• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कहाँ होला प्रदेश १ को स्थायी राजधानी?

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०९:०१
1140x725

इटहरी– देश संघीयताको अभ्यासमा छ। कतै राजधानी तोकिने नाममा त कतै प्रदेश नामाकरणमा विवादहरु देखिएका छन्। सात प्रदेशमध्ये कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशको नामकरण भइसकेको छ। अरु प्रदेश पनि नाम जुराउने कसरतमा छन्।

_x000D_ _x000D_

पूर्वको प्रदेश १ को स्थायी राजधानी कहाँ बन्ला? बहस सतहमा आएको छ। 

_x000D_ _x000D_

स्थायी राजधानी कहाँ हुने भन्ने विषयले अहिले प्रदेशवासीको ध्यान खिचेको छ। जनतादेखि सांसदसम्म स्थायी राजधानी आफ्नो पायक पर्ने स्थानमा परोस् भन्ने ध्याउन्नमा देखिन्छन्। प्रदेश सांसद्‍ले आफ्नो बलबुताले भ्याउन्जेल लबिङ गरिरहेका छन्।

_x000D_ _x000D_
_x000D_

विराटनगरका व्यापारीहरुले आफ्नो सक्रियता तीव्र पारेका छन्। विराटनगर आसपासका सांसद् तथा प्रभावशाली नेतालाई उनीहरुले त रात्रिभोजमा समेत बसाइसकेका छन्। 

_x000D_
_x000D_ _x000D_

सांसद् मात्र होइन व्यापारी, नागरिक समाज, लेखक तथा पत्रकारले पनि प्रदेश राजधानी उपयुक्त स्थानमा हुनुपर्ने तर्क गर्न थालेका छन्। पत्रकार महासंघ प्रदेश समितिले प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त हुने तर्कसहित मुख्यमन्त्री शेरधन राईसमक्ष लिखित सुझाव बुझाइसकेको छ। 

_x000D_ _x000D_

विराटनगरका व्यापारीहरुले आफ्नो सक्रियता तीव्र पारेका छन्। विराटनगर आसपासका सांसद् तथा प्रभावशाली नेतालाई उनीहरुले त रात्रिभोजमा समेत बसाइसकेका छन्।

_x000D_ _x000D_

खुर्सिद आलमको हत्यासँगै बहसमा आएको सुरक्षाको विषय थप प्रभावशाली बन्दै गइरहेको छ। राजधानीभन्दा नामाकरणलाई मात्र ध्यान दिएका साना दलले समेत राजधानीबारे मुख खोल्न सुरु गरेका छन्। 

_x000D_ _x000D_

संघीय लोकत्रान्त्रिक राष्ट्रिय मञ्चकी सांसद् विष्णु तुम्बाहाम्फे विराटनगरबाहिर  राजधानी राख्नुपर्ने तर्क गर्छिन्। विराटनगर सिमाना नजिकै भएको र यहाँ सांसद्‌हरु असुरक्षित हुने हुँदा राजधानी सार्नुपर्ने उनको भनाइ छ। उनकै भनाइमा सहमति जनाउँदै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव पनि राजधानी सुरक्षित स्थानमा राख्नुपर्ने सुझाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

राजधानीको विषय पेचिलो बन्दै गर्दा प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अझै मौन छ। 

_x000D_ _x000D_

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन। कांग्रेसले औपचारिक रूपमा राजधानीको विषय उठान गर्न सकेको छैन। धेरैले यसलाई कांग्रेसको राजधानीको रणनीतिको रुपमा बुझ्न थालेका छन्। 

_x000D_ _x000D_

कांग्रेस सांसद चन्द्रप्रसाद श्रेष्ठ भने विराटनगरबाहिर राजधानी लैजानुपर्ने पक्षमा छन्। तर सिंगो कांग्रेसले त्यसलाई पूर्ण समर्थन गर्ने जस्तो देखिन्न।

