सुर्खेत – लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका वीरेन्द्रनगर–११ तिनकुनेचोकबाट ३८ बर्षीय दुर्गा नेपाली र ३५ वर्षीय विजय कालुङ रहेका छन् ।
तिनकुने चौकमा लागूऔषधको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । पक्राउ परेका नेपाली वीरेन्द्रनगर नगरपलिका वडा नं. १० र कालुङ वडा नं.१२ का रहेको उनले बताए ।
शंकास्पद अवस्थामा फेला परेका उनीहरुको शरिर खानतलासि गर्दा २६० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रवक्ता विश्वकर्माले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।