काठमाडौँ – इटहरी गोल्डकप फुटबल प्रतियोगिता आगामी ३ फागुनदेखि हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबका अनुसार १५ औँ संस्करणको प्रतियोगिता आगामी फागुन ३ देखि १० गतेसम्म हुने भएको हो ।
खेलकुद आयोजक समितिका संयोजक अनुरोध थापाले प्रतियोगितामा एक विदेशी पाहुना टिमसहित नेपालका सात गरी आठवटा टिमको सहभागिता रहने बताए ।
जसमा भारतको पाहुना टिम यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, झापा ११ फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति, एनआरटी क्लब काठमाडौँ, सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लबको सहभागिता रहनेछ ।
आयोजकका अनुसार खेलको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।