_x000D_ _x000D_

सत्तापक्षीय सांसद लिलम बस्नेत पनि विराटनगरबाहिरै राजधानी हुनुपर्ने पक्षमा छन्। 'राजधानी भनेको कसैको निर्वाचन क्षेत्र र जग्गालाई हेरेर होइन। प्रदेशका जनताको सुविधालाई मध्यनजर गरेर घोषणा गरिनुपर्छ,' उनको तर्क छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने भन्दै इटहरी तथा आसपासको क्षेत्रलाई समेटेर राजधानी बनाउन उनले लबिङ गरिरहेका छन्। आफ्नै घरमा प्रदेश सांसद्‌को भेला बोलाएरै उनले राजधानीको विषयमा इटहरीलाई समर्थन गर्न बारम्बार आग्रह गरिरहेका छन्। 

_x000D_ _x000D_

यता, मुख्यमन्त्री शेरधन राई भने विराटनगर, इटहरी, धरान लगायत मुख्य सहरलाई समेटेर 'बृहत्तर विराटनगर' बनाउने पक्षमा देखिएका छन्। राजधानी र नामांकन एकै पटक टुंगो लगाउने गरी तयारी भइरहेको बताउँछन् उनी। 'कसैको जग्गा र घरलाई हेरेर भन्दा पनि प्रदेशको विकास र भविष्यलाई हेरेर राजधानी घोषणा हुनुपर्छ,' उनको भनाइ छ। 

_x000D_ _x000D_
_x000D_

स्थानीय तह निर्वाचनको समयमा कांग्रेसले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने कुरा घोषणापत्रमा समावेश गरेको थियो।

_x000D_
_x000D_ _x000D_

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की विराटनगरको लागि सम्पूर्ण संरचना बनिसकेकाले राजधानी सार्ने झन्झट नगर्न सुझाउँछन्। मन्त्रीदेखि व्यापारीसम्मको रोजाइमा परेको विराटनगरले अधिकांश सांसदको मन खिच्न सकेको छैन। 

_x000D_ _x000D_

संसद्मा बहुमतका आधारमा राजधानी तोक्ने कार्यक्रम भए विराटनगरबाहिर राजधानी जाने डरले सरकार सहमति जुटाउने ध्याउन्नमा लागेको छ। त्यसैले पनि मुख्यमन्त्री राई बारम्बार सहमतिमै राजधानी र नामांकन टुंगो लाग्ने बताउँदै आएका छन्। 

_x000D_ _x000D_

प्रदेश १ का विराटनगर, इटहरी, धनकुटा र धरान सहरले स्थायी राजधानीको दाबी गरिरहेका छन्। अस्थायी राजधानी सञ्चालन हुँदा संरचना तयार भएको र ऐतिहासिक सहर हुनुको नाताले स्थायी राजधानी दाबी गरीरहेको छ विराटनगर। इटहरीले सुरक्षित र सबैलाई पायक पर्ने सहर भनेको छ भने धनकुटाले हावापानी र पुरानो क्षेत्रीय कार्यालयका संरचनाले राजधानी हुन योग्य भएको तर्क गरिरहेको छ। धरान व्यवस्थित र सुरक्षित सहरको पहिचान अघि सार्दै राजधानी दाबी गरिरहेको छ। 

_x000D_ _x000D_

राजधानी आफूले भनेकै स्थानमा फरक नपरोस् भन्ने बुझाइमा प्रतिपक्षी कांग्रेस छ। अस्थायी राजधानीको रूपमा रहेको विराटनगर कांग्रेसको पकेट क्षेत्र भएकोले विराटनगर नै स्थायी राजधानी हुनुपर्ने कांग्रेसका केही सांसदको बुझाइ छ। प्रदेशको एक मात्र महानगरपालिकामा कांग्रेसको नेतृत्व छ। स्थानीय तह निर्वाचनको समयमा कांग्रेसले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने कुरा घोषणापत्रमा समावेश गरेको थियो। त्यसैले पनि हुँदाछँदाको राजधानी बाहिर गयो भने कांग्रेसमाथि थप दबाब हुने देखिएको छ। त्यति मात्र होइन नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको पकड क्षेत्र भएकोले पनि विराटनगरबाहिर राजधानी लैजान कांग्रेसलाई सकस परिरहेको छ। 

_x000D_ _x000D_

कांग्रेसको नजर गोठगाउँ
_x000D_ कांग्रेसका प्रमुख सचेतक केदार कार्की विराटनगरको विकल्प खोज्न नहुने बताउँछन्। प्रदेशको विकास र आर्थिक समृद्धिको विषयमा योजना बनाउने बेला राजधानीको विषय उठाउन जरुरी नरहेको उनको भनाइ छ। 

