बुटवल – प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलबस्तुको वाणगंगा नगरपालिका–२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा रहेका छन् ।
उनीहरूले इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको भन्दै एक स्थानीयको घर खानतलासी गर्नुपर्छ भनी १७ हजार रुपैयाँ असुलेर फरार भएका थिए ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले वाणगंगा नगरपालिका–२ राजपुरस्थित खेलमैदानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।