दाङ– जिल्लाको घोराहीमा निरन्तर चोरीको सुन भित्र्याउने तस्करलाई पक्राउ गरेको छ ।
घोराही- १५ मिलन चोकका २५ वर्षीय रञ्जित रसाइलीलाई आधा किलो सुनसहित पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले जानकारी दिए ।
सुन तस्करलाई गत शुक्रबार बेलुका ४९७.०४ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएका छ ।
रसाइलीले मोटरसाइकलबाट अवैध सुन ओसारपसार गरेको सूचना प्रहरीलाई थियो । प्रहरीले लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
त्यस्तै उनको साथबाट १ लाख ७ हजार ८०० रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनएको छ । प्रहरीका अनुसार उनी दाङमा सुन सप्लाइ गर्ने प्रमुख तस्कर हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।