_x000D_ _x000D_

कार्कीकै भनाइलाई आधार मान्दै संसदीय दलका नेता राजीव कोइराला पनि मौन देखिएका छन्। उनको मौनता झनै कूटनीतिक देखिन्छ। उनी डा कोइराला निकट भएकोले पनि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने इटहरीको बारेमा खुलस्त बोल्न सकेका छैनन्।

_x000D_ _x000D_
_x000D_

डा कोइरालाकै निर्वाचन क्षेत्र मानिएको मोरङको गोठगाउँलाई कांग्रेसले समर्थन गर्न सक्ने देखिएको छ। सुनसरीका विजयी सांसद मौन रहेको अवस्थामा डा कोइराला भने राजधानीको विषयमा बारम्बार छलफल र परामर्शमा छन्।

_x000D_
_x000D_ _x000D_

प्रतिनिधिसभाका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा विजयी कांग्रेसले सुनसरीकै धरान वा इटहरीको समर्थन गर्न सकिरहेको छैन। सुनसरी कांग्रेसका सभापति समेत रहेका उनी सुनसरी नै राजधानी हुनुपर्छ भन्नेमा लागिपरेको जस्तो देखिँदैन। 

_x000D_ _x000D_

डा कोइरालाकै निर्वाचन क्षेत्र मानिएको मोरङको गोठगाउँलाई कांग्रेसले समर्थन गर्न सक्ने देखिएको छ। सुनसरीका विजयी सांसद मौन रहेको अवस्थामा डा कोइराला भने राजधानीको विषयमा बारम्बार छलफल र परामर्शमा छन्। सुनसरीका बहुमत क्षेत्रमा विजयी भएको कांग्रेसले मोरङकै बारेमा सहमत हुन खोज्नु थप चासोको विषय बनेको छ। 

_x000D_ _x000D_

कुनै बेला कांग्रेसको पकड जिल्ला मानिएको मोरङ पछिल्लो समय कमजोर बन्दै गइरहेको छ। प्रदेश राजधानी मोरङमै राख्न सके पुरानो विरासत बिउत्याउन सक्ने उसको बुझाइ छ। त्यसैले पनि सकेसम्म विराटनगरमै जोड दिने नभए गोठगाउँमा पनि सहमत हुन सक्ने गरी कांग्रेसले तयारी थालेको छ। 

_x000D_ _x000D_

कांग्रेसका लागि धरान खासै उर्वर नहुनु, इटहरी र धनकुटा पनि कांग्रेस पराजित नगर भएकोले विराटनगर नै कांग्रेसको प्राथमिकतामा परेको हो। 

_x000D_ _x000D_

तर खुर्सिद आलमको हत्याकाण्ड पछाडि राजधानीको बहस थप पेचिलो भइरहेको छ। विराटनगरमा सुरक्षा संवेदनशीलता बढी भएकोले स्थायी राजधानी बनाउन सांसदहरू सशंकित भएका हुन्। 

_x000D_ _x000D_

खुर्सिद हत्यापछि विराटनगरले स्थायी राजधानी बन्ने सम्भावना गुमाएको जस्तो देखिएको छ। धनकुटका लागि लबिङ कमजोर देखिएको छ। धरानका अधिकांश सांसद् राजधानी राख्न इच्छुक देखिएका छैनन्। 

_x000D_ _x000D_

मुख्यमन्त्री नै खुल्ला क्षेत्रमा नयाँ स्मार्ट सिटी बनाउने ध्याउन्नमा छन्। विराटनगरमा राजधानी बनाउनुहुन्न भन्ने मत बलियो भइरहेका बेला इटहरीको सम्भावना चुलिएको छ। विराटनगरबाहिरको जनमतको पनि सम्मान हुने, सिमानाभन्दा टाढा रहने, इटहरीको नजिक र मुख्यमन्त्रीले खोजेजस्तै खुल्ला क्षेत्र भएकोले कांग्रेसले भने गोठगाउँलाई सम्भावित राजधानीका रुपमा हेरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्