको छुट्टै शक्ति हुन्छ जसले हाम्रा तिखा नङ्ग्रालाई बोधो बनाइदिन्छ। 'सहनशीलता' शब्दको भाव बुझाइदिन्छ। 

मीनराजमाता उवाच - 'मेरी कान्छी छोरी, बेलैमा दाँत नउखेल्ने हाे भने दारो आम्च। अनि तिम्लाई सप्पैले दारे भन्चन्। इक्कुलमा नि सप्पैले दारे-दारे भनेर नाम काट्चन्। आउ बा दाँत उखेलम्। सुस्त फुsss फुsss गरेर झिउदिन्चु का।'

पछि भने एउटा बिस्कुटको प्रलोभनमा उसले दाँत निकाल्न दिने भयो। हाय! त्यो बिस्कुट खाने रहर। जुन बिस्कुट खानका निमित्त उ चपाउने दाँत फ्याँक्न तयार भयाे।

000

अभावहरूको आफ्नै मर्यादा हुन्छ, आफ्नै आदर्श हुन्छ, जसरी धनको आफ्नै रवाफ छ। अभाव देखाउने कुरा हैन। जथाभावी चलाउनु हुँदैन अभावलाई। जथाभावी नङ्ग्याउँनु हुँदैन। तर, अभावको छुट्टै शक्ति हुन्छ जसले हाम्रा तिखा नङ्ग्रालाई बोधो बनाइदिन्छ। 'सहनशीलता' शब्दको भाव बुझाइदिन्छ। अभावको धर्म मेहनत हो। अभावका निमित्त एकमात्र सत्य पनि मेहनत हो।

केही अभाव हुन्छन् जो सम्झिदा एकैपटक मनमा धेरै कुराहरु आउँछन्। आँसु आँखाका छेउछाउ आउँछन्, जस्तो गाउँमा ट्याक्टर आउँदा कोठामा गृहकार्य गरिरहेको बच्चा पेन्सिल हातमा समातेर खालीखुट्टा दगुर्दै आँगन छेउ पुग्छ। ओठकाे एउटा कापबाट अर्को कापसम्म खुरुरु मुस्कान दौडिन्छ। जसरी ट्याक्टर हेर्न आँगन छेउ आएको बच्चा ट्याक्टरले घरमुनिको बाटो काटेर गएपछि गृहकार्य सम्झेर फेरि कोठामा दौडिन्छ। कान यसरी ठाडा हुन्छन् जसरी टाढाबाट आइरहेको ट्याक्टरको आवाज सुनेपछि गृहकार्य गर्न बसेको बच्चाका कान ठाडा भएका थिए। यसरी टोलाउन मन लाग्छ एकपटक जसरी गृहकार्य गर्न थालेको बच्चा प्रश्नको उत्तर नजानेर टोलाइरहेछ।

बगैचाको एक कुनामा चिटिक्कको प्रतिक्षालय छ। जसमा प्रेममा मग्न एक जोडी छन्। टाढाबाटै देख्छौं हामी। म त सोच्छु त्यो प्रतिक्षालयमा जानु हुँदैन, पाप लाग्छ। पाप भन्ने कुरा यस्तै स-साना कुराहरू ख्याल नगर्नाले लाग्ने हो।

अभावले पनि सम्झिनका निमित्त धेरै कुरा दिँदोरहेछ।

म सम्झिन्छु पहिलोपटक तीन रुपैयाँको 'पाठक दालमोठ' किनेर खाँदा पूरा एक घन्टासम्म खान पुगेको थियो मलाई। यति थोरै-थोरै खाइरहेको थिएँ कि म त्यति थोरै-थोरै त अचेलका युवती आफ्नो प्रियसीसँग हुँदा कुरमुरे पनि खान्नन्। थप आधा घन्टासम्म हात चाट्न पुगेको थियो मलाई। यस्ताेसम्म लाग्थ्याे दुई दिनसम्म वासना आइरहेथ्यो हातमा। आमाले हाप जाङ्गे नधोइन्जेलसम्म जाङ्गेको खल्तीमा खसेका स-साना दालमोठका टुक्रा निकालिरहन्थें। पहिलोपटक दालमोठ खाँदाको त्याे पल। आहा!

