• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १२, २०८२ Mon, May 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
कहाँ होला प्रदेश १ को स्थायी राजधानी?
64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०९:०१
1140x725

इटहरी– देश संघीयताको अभ्यासमा छ। कतै राजधानी तोकिने नाममा त कतै प्रदेश नामाकरणमा विवादहरु देखिएका छन्। सात प्रदेशमध्ये कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशको नामकरण भइसकेको छ। अरु प्रदेश पनि नाम जुराउने कसरतमा छन्।

_x000D_ _x000D_

पूर्वको प्रदेश १ को स्थायी राजधानी कहाँ बन्ला? बहस सतहमा आएको छ। 

_x000D_ _x000D_

स्थायी राजधानी कहाँ हुने भन्ने विषयले अहिले प्रदेशवासीको ध्यान खिचेको छ। जनतादेखि सांसदसम्म स्थायी राजधानी आफ्नो पायक पर्ने स्थानमा परोस् भन्ने ध्याउन्नमा देखिन्छन्। प्रदेश सांसद्‍ले आफ्नो बलबुताले भ्याउन्जेल लबिङ गरिरहेका छन्।

_x000D_ _x000D_
_x000D_

विराटनगरका व्यापारीहरुले आफ्नो सक्रियता तीव्र पारेका छन्। विराटनगर आसपासका सांसद् तथा प्रभावशाली नेतालाई उनीहरुले त रात्रिभोजमा समेत बसाइसकेका छन्। 

_x000D_
_x000D_ _x000D_

सांसद् मात्र होइन व्यापारी, नागरिक समाज, लेखक तथा पत्रकारले पनि प्रदेश राजधानी उपयुक्त स्थानमा हुनुपर्ने तर्क गर्न थालेका छन्। पत्रकार महासंघ प्रदेश समितिले प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त हुने तर्कसहित मुख्यमन्त्री शेरधन राईसमक्ष लिखित सुझाव बुझाइसकेको छ। 

_x000D_ _x000D_

विराटनगरका व्यापारीहरुले आफ्नो सक्रियता तीव्र पारेका छन्। विराटनगर आसपासका सांसद् तथा प्रभावशाली नेतालाई उनीहरुले त रात्रिभोजमा समेत बसाइसकेका छन्।

_x000D_ _x000D_

खुर्सिद आलमको हत्यासँगै बहसमा आएको सुरक्षाको विषय थप प्रभावशाली बन्दै गइरहेको छ। राजधानीभन्दा नामाकरणलाई मात्र ध्यान दिएका साना दलले समेत राजधानीबारे मुख खोल्न सुरु गरेका छन्। 

_x000D_ _x000D_

संघीय लोकत्रान्त्रिक राष्ट्रिय मञ्चकी सांसद् विष्णु तुम्बाहाम्फे विराटनगरबाहिर  राजधानी राख्नुपर्ने तर्क गर्छिन्। विराटनगर सिमाना नजिकै भएको र यहाँ सांसद्‌हरु असुरक्षित हुने हुँदा राजधानी सार्नुपर्ने उनको भनाइ छ। उनकै भनाइमा सहमति जनाउँदै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव पनि राजधानी सुरक्षित स्थानमा राख्नुपर्ने सुझाउँछन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

राजधानीको विषय पेचिलो बन्दै गर्दा प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अझै मौन छ। 

_x000D_ _x000D_

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन। कांग्रेसले औपचारिक रूपमा राजधानीको विषय उठान गर्न सकेको छैन। धेरैले यसलाई कांग्रेसको राजधानीको रणनीतिको रुपमा बुझ्न थालेका छन्। 

_x000D_ _x000D_

कांग्रेस सांसद चन्द्रप्रसाद श्रेष्ठ भने विराटनगरबाहिर राजधानी लैजानुपर्ने पक्षमा छन्। तर सिंगो कांग्रेसले त्यसलाई पूर्ण समर्थन गर्ने जस्तो देखिन्न।

_x000D_ _x000D_

सत्तापक्षीय सांसद लिलम बस्नेत पनि विराटनगरबाहिरै राजधानी हुनुपर्ने पक्षमा छन्। 'राजधानी भनेको कसैको निर्वाचन क्षेत्र र जग्गालाई हेरेर होइन। प्रदेशका जनताको सुविधालाई मध्यनजर गरेर घोषणा गरिनुपर्छ,' उनको तर्क छ। 

