काठमाडौँ – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई २० बर्ष पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ का उमेश रजक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
२०६१ साल माघ १ गते उमेश रजक र उनका दाई गणेशी रजक बिच झगडा भएको थियो । जसमा घाइते गणेशीको उपचारको क्रममा मृत्यु भएको थियो । त्यस यता फरार उमेशलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।