काठमाडौँ – जारी आहा–रारा पोखरा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दै छन् । खेल आज दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुँदैछ । साहरा क्लब पोखराको आयोजनामा जारी खेल फागुन तीन गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।