काठमाडौं– बुधबार साँझ काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ। मृतकको सनाखत भइसकेको छैन।
चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थी बोकेको सुन्दरीमाई यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । ३९ वर्षीय मनिष माझीले चलाएको बस साँखु आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।