• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियाको एउटा पत्र–कथा : नेपालबाट कामदार लैजान समस्या छैन, प्रक्रिया पुरानै

64x64
नेपाल लाइभ आइतबार, माघ १३, २०७५  १५:३६
1140x725

काठमाडौं– गत जनवरी २१ अर्थात माघ ७ गते काठमाडाैंस्थित मलेसियाली दूतावासले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै एउटा पत्र लेख्यो। पत्रमा नौ महिनादेखि बन्द रहेको मलेसियाको रोजागरीका विषयमा चासोसहित भनिएको छ, ‘हामी नेपालको श्रम मन्त्रालयलाई यो जानकारी गराउँछौं, कामदार छनोट पूर्वसहमति अनुसार नै हुनेछ। नयाँ प्रक्रिया तत्कालको अवस्थामा सम्भव छैन।’

पत्रमा दूतावासले स्पष्टरुपमा उल्लेख गरेको छ– ‘नेपालबाट कामदार लैजान समस्या नै छैन।’ 

पत्रले वैदेशिक रोजगारी व्यवसाय वृत्तमा मात्र होइन स्वयम् मन्त्रालयभित्र पनि नयाँ तरंग पैदा गरिदिएको छ। श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले जुन अठोट र योजनासहित मलेसियाको रोजगारी प्रक्रिया ‘शुद्धिकरण’ गर्ने भनेका थिए, त्यसलाई मलेसियाको पछिल्लो मनस्थिति र उसले बनाएका कतिपय आफ्ना प्रक्रियाप्रतिको मोहका कारण स्थिति झनै पेचिलो र अप्ठ्यारो बनाइएको छ।

‘९/९ महिना भइसक्यो, मन्त्रीले पनि सबैलाई चित्तबुझ्दो विकल्प स्थापित गर्न सक्नु भएन। स्थिति अझै अन्योलग्रस्त हुँदै गएको छ’, दूतावासको पत्रपछि श्रम मन्त्रालयका एक उच्च अधिकृतले नेपाल लाइभसँग भने, ‘स्वाभाविक रुपमा मलेसियाको चासो सघन बन्दै गइरहेको छ। यही कारणले दुई देशबीचको कुटनीतिक सम्बन्ध प्रभावित नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ।’

कुटनीतिक सम्बन्धको विषयलाई समेत जोड्नुपर्ने परिस्थिति सृजना गर्ने मलेसियाको पछिल्लो पत्रमा के रहेछ त्यस्तो? हामीले पत्र पढ्यौं। यद्यपि मलेसिया रोजगारीका विषयमा दुई देशबीच पटक–पटक संवाद तथा पत्राचार पनि भइरहेका छन्।

पत्रमा नेपाल सरकार र मलेसिया सरकारबीच अक्टोबर २९ मा भएको श्रम सम्झौताअनुसार नेपाली श्रमिकलाई मलेसिया लैजाने उचित वातावरण निर्माण गर्न परराष्ट्रको आग्रहलाई सम्मान गरिएको छ। साथै, मलेसियाको स्वाथ्य मन्त्रालयले विदेशी कामदार ल्याउँदा अपनाउने बायोमेडिकल प्रणालीको नयाँ प्रक्रियाका विषयमा नेपाल सरकारलाई जानकारी गराइएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले गत जनवरी ८ मा यसै विषयलाई लिएर मलेसियाली दूतावासलाई पत्राचार गरेको थियो।

