• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १२, २०८२ Mon, May 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
देशभित्रै युवालाई रोजगारी दिन यस्ता छन् श्रम मन्त्रालयका मुख्य योजना
64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  ०२:२९
1140x725

काठमाडौं– आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा देशभित्रै न्यूनतम रोजगारीको प्रत्याभूति र बाध्यताकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने सरकारले घोषणा गरिसकेको छ। बाध्यकारी वैदेशिक रोजगार अन्त्य गर्न युवालक्षित निर्वाह भत्तादेखि अनिवार्य रोजगारी र उद्यमी बन्न ऋणसम्मको सुविधा दिने योजना सार्वजनिक भएसँगै बेरोजगार युवाहरु उत्साहित भएका छन्।

_x000D_ _x000D_

यसका लागि अहिले देशभित्र उद्यमी, स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्न सम्भावनाको अध्ययन भइरहेको छ।

_x000D_ _x000D_

सरकारले आव २०७५/७६ भित्र करिब २ लाख र २०७९/८० सम्ममा ७ लाख युवालाई आन्तरिक श्रम बजारमा रोजगारी दिलाउनेगरी काम गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले बताउँदै आएका छन्। मन्त्री विष्टकै भनाइलाई आधार मान्ने हो भने पनि अबको ५ वर्षमा हाल भइरहेको बाहेक थप ७ लाख युवालाई उद्यमी बन्ने र रोजगारीका अवसर सिर्जना गर्न सरकारलाई थप दायित्व थपिएको छ। 

_x000D_ _x000D_

मन्त्री विष्टले सोही लक्ष्य हासिल गर्न सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयमार्फत स्थानीय स्तरमा युवालाई उद्यमी बनाउन र रोजगारीका अवसर खोजी गर्न आवश्यक तयारी थालिएको पनि बताउँदै आएका छन्। जसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको श्रम मन्त्रालयले जनाएको छ।

_x000D_ _x000D_

सरकारी घोषणा अनुसार काम भए आगामी ५ वर्षभित्रमा नेपाली युवा कामको खोजीमा विदेशिनुपर्ने बाध्यतामा केही राहत मिल्ने देखिन्छ। तर, कार्यक्रम घोषणा गर्दैगर्दा सरकारले युवा पलायन रोक्न कुनकुन क्षेत्रमा रोजगारीका के–कस्ता कार्यक्रम अघि सार्ने तयारी गरिरहेको छ त भन्ने विषयमा भने खासै प्रभावकारी योजना सार्वजानिक गर्न सकेको छैन। 

_x000D_ _x000D_
_x000D_

अबका दिनमा मन्त्रालयले आन्तरिक श्रम बजार र रोजगारका अवसरको अध्ययन गरी बेरोजगारको समस्या समाधान गर्नेछ। 

_x000D_
_x000D_ _x000D_

वैदेशिक रोजगारीमा युवा जाने क्रमको अन्त्य गर्ने र देशभित्रै युवालाई उद्यमी बनाउने धेरै उपाय सरकारसँग रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल बताउँछन्। सचिव दाहालका अनुसार अबका दिनमा मन्त्रालयले आन्तरिक श्रम बजार र रोजगारका अवसरको अध्ययन गरी बेरोजगारको समस्या समाधान गर्नेछ। 

_x000D_ _x000D_

‘रोजगारी नै गर्नुपर्छ भन्ने छैन। कुनै उद्योग व्यवसाय थालेर अरुलाई पनि रोजगारी दिलाउन सकिन्छ,’ उनी भन्छन्, ‘वैदेशिक रोजगारी पछिल्लो समय बाध्यताभन्दा पनि रहर बन्दै गएको छ। यसको विकल्प सरकारले खोज्नुपर्ने समय आएको छ।’ नेपाली युवाले विदेशमा सिकेको सिप अब नेपालमै सदुपयोग गर्ने अवसरको वातावरण सरकारले निर्माण गरिदिए देशभित्र धेरै उद्यमी बन्न सक्ने उनले तर्क गरे।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

राज्य केन्द्रित भएर काम गर्दा देशभित्र वार्षिक ३ लाख युवालाई रोजगारीका अवसर निर्माण गर्न मुस्किल नहुने र वैदेशिक रोजगारीको अन्त्य गर्न सहज हुने रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। सरकारले लिएका उद्देश्यअनुसार आर्थिक उन्नति र विकासले गति लियो भने विदेशबाट कामदार आयात गर्ने दिन पनि आउनसक्ने विज्ञ गुरुङको विश्वास छ। 

