हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने सबैभन्दा छोटो सडकमार्गको रूपमा रहेको हेटौंडा-चखेल-मातातीर्थ सडक ४५ दिन बन्द हुने भएको छ।
उक्त सडक स्तरोन्नति तथा मर्मतका लागि डेढ महिना बन्द गर्न लागिएको हो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ को कार्यालयले आइतबारदेखि आगामी चैतको २१ गतेसम्म उक्त सडक हुँदै आउने जाने सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ।
इन्द्रसरोवर गाउँपालिका-५ को महालक्ष्मी सडकको मोडहरूमा ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।