काठमाडौं– रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन्।
उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ।
प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।