काठमाडौं – तनहुँमा भारतीय ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बेलुकी ६ः४० बजे तनहुँको ब्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वी राजमार्ग सडकमा मुग्लिनबाट दमौलीतर्फ जाँदै गरेको एचआर ५५ क्यू ४७११ नम्बरको ग्यास बुलेट सडकको भित्तामा ठोक्किएर पल्टिएको हो ।
दुर्घटनामा चालक भारतका बिहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारणका ३६ वर्षीय श्रीकान्तकुमारको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा उपचारका लागि दमौली अस्पताल पुर्याइएकोमा राति १०ः२२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अशोक थापाले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।