दैलेख– दैलेखको भगवतीमाई गाउँपालिका–१ मौलेसालमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको आइतबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको अवस्थामा उनको उद्धार गरिएको थियो ।
घाइते थापालाई दैलेख अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो । थापा दुई महिनाअघि नेपाली सेनाबाट सेवानिवृत्त भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।