काठमाडौं– बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ।
बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।
उनले भने, ‘नेपाल-भारत सीमा क्षेत्रमा उहाँ बाख्रा चराउन जानु भएको र विहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेपछि होहल्ला गरेपछि चितुवा भागेको थियो।’
उनका डिएसपी मगरका अनुसार स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको थियो।
घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।