• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण 

64x64
नेपाल लाइभ शनिबार, फागुन ३, २०८१  १८:०४
1140x725

अछाम – जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटाका ३० वर्षीय युवक निरोज भुलको बायाँ खुट्टाले दुःख दिन थालेको ३ वर्ष भएको थियो। खुट्टाको दुखाइ सहन निरोजलाई गाह्रो भएपछि उनका परिवारले सुरुका २ वर्षसम्म गाँउघरमै झारफुक गराए। निरोजका दाई विक्रम भुलले भने ‘सुरुमा त खुट्टामा निनाँउने (झम्झम गर्ने) भयो होला भन्ने लाग्यो झारफुक गराए निको होला सोच्यौं, तर भाईकोे खुट्टाको दुखाई कम भएन।’ 

समस्या समाधान नभएपछि झरफुकसँगै स्थानीय मेडिकल र अस्पतालबाट औषधि ल्याएर पनि खुवायएको थियो। तर समस्या समाधान हुनुको साट्टो झन् बल्झिएको विक्रमले जानकारी दिए। 

एक्सरे, भिडयो एक्सरे गर्दा खुट्टामा खासै समस्या नदेखाउने तर निरोजलाई भने खुट्टा दुखीराख्ने, उकालो उरालो गर्न गाह्रो हुने, ठूलो सामान बोक्न अप्ठेरो हुने, राती सुत्दा पनि दुख्ने, शरिरको तल्लो भागमा ज्वरो आउने र ढाड दुख्ने समस्याले सताइनै रह्यो।

गत वैशाख महिना भाइलाई लिएर विक्रम धनगढीको नवजीवन अस्पतालमा पुगेपनि त्यहाँबाट उनलाई नेपालगञ्ज अथवा काठमाडौं लैजान सल्लाह दिएपछि आर्थिक अभावका कारण विक्रमले भाइको उपचार नगरी घर फर्किए।

‘आफूसंग पैसा थिएन,’ निरोजका दाई विक्रम भन्छन् ‘डाक्टरको सल्लाह अुनसार ८ देखि ९ लाख पैसा लाग्छ भनेपछि म भाइलाई लिएर घर फर्कें। घरखर्च चलाउन धौ धौ थियो यति ठूलो पैसा जम्मा गर्न सक्ने अवस्था नै भएन।’

त्यसपछि उनलाई जिल्लाबाहिर जान आर्थिक अवस्थाले पुगेन। ‘पैसा थिएन, भएको कमाइ जति घरखर्च र तलमाथि गर्दामै सकियो,’ निरोजले भने, ‘त्यसपछि म थला परे जस्तै भएँ।’

दुखाइको औषधि खाएपछि केहि दिन दुखाइ कम भए जस्तो हुने तर बेला बेला निरोजलाई खुट्टाले दुख दिइरह्यो।

आर्थिक अभावका कारण भाइको उपचार गराउन नसकेका निरोजका दाइ विक्रमले ६ महिना अघि बयालपाटा अस्पतालमा पुगेर भाइको हिपको जोर्नी प्रत्यारोपणका लागि लाग्ने सामग्री आफैं लिएर आउँछु भाइको उपचार यहीँ गरिदिन भनेर अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकसंग आग्रह गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

विक्रमको आग्रहपछि डा. मन्दिपले निरोजको खुट्टाको एमआरआई गरेर आउन भने। विक्रमले भाइलाई नपालगञ्ज लिएर एमआरआई गराएर अछाम फर्के।

‘एमआरआई हेर्दा निरोजको बाँया खुट्टाको हिपको पूर्ण रुपमा मरेको थियो,’ डाक्टर मन्दिपले भने, ‘उनको पुरै हिप रिप्लेसमेन्ट (खुट्टाको कम्मरमा रहेको गेडीे) को प्रत्यारोपण गर्नुपर्ने थियो। हामीले निरोजको हिप रिप्लेमेन्ट गर्ने गरी शल्यक्रियाको तयारी गर्‍यौँ। उनको बायाँ खुट्टाको हिप रिप्लेसमेन्ट गर्न सफल भयौँ।’

डा. मन्दिपको नेतृत्वमा भएको यस शल्यक्रियामा वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भाष्कर राज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारी समेत संलग्न थिए।  सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा. पन्त र डा. भण्डारी शुक्रबा। मात्रै काठमाडौंबाट अछाम आइपुगेका थिए। 

दुर्गम ठाँउमा पहिलो पटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बिच डा. मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गरेपछि अस्पताल परिवार खुसी भएका छन्।  

शल्यक्रियामा संलग्न डाक्टर भाष्कर राज पन्तका अनुसार निरोजलाई १ दिन मात्रै अस्पतालमा राखेर दोस्रो दिन शनिबार हिँड्न लगाएर आइतबार घर फर्काउने तयारी छ। 

निरोजको पूर्ण हिप जोर्नी प्रत्यारोपणका लागि बयालपाटा अस्पताल पुगेका अर्थोपेडिक सर्जन डाक्टर पन्तका अनुसार सुदूरपहाड मै पहिलो पटक यस्तो खालको शल्यक्रिया  बयालपाटा अस्पतालमा भएको बताए। 

शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण र प्रविधि काठमाडौंबाट नै ल्यायएको थियो। 

बिरामीलाई अर्ध बहोस गराई भित्र बिग्रिएको, खिइएको, हिँड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी (गेडी) काटेर त्यसलाई झिकेर त्यसको ठाँउमा कृत्रिम गेडी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर (ठाँउ) समेत कृत्रिम बनाइएको डा पन्तले जानकारी दिए।

