रोल्पा – रोल्पामा अटो दुर्घटनमा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मंगलबार भएको दुर्घटनामा रुन्टीगढी गाउँपालिका वडा नम्बर २ धारापानीका ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
दुर्घटनामा परी सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी वडा नम्बर १ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन् । उनीहरू दुबैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। दुबै जनाको जिल्ला अस्पताल रोल्पामा् उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।