काठमाडौँ –बर्दियामा चितुवाको आक्रमणबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिबार साँझ करिब आठ बजे घरको आँगनमा खेलिरहेका राप्तीसोनारी गाउँपालिका ५ बस्ने बालक रिहान चलाउनेको मृत्यु भएको हो ।
चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिएका छन ।
साँझ करिब ८ बजे आँगनमा खेलिरहेको बालक एक्कासि हराएको खबर पाएपछि स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरदेखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।