दार्चुला– बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
सुनर्या-४ का वडाध्यक्ष प्रतापसिंह महराका अनुसार स्थानीय जयसिंया भीरमा घाँस काट्ने क्रममा लडेर दिपाको घटनास्थलमै मृत्यु भएको हो । उनी भीरबाट तीन सय मिटर तल खसेकी थिइन् । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।
मृतक महराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घरमा ८ महिने छोरा रहेको वडाध्यक्ष महराले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।