_x000D_ _x000D_

सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने भन्दै इटहरी तथा आसपासको क्षेत्रलाई समेटेर राजधानी बनाउन उनले लबिङ गरिरहेका छन्। आफ्नै घरमा प्रदेश सांसद्‌को भेला बोलाएरै उनले राजधानीको विषयमा इटहरीलाई समर्थन गर्न बारम्बार आग्रह गरिरहेका छन्। 

_x000D_ _x000D_

यता, मुख्यमन्त्री शेरधन राई भने विराटनगर, इटहरी, धरान लगायत मुख्य सहरलाई समेटेर 'बृहत्तर विराटनगर' बनाउने पक्षमा देखिएका छन्। राजधानी र नामांकन एकै पटक टुंगो लगाउने गरी तयारी भइरहेको बताउँछन् उनी। 'कसैको जग्गा र घरलाई हेरेर भन्दा पनि प्रदेशको विकास र भविष्यलाई हेरेर राजधानी घोषणा हुनुपर्छ,' उनको भनाइ छ। 

_x000D_ _x000D_
_x000D_

स्थानीय तह निर्वाचनको समयमा कांग्रेसले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने कुरा घोषणापत्रमा समावेश गरेको थियो।

_x000D_
_x000D_ _x000D_

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की विराटनगरको लागि सम्पूर्ण संरचना बनिसकेकाले राजधानी सार्ने झन्झट नगर्न सुझाउँछन्। मन्त्रीदेखि व्यापारीसम्मको रोजाइमा परेको विराटनगरले अधिकांश सांसदको मन खिच्न सकेको छैन। 

_x000D_ _x000D_

संसद्मा बहुमतका आधारमा राजधानी तोक्ने कार्यक्रम भए विराटनगरबाहिर राजधानी जाने डरले सरकार सहमति जुटाउने ध्याउन्नमा लागेको छ। त्यसैले पनि मुख्यमन्त्री राई बारम्बार सहमतिमै राजधानी र नामांकन टुंगो लाग्ने बताउँदै आएका छन्। 

_x000D_ _x000D_

प्रदेश १ का विराटनगर, इटहरी, धनकुटा र धरान सहरले स्थायी राजधानीको दाबी गरिरहेका छन्। अस्थायी राजधानी सञ्चालन हुँदा संरचना तयार भएको र ऐतिहासिक सहर हुनुको नाताले स्थायी राजधानी दाबी गरीरहेको छ विराटनगर। इटहरीले सुरक्षित र सबैलाई पायक पर्ने सहर भनेको छ भने धनकुटाले हावापानी र पुरानो क्षेत्रीय कार्यालयका संरचनाले राजधानी हुन योग्य भएको तर्क गरिरहेको छ। धरान व्यवस्थित र सुरक्षित सहरको पहिचान अघि सार्दै राजधानी दाबी गरिरहेको छ। 

_x000D_ _x000D_

राजधानी आफूले भनेकै स्थानमा फरक नपरोस् भन्ने बुझाइमा प्रतिपक्षी कांग्रेस छ। अस्थायी राजधानीको रूपमा रहेको विराटनगर कांग्रेसको पकेट क्षेत्र भएकोले विराटनगर नै स्थायी राजधानी हुनुपर्ने कांग्रेसका केही सांसदको बुझाइ छ। प्रदेशको एक मात्र महानगरपालिकामा कांग्रेसको नेतृत्व छ। स्थानीय तह निर्वाचनको समयमा कांग्रेसले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने कुरा घोषणापत्रमा समावेश गरेको थियो। त्यसैले पनि हुँदाछँदाको राजधानी बाहिर गयो भने कांग्रेसमाथि थप दबाब हुने देखिएको छ। त्यति मात्र होइन नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको पकड क्षेत्र भएकोले पनि विराटनगरबाहिर राजधानी लैजान कांग्रेसलाई सकस परिरहेको छ। 

_x000D_ _x000D_

कांग्रेसको नजर गोठगाउँ
_x000D_ कांग्रेसका प्रमुख सचेतक केदार कार्की विराटनगरको विकल्प खोज्न नहुने बताउँछन्। प्रदेशको विकास र आर्थिक समृद्धिको विषयमा योजना बनाउने बेला राजधानीको विषय उठाउन जरुरी नरहेको उनको भनाइ छ। 

