काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो।
निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटाएको हो।
आज राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ।
त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ।
निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ उठाउने पम्प तथा बिक्रेता रहेका छन्।
दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायलका डिपो रहेका छन्।
![oil-prcie-1598x2048-1739631794.jpg](https://nepallive.com/uploads/posts/oil-prcie-1598x2048-1739631794.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।