अभाव थियो र त आज प्रशस्त शब्दहरू छन्। अभाव थियो र त आज पुग्दो गरेर सम्झनाहरू छन्। अभाव थियो र त रहरहरू थिए। साच्चिकै अभाव हुनु भनेको केही नहुनु हाेइन रै'छ, सबथोक हुनु रहेछ।

000

मीनराज दाइसँग पहिलोपटक कहाँ भेट भयो थाहा छैन। जे होस् हाम्रो आत्मियताको उमेर भनें प्रौढ भइसक्यो। धेरै पटक देवघाटमा भेट भएकाे छ। मलाई झिनो सम्झना छ, एकपटक माघे संक्रान्तिमा गलेश्वर आश्रममा भेट भएथ्यो। आश्रमको अतिथि भवनको भित्तामा एउटा श्लोक लेखिएको छ -  गत श्वासे अविस्वासं हरिस्मरं दिनेदिने।

साहित्यकार र सिपाहीले फूललाई हेरेर मात्रै चित्त बुझाउन सक्दैनन् रे। छोइहाल्न मन लाग्छ रे।

मैले यही श्लोकको अर्थ सोधेको थिएँ। खाेइ! बताउनु भयाे कि नाइँ! मलाई उ बेला त्यो पद्यको अर्थ थाहा थिएन। अहिले भनें अर्थ थाहा छ। एउटा कुरा के भने म हरिको स्मरण नित्य गरुँ या नगरुँ मीनराज दाजैलाई भनें सम्झिरहन्छु।

हातमा 'पिपिरी'को पाण्डुलिपि समातेर चक्रवर्ती बग‌ैचामा जान्छौं हामी। बगैचाको एक कुनामा चिटिक्कको प्रतिक्षालय छ। जसमा प्रेममा मग्न एक जोडी छन्। टाढाबाटै देख्छौं हामी। म त सोच्छु त्यो प्रतिक्षालयमा जानु हुँदैन, पाप लाग्छ। पाप भन्ने कुरा यस्तै स-साना कुराहरू ख्याल नगर्नाले लाग्ने हो। तर दाजैले भन्छन् - यो डेटिङस्थल हाेइन, धर्म गर्न आउने  ठाउँ हो।

अन्तत: त्यही प्रतीक्षालयमा  जान्छौं हामी। ती जोडा पहिलेदेखि नै सामान्य अवस्थामा थिए। हामी जानाले केही सराकसुरुक गर्नु परेन। हामी गयौं। आफ्नो काम गर्यौं। जोडी त्यहाँबाट निस्केर जान थालेका थिए। साेही बेला केटोले हाम्रो कार्यतिर केही ध्यान दिन्छ। साहित्यमा पुग्दो खालको रुचि रहेको कुरा जनाउँछ। म मीनराज दाजैको सामान्य परिचय दिन्छु। राम्रो साहित्यकार, फलानो पुस्तकका लेखक, नयाँ पुस्तक आउँदै गरेको, यो त्यसैको पाण्डुलिपि, फेसबुकमा यो नाम छ, यो ब्लगमा उहाँका लेखहरू पढ्न सकिन्छ, पत्रिकामा पनि लेखहरू आइरहन्छन्। म पुग्दो परिचय दिन्छु।

कुन्नी किन उता युवती भने हाँसिरहन्छे। उनीहरू जान्छन्। युवती नराम्री भन्न नमिल्ने थिइ। अर्काकी प्रेमिकाको ज्यादा वर्णन गर्नु परेन। युवक भने राम्रो थियो।

उनीहरू गएपछि म भन्छु, 'साहित्यकार भनेसी हुरुक्कै भएकाे बताउने ती युवती, हजुरलाई हेर्दै हाँस्दै गरिराथिन्।'

मेरी कान्छी छोरी, बेलैमा दाँत नउखेल्ने हाे भने दारो आम्च। अनि तिम्लाई सप्पैले दारे भन्चन्। इक्कुलमा नि सप्पैले दारे-दारे भनेर नाम काट्चन्। आउ बा दाँत उखेलम्। सुस्त फुsss फुsss गरेर झिउदिन्चु का।

केही उत्ताउलो कुरा गरिबस्छौं। साहित्यकार र सिपाहीले फूललाई हेरेर मात्रै चित्त बुझाउन सक्दैनन् रे। छोइहाल्न मन लाग्छ रे। लामो समय हाँसिराख्छौं हामी। धेरैपछि थाहा हुन्छ दाजैको पाइन्टको फस्नर खुल्ला रहेछ। तर खाेइ कुन्नी ती युवती किन हाँसिन् थाहा भएन।

पाण्डुलिपिमा रहेका खुल्ला फस्नर बन्द गर्ने काम भनें चलिरह्यो।

०००

यतिबेला कोट पाइन्ट लगाएर तयार भई 'पिपिरी' बजार घुम्न निस्किएकाे छ। सुन्दर त पक्कै भएर बजार निस्किएकाे छ 'पिपिरी'। बजार मात्रै डुल्छ कि पाठकको हृदयमा पनि डुल्छ भन्ने कुरा त्यो त समयले बताउला।

'पिपिरी'को धुन धोद्रो  नभैजाओस्। बजार खाओस्। उपन्यासकार दाजु मीनराज वसन्त र उनको कृति 'पिपिरी'लाई सफलताको शुभकामना।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ?
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्