काठमाडौँ –साउदी प्रो लिगमा अल–नासरले अल–फेहाविरुद्ध ३–० को जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा नासरको जितमा जोन डुरानले दुई र कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।
खेलको २२ औँ मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२ औँ मिनेटमा डुरानले गोल गर्दै नासरलाई २–० ले अघि बढाए । ७४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई ३–० को सहज जित दिलाए । यो जितपछि नासरको १९ खेलबाट ४१ अंक भएको छ । ऊ अहिले तालिकाको तेस्रो स्थानमा छ । पराजित फेहा समान खेलमा १६ अंकका साथ तालिकाको १४ औँ स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।