काठमाडौं – आहा–रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।
दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुने खेलमा ६ पटकको च्याम्पियन पुलिस चर्च ब्वाइजलाई हराउँदै फाइनल यात्रा तय गर्न चाहन्छ । उता चर्च ब्वाइज पनि पुलिसलाई पाखा लगाउँदै उपाधि होड बलियो बनाउन चाहन्छ ।
भोलि हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल फागुन ३ गते हुनेछ । उज्वेकिस्तानको ब्लकबुल्सले हिजो भएको अन्तिम क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।