काठमाडौं– काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् ।
उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
गत २४ माघ गते राति ठमेलमा ड्यूटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट भएको थियो । सो घटनापछि जोशी फरार थिए ।
घटना हुँदा जोशीसँगै रहेका पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी भएको थियो । तर, उनलाई चाहिँ उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
पक्राउ पुर्जी जारी भएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका(५ का २२ वर्षीय रमेश फुलारा अहिले प्रहरी हिरासतमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।