काठमाडौं – च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–२ ले हराएको छ । म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा रियलले खेलको ८६ औं मिनेटमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो ।
खेलको १९ औँ मिनेटमा एर्लिङ हलान्डाको गोलमा सिटीले अग्रता लिएको थियो । लामो समय १–० गोलको अग्रतामा रहेको सिटीविरुद्ध रियलका लागि ६० औँ मिनेटमा केलिएन एम्बाप्पेले बराबरी गोल गरे ।
८० औँ मिनेटमा डानी सेलबासले फिल फोडेनलाई फल प्रहार गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै हलान्डले नै सिटीलाई दोस्रो पटक अग्रता दिलाए । खेल सकिन १० मिनेट बाँकी हुँदासम्म रियलविरुद्ध सिटी २–१ ले अगाडि थियो ।
घरेलु मैदानमा जित नजिक पुगेको सिटीविरुद्ध खेलको ८६ औँ मिनेटमा डाइम ब्रियाजले बराबरी गोल गरे भने जुड बेलिङघमले अतिरिक्त समयमा गोल गर्दै सिटीलाई घरेलु मैदानमा ३–२ ले स्तब्ध बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।