_x000D_ _x000D_

कार्कीकै भनाइलाई आधार मान्दै संसदीय दलका नेता राजीव कोइराला पनि मौन देखिएका छन्। उनको मौनता झनै कूटनीतिक देखिन्छ। उनी डा कोइराला निकट भएकोले पनि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने इटहरीको बारेमा खुलस्त बोल्न सकेका छैनन्।

_x000D_ _x000D_
_x000D_

डा कोइरालाकै निर्वाचन क्षेत्र मानिएको मोरङको गोठगाउँलाई कांग्रेसले समर्थन गर्न सक्ने देखिएको छ। सुनसरीका विजयी सांसद मौन रहेको अवस्थामा डा कोइराला भने राजधानीको विषयमा बारम्बार छलफल र परामर्शमा छन्।

_x000D_
_x000D_ _x000D_

प्रतिनिधिसभाका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा विजयी कांग्रेसले सुनसरीकै धरान वा इटहरीको समर्थन गर्न सकिरहेको छैन। सुनसरी कांग्रेसका सभापति समेत रहेका उनी सुनसरी नै राजधानी हुनुपर्छ भन्नेमा लागिपरेको जस्तो देखिँदैन। 

_x000D_ _x000D_

डा कोइरालाकै निर्वाचन क्षेत्र मानिएको मोरङको गोठगाउँलाई कांग्रेसले समर्थन गर्न सक्ने देखिएको छ। सुनसरीका विजयी सांसद मौन रहेको अवस्थामा डा कोइराला भने राजधानीको विषयमा बारम्बार छलफल र परामर्शमा छन्। सुनसरीका बहुमत क्षेत्रमा विजयी भएको कांग्रेसले मोरङकै बारेमा सहमत हुन खोज्नु थप चासोको विषय बनेको छ। 

_x000D_ _x000D_

कुनै बेला कांग्रेसको पकड जिल्ला मानिएको मोरङ पछिल्लो समय कमजोर बन्दै गइरहेको छ। प्रदेश राजधानी मोरङमै राख्न सके पुरानो विरासत बिउत्याउन सक्ने उसको बुझाइ छ। त्यसैले पनि सकेसम्म विराटनगरमै जोड दिने नभए गोठगाउँमा पनि सहमत हुन सक्ने गरी कांग्रेसले तयारी थालेको छ। 

_x000D_ _x000D_

कांग्रेसका लागि धरान खासै उर्वर नहुनु, इटहरी र धनकुटा पनि कांग्रेस पराजित नगर भएकोले विराटनगर नै कांग्रेसको प्राथमिकतामा परेको हो। 

_x000D_ _x000D_

तर खुर्सिद आलमको हत्याकाण्ड पछाडि राजधानीको बहस थप पेचिलो भइरहेको छ। विराटनगरमा सुरक्षा संवेदनशीलता बढी भएकोले स्थायी राजधानी बनाउन सांसदहरू सशंकित भएका हुन्। 

_x000D_ _x000D_

खुर्सिद हत्यापछि विराटनगरले स्थायी राजधानी बन्ने सम्भावना गुमाएको जस्तो देखिएको छ। धनकुटका लागि लबिङ कमजोर देखिएको छ। धरानका अधिकांश सांसद् राजधानी राख्न इच्छुक देखिएका छैनन्। 

_x000D_ _x000D_

मुख्यमन्त्री नै खुल्ला क्षेत्रमा नयाँ स्मार्ट सिटी बनाउने ध्याउन्नमा छन्। विराटनगरमा राजधानी बनाउनुहुन्न भन्ने मत बलियो भइरहेका बेला इटहरीको सम्भावना चुलिएको छ। विराटनगरबाहिरको जनमतको पनि सम्मान हुने, सिमानाभन्दा टाढा रहने, इटहरीको नजिक र मुख्यमन्त्रीले खोजेजस्तै खुल्ला क्षेत्र भएकोले कांग्रेसले भने गोठगाउँलाई सम्भावित राजधानीका रुपमा हेरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ
सेयर धितो कर्जाको जोखिम भार घट्यो
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ आइतबार, जेठ ११, २०८२
सेयर धितो कर्जाको जोखिम भार घट्यो आइतबार, जेठ ११, २०८२
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय आइतबार, जेठ ११, २०८२
१५ औं राष्ट्रपति रनिङ सिल्ड जेठ अन्तिममा आइतबार, जेठ ११, २०८२
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्