काठमाडौं– काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन्। थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन्।
घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वयोदा अस्पतामा ५, नगर अस्पताल दक्षिणकालीमा ३, कीर्तिपुर अस्पतालमा ५, शहीद अस्पतालमा ३, ट्रमा सेन्टरमा १२, मेडिसिटी अस्पतालमा ७, मनमोहन अस्पतालमा ५ र नर्भिक अस्पतालमा १ उना घाइतेहरूको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।