काठमाडौं– रोल्पामा मंगलबार अटो दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ। सुर्पाल-लिवाङ सडक खण्डमा धारापानीतर्फ जाने क्रममा रा १ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भएर मंगलबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार स्थानीय ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमा मृत्यु भएको हो। अन्य दुई जना घाइते छन्।
दुर्घटनामा अटोमा सवार रोल्पाकै सुनिलस्मृति गाउँपालिका –२ का ६२ वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी-१ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।
अटो सडकदेखि करिब १ सय मिटर मुनि खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।