काठमाडौं– शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङको उपचारको क्रममा मृत्यु भएको हो।
उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए।
उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ। यस अघि मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका-१४ वर्षीया शुशाङ्का डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङको मृत्यु भएको थियो।
३० माघमा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए। पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो।
उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको त्यतिबेलै मृत्यु भएको थियो। बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।