काठमाडौं– जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो ।
पातारासी गाउँपालिकाको पटमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो ।
यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।