_x000D_ _x000D_

‘नेपालभित्र रोजगारका सम्भावना धेरै छन्। राज्यले पहिचान गर्न मात्र नसकेको हो,' गुरुङले भने, ‘राजनीतिक अस्थिरताका कारण लामो समय विकास र आर्थिक उन्नति नहुँदा नेपाली युवा विदेसिन बाध्य थिए। सरकारले कृषि क्षेत्रमा लगानी गरे धेरै युवा स्वरोजगार बन्न सक्छन्।’ स्थानीय स्तरमा उत्पादन हुने सामाग्री निर्यात गर्नेतिर राज्यले ध्यान दिए धेरै युवा स्वरोजगार हुने उनको सुझाव छ।

_x000D_ _x000D_

सरकारसँग युवाहरूलाई देशभित्रै परिचालन गर्ने राज्यको स्पष्ट कार्यनीति र कार्यक्रम नहुँदा वैदेशिक रोजगारीका लागि खाडी लगायतका तेस्रो मुलुक जाने क्रम बढ्दो छ। पछिल्लो ३ दशकको तथ्यांक हेर्ने हो भने पनि करिब ५३ लाख नेपाली कामदार रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन्।

_x000D_ _x000D_
_x000D_

शैक्षिक प्रमाणपत्र राखेर बिनाधितो ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई सिपका आधारमा १० लाखसम्म ऋण दिने र उद्यमी बन्न युवालाई स्थानीय सरकारले वार्षिक ५ लाखसम्म ऋण दिने योजना। 

_x000D_
_x000D_ _x000D_

युवा शक्तिलाई रचनात्मक रूपमा राष्ट्रनिर्माण एवं देश विकासमा लगाउन सकियो भने देशले विकास र समृद्धिमा ठूलो फड्को मार्ने निश्चित रहेको सरोकारवालाहरुले बताउँदै आएका छन्।

_x000D_ _x000D_

केके छन् सरकारका मुख्य योजना? 
_x000D_ राष्ट्रिय जनगणना २०६८ मा १६–४० वर्षसम्मका कुल युवाको संख्या १ करोड ६ लाख ८९ हजार ८ सय अर्थात् कुल जनसंख्याको ४० दशमलव ५ प्रतिशत छ। यो संख्या बढेर अहिले ४५ प्रतिशत पुगेको राष्ट्रिय तथ्यांक विभागको अनुमान छ। 

_x000D_ _x000D_

यी युवालाई सरकारले शैक्षिक प्रमाणपत्र राखेर बिना धितो ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई सिपका आधारमा १० लाखसम्म ऋण दिने र उद्यमी बन्न युवालाई स्थानीय सरकारले वार्षिक ५ लाखसम्म ऋण दिने योजना अघि सारेको छ। 

_x000D_ _x000D_

स्वदेशमा व्यवसायी बन्न चाहनेलाई कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था दिने बताइएको छ। आपूर्ति मन्त्रालय र श्रम मन्त्रालयको सहकार्यमा उत्पादित सामाग्रीलाई बजारसम्म सहज पहुँच पुर्‍याउन बिक्रीवितरण केन्द्रको स्थापनासमेत गरिदिने योजना अघि सारिएको छ। 

_x000D_ _x000D_

१४ क्षेत्रमा सम्भावित रोजगारी
_x000D_ सरकारले हाल देशभित्र धेरै रोजगारीका क्षेत्र तथा सम्भावित अवसरहरुको पहिचान गरिरहेको जनाएको छ। श्रम मन्त्रालयले शिक्षा, पर्यटन, उद्योग, कृषि, सूचना प्रविधि, भौतिक पूर्वाधार लगायत १४ वटा क्षेत्रमा रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने योजना अघि सारेको छ। 

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  ०२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
फेरि फुट्यो नेसपा, गंगा श्रेष्ठको समूह आज माओवादीसँग एकता गर्दै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी सोमबार, जेठ १२, २०८२
फेरि फुट्यो नेसपा, गंगा श्रेष्ठको समूह आज माओवादीसँग एकता गर्दै सोमबार, जेठ १२, २०८२
साँढेको जुधाइमा परेर स्कुटर चालकको मृत्यु सोमबार, जेठ १२, २०८२
राजावादीका गतिविधि जनविरोधी हुन् : शंकर पोखरेल सोमबार, जेठ १२, २०८२
वडा कार्यालय बनाउन ललित तामाङद्वारा निः शुल्क जग्गादान सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्