काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियालाई ४–१ ले हराएको छ । आइतबार राती भएको खेलमा बार्सिलोना १० खेलाडीमा सीमित हुनुका बाबजुद सफलता पाएको हो । सातौँ मिनेटमा रोबर्ट लेडवास्कीले बासिलोनालाई अग्रता दिलाएको सो खेलको आठौँ मिनेटमा सेभियाका रुबेन भर्गासले बराबरी गोल गरे ।
दोस्रो हाफमा बेन्चबाट मैदानमा गएका फर्मिन लोपेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए । राफिन्होले बार्सिलोनाका अग्रता फराकिलो पारेको खेलको ६२ औँ मिनेटमा लोपेजले रातो कार्ड पाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा इरिक गार्सियाले बार्सिलोनाका लागि थप एक गोल गरे ।
आइतबार भएका अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई २–१ हराउँदा भ्यालेन्सियाले लेगानेसलाई २–० पराजित गरेको छ । गेटाफेले डेपोर्टिभो अल्भासमाथि भने १–० को जित निकालेको छ । अंक तालिकामा रियल म्याड्रिडको ५०, एटलेटिको म्याड्रिडको ४९ तथा तेस्रो स्थानमा रहेको बार्सिलोनाको ४८ अङ्क रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।