मलेसियाली दूतावासको पत्र पढ्दा उसले अरु देशहरुबाट जसरी र जुन प्रक्रिया अपनाएर देशभित्र कामदार भित्र्याइरहेको छ, सोहीअनुरुप नेपालबाट पनि कामदार लैजाने प्रक्रियालाई निरन्तरता दिन चाहेको स्पष्ट हुन्छ। नयाँ प्रावधानका हकमा पनि उसले अन्य देश र नेपालले पनि एउटै प्रक्रिया ‘फलो’ गर्नुपर्नेमा जोड दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सबैभन्दा पहिले इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) मार्फत् सुरक्षा जाँच पास भएको अवस्थामा बायोमेट्रिक स्वास्थ्य परीक्षण हुन्छ। स्वास्थ्य परीक्षण पनि तोकिएका ३७ वटा मेडिकल संस्थाबाट मात्रै सम्भव छ। यी दुई प्रक्रिया पुरा गरेका कामदारलाई मात्रै ओएससीमार्फत् भिसा प्रक्रिया सुरु गरेर कामदार लैजाने हो’, दुतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ।

साथै, मलेसियाली दूतावासले पत्रमार्फत् २०१८ मे महिनाअघि मलेसिया जान भिसा लागेका नेपालीलाई प्राथमिकतामा राख्दै ती कामदारलाई नेपाल सरकारले श्रम स्वीकृति देओस् भन्ने अपेक्षासमेत गरेको छ।

मलेसियाले जुन प्रक्रियाबाट नेपालसँग कामदार आपूर्ति गरिरहेको छ, अन्य मुलक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायतका देशबाट पनि उही प्रक्रियाबाट कामदार लगिरहेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकै अडानका कारण ९ महिनादेखि मलेसियाको रोजगारी बन्द छ। मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने कामदार माथि विभिन्न पाँच संस्थाले आर्थिक भार थपेको भन्दै कारबाही गरेको थियो। कारबाही गरिएको ९ महिना बितिसक्दा पनि सो समस्या सुल्झिन सकेको छैन।

Xtrem

Xtrem

श्रम मन्त्री विष्टले गत जेठ पहिलो साता मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको भन्दै भिएलएन, माइग्राम, आइएससी, ओएसी (वनस्टेप सेन्टर) र बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने संस्थाको खारेजीका लागि पराराष्ट्रमार्फत् कुटनीतिक पहल गर्ने निर्णय सुनाएका थिए।

सो निर्णयसँगै मलेसियाको रोजगारीमा हलचल पैदा भएको थियो।

मन्त्रीको निर्णय लगत्तै यी संस्थाले काम बन्द गर्ने निर्णय गरे। काम बन्द गरेलगत्तै ४४ जनालाई प्रकाउ पनि गरियो। श्रम मन्त्रालयले ती संस्थाबाट हुँदै आएको सम्पूर्ण कामसमेत बन्द गर्ने निर्णय गरेको थियो। पक्राउ परेका कतिपय व्यवसायीले सफाइ पाइसकेका छन् त कतिपयको मुद्दा अदालतमा विचाराधीन छ। कतिपय भने अझै परारको सूचीमा छन्।

मन्त्रालयको निर्णयसँगै मासिक नयाँ रोजगारीका लागि मलेसिया पुग्ने सरदर १० हजार युवा त्यहाँ जानबाट वञ्चित भएका छन्। नयाँ प्रक्रिया पूर्णरुपमा बन्द भएपनि त्यसअघि नै सबै प्रक्रिया पुरा गरेका युवा हालसम्म पनि मलेसिया जान पाएका छैनन्।

अन्योलताका बीच नै  मलेसिया सरकार र श्रम मन्त्रालयबीच गएको कात्तिक १२ गते शून्य लागतमा कामदार लैजाने गरी ‘एमओयू’ भएको थियो। तर, ‘एमओयू’मा नेपालबाट मलेसियाले वार्षिक कति कामदार कुन क्षेत्रमा लैजाने भने स्पष्ट गरिएको थिएन।

‘एमओयू’पछि पनि मलेसियाले पुरानै प्रक्रियाबाट कामदार लैजाने अडान राखिरहेको छ। साथै, ‘एमओयू’ले समेटेको नेपाली कामदारले तिर्दै आएको शूल्क भने रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने बुँदामा पनि मलेसिया सहमत छ।

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएकाे पत्र:

प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्