बिरामी एक दिनपछि नै त्यो खुट्टाले टेकेर हिड्न मिल्ने र युवा अवस्थामा यो प्रविधिको प्रयोग गर्दा आगामी दिनमा काम गर्न सहज हुनुका साथै लामो समयसम्म टिक्ने बनाइएको शल्यक्रियामा संलग्न अर्का अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारीले बताए। 

निरोज भुल बयालपाटा बजारमा व्यापार गर्छन्। ४ घण्टा लगाएर भएको खुट्टाको शल्यक्रियापश्चात निरोजको मुहारमा खुसी छाएको छ। उनले निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा सन्चो हुने महुसुस गरिसकेका छन्। उनले भने, ‘हिजोसम्म त दुखाइ थियो तर आज त्यो दुखाइ पनि कम भएको छ।’ आफूले दोस्रो जीवन पाएजत्तिकै खुसी मिलेको उनले बताए।

‘अप्रेशन कक्षमा लैजानु अघि मनमा डर लागिरहेको थियो,’ निरोज भन्छन् ‘तर जब अप्रेशन सुरु भयो मलाई दुखाईको अनुभव नै भएन। अप्रेशन पश्चात अहिले अलि अलि दुखिरहेको छ।’ 

आफ्नो भाइको घरछेउमै सफल शल्यक्रिया हुँदा निरोजका दाई विक्रम पनि हर्षित छन्। ‘नेपालगञ्ज अथवा काठमाण्डौँ अप्रशेन गर्दा घरखेत बेच्नु पर्थ्यो तर आफ्नै घर नजिकै निःशुल्क भाइको उपचार हुदाँ एकदमै खुशी लागेको छ,’ विक्रमले भने।

डा. मन्दिपका अनुसार यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन भएपनि सम्भव छ। श्रोत साधन हुने हो र सरकारले समेत यसमा साथ दिने हो भने हड्डीको क्यान्सरको उपचार, जोर्नीहरु खिइएको, घुँडाको हड्डी खिइएको, कम्मरको हड्डी खिइएका र खेलाडीहरुलाई हुन सक्ने चोटपटकका बिरामीको समेत बयालपाटा अस्पतालमै अप्रेशन गर्न सकिने उनले बताए।

बयालपाटामा दैनिक उपचार गराउन आउने बिरामी मध्ये दिनकै ८ देखि १० जना बिरामी यस्तो प्रकारका हड्डी खिइएको बिरामी आउने गरेका उनको भनाइ छ। 

अर्थोपेडिक मात्र नभएर डायलाइसिस सेवा, हाइड्रोसिल, हर्निया, ऐपेण्डिक्स, पत्थरी, गलब्लाडर, दुरविनबाट दिइने सेवा समेत बयालपाटा अस्पतालमा दिन सकिने डा. मन्दिपले बताए। 

‘पाका उमेरका नागरिकमा हड्डी खिइने समस्या दुर्गम अझ धेरै छ,’ अर्थोपेडिक सर्जन डाक्टर पन्तले भने, ‘शल्यक्रिया गरि उनिहरुलाई हिँड्न बनाउने जोर्नी प्रत्यारोपण भनेको जिन्दगी बचाउने शल्यक्रियाका रुपमा लिने गरिन्छ।’ 

७२ वर्षीया चन्द्रकलाको समेत हिपको जोर्नी प्रत्यारोपण 
यसैबीच जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ गयलकी ७२ वर्षीया चन्द्रकला खड्काको खुट्टको समेत सफल शल्यक्रिया भएको छ। ४ दिन पहिले घरबाट लडेर घाइते भएकी खड्काको समेत हिपको जोर्नी भाँचिएको थियो। 

उनको समेत आजै सफल शल्यक्रिया भएको हो। डाक्टर मन्दिप पाठकको नेतृत्वको टोलीले खड्काको अर्ध हिप जोर्नीको सफल प्रत्यारोपण गरेको हो। 
‘घरबाट लड्दा खुट््टाको हड्डी टुटेको रैछ,’ उनका साथमा आएका ७३ वर्षीय श्रीमान् बज्जिरे खड्काले भने ‘यहाँ उपचार नभएको भए भारत जानुपर्ने थियो तर यहि आफ्नै ठाँउमा निःशुल्क उपचार हुदाँ निकै खुशी लागेको छ।’ 

उमेरले पनि वृद्ध अवस्थाका मान्छे, त्यसमा पनि विभिन्न समस्याका कारणले झन् बढी जोखिम हुने भएपनि डा मन्दिपको टिमले उनको शल्यक्रिया गरेको हो। 

‘यस्तो अवस्थामा शल्यक्रिया गर्दा रगत धेरै बग्ने भएका कारण अरु जोखिमसमेत हुन्छ’, उनले भने, ‘तर, हामीले सफलतापूर्वक उनको शल्यक्रिया गर्न सफल भयौँ।’

 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन
सम्बन्धित सामग्री
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ सरकारले शनिबार र आइतबार दुई दिन बिदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयल... शनिबार, चैत २८, २०८२
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी... शनिबार, चैत २८, २०८२
सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा गैँडा मर्‍यो चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रवार विज्ञप्ति जारी गरी बिहीवार दिउँसो करिब १२:५० बजे निकुञ्जको कोर क्षेत्रमा गस्तीमा खटिएको... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु शनिबार, चैत २८, २०८२
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार शनिबार, चैत २८, २०८२
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन शनिबार, चैत २८, २०८२
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ शनिबार, चैत २८, २०८२
सम्पूर्ण छानबिनका लागि म तयार छु : प्रचण्ड शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै शुक्रबार, चैत २७